नेकपा एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठ अहिले मालिका गाउँपालिकाका विभिन्न वस्तीमा मतदाताकाे उत्साहजन उपस्थितीमा घरदैले गरिरहेका छन ।
नेकपा एमालेका अनुसार साेमबार उम्मेदवार श्रेष्ठ मालिका गापकाे दुःखुवेंशी, दुखुलेक, तेलावाङहुँदै विम क्षेत्रमा घरदैलेमा छन । घरदैले कार्यक्रममा अपेक्षा गरेभन्दाधेरै बढी मतदाताले सत्कार र सहभागिता जनाएका छन ।
जिल्लाका कुना-काप्चासम्म उहाँको व्यक्तिगत र पार्टीगत सञ्जाल निकै बलियो छ। एमालेको ‘क्याडर-वेस्ड’ भोट म्याग्दीमा सधैं निर्णायक हुने गरेको छ, जुन उनका लागि सबैभन्दा ठूलो शक्ति हो । जिल्लाकाे मध्य काँठ क्षेत्र र पश्चिम क्षेत्रमा बढी मतदाता भएकाे र त्यस क्षेत्रमा प्रमुख प्रतिस्पधीकाे मत प्रभाव कम पर्ने भएकाेले एमालेकाे पेल्टामा जित पर्ने अन्य राजनैतिक दलले पनि अँकलन गरेका छन ।
श्रेष्ठले मुख्यतया म्याग्दीको विकास (सडक, जलविद्युत र पर्यटन) लाई आफ्नो एजेन्डा बनाएका श्रेष्ठके घरदैलो अभियानमा ‘स्थानीय विकासको नेतृत्व’ र ‘अनुभवी नेता’ को छवि देखाएका छन । रयद्यपि त्रिकोणीय वा बहुकोणीय प्रतिस्पर्धाले गर्दा निर्वाचन परिणाम रोचक हुने देखिन्छ।
त्यसैविच, स्वतन्त्र उम्मेदवार महावीर पुनले अन्नपूर्ण गापाका विभिन्न वस्तीमा घरदैलाे गरिरहेकाे उनले फेसवुक पेजबाट जानकारी गराएका छन । नेकपाका उम्मेदवार धवलागिरी र मालिका गापा क्षेत्रमै छन । पुनहिल डटकमबाट
