आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको २५ गते आइतबार तदनुसार इस्वी सम्बत ८ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु सप्तमी तिथि ०५:४६ बजे पछि अष्टमी तिथि । स्वाती नक्षत्र ०६:०४ बजे पछि विशाखा नक्षत्र । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:४९ सूर्यस्त बेलुका १७:४९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु पनि सफल हुनेछ । ब्यापार व्यवासय र आफ्नो कार्यक्षेत्रबाट इमान्दार र कार्य कुशलताले गर्दा मान सम्मान प्राप्ति हुने योग परेको छ । आर्थिक रुपमा पनि निकै लाभ हुने देखिन्छ ।
बृष:– लामो समय देखि रोकिएर रहेका कामहरु छन् भने आजको दिन पुरा हुने योग परेको देखिन्छ । व्यापार व्यवसाय र शैक्षिक बौद्धिक क्षेत्रबाट निकै उन्नति प्रगति हुने योग परेको छ । आफ्ना मनोकांक्षाहरु पुरा हुनेछन् ।
मिथुन:– सात्विक बिचारको उदय हुनुका साथै मन धर्मकर्म तिर लाग्ने देखिन्छ । आफू भन्दा जेष्ठ र श्रेष्ठ व्यक्तित्वहरुको सत्संगतले गर्दा सकरात्मक बिचारर शोचको उदय हुनुका साथै आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।
कर्कट :– राशी अनुसार आजको दिन राम्रो छैन । चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मद्दामामला पर्ने भएको हुनाले सावधानी अपनाउनु पर्दछ । यस्को निवरणका लागि बिघ्नहर्ता गणेशलाइ आरधना गर्नु दिन शुभ रहनेछ ।
सिंह:– समय उत्तम रहेको छ । आजकोदिनमा गरेका र गरिने कार्यमा सफलता पाइने योग देखिन्छ । लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तिको आगमन हुने देखिन्छ । ब्यापार व्यवसायबाट पनि राम्रो हुनेछ ।
कन्या:– आफ्नो कार्य क्षेत्रमा इमान्दार र कार्यकुशलता गर्दा मनमा शान्ति प्राप्ति हुनुका साथै आनन्दानुभुति प्राप्ति होला ब्यापार व्यवसायमा पनि राम्रै हुने योग परेको देखिन्छ ।
तुला :– श्री प्राप्तीको योग परेको छ । घरमा लक्ष्मीजीको कृपाले घरमा धन सम्पतिको आगमन हुने देखिन्छ । व्यापार व्यवसायका दृष्टिकोणले उत्तम रहेको छ । आफूले आँटे ताकेका कार्यहरु पनि पुरा हुने देखिन्छ ।
बृश्चिक:– राशी अनुसार १२ औं चन्द्रमा सदासर्वदा हानी नोक्सानीको कारक बनेर आएको हुनाले सावधानी अपनाउनु होला । हानी नोक्सानी निवारणकोलागि गौरीशंकर भगवानको आराधनाले दिन शुभ रहनेछ ।
धनु:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफूले आँटे ताकेका कार्यहरु सफल हुने देखिन्छ । ब्यापार व्यवसायमा पनि राम्रो हुने योग परेको छ । आर्थिक रुपमा पनि निकै लाभ हुने देखिन्छ ।
मकर:– आफूले गरेका कार्य र गरिने कार्यबाट पनि सफलता प्राप्ति हुने योग बनेको देखिन्छ । ब्यापार व्यवसायबाट पनि निकै उन्नती प्रगति हुने देखिन्छ । बौद्धिक शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ने देखिन्छ ।
कुम्भ:– मनमा सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्म र तिर्थाटन गर्ने मौका मिल्न सक्नेछ । शैक्षिक र बौद्धिक रुपमा ज्ञानको विकास हुने दव्यापार व्यवसायको दृष्टिकोणले पनि उत्तम रहेको छ ।
मीन:– राशी अनुसार आठौं चन्द्रमा राम्रो छैन । दुख पर्ने देखिन्छ । सावधानी अपनाउनु होला । ब्यापार व्यवसायबाट पनि राम्रो छैन तद्जन्य निवरणका लागि संकट मोचन हनुमानजीको आराधना गर्न दिन शुभ रहनेछ ।
