जिल्ला ट्रफिक प्रहरी कार्यालय बेनीले लामो तथा छोटो दुरीमा चल्ने सवारीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण गरेको छ ।
मंगलबार बेनीमा गरिएको परीक्षणमा लागुपदार्थ सेवनको नभेटिए पनि एक जना चालक मादकपदार्थ सेवन गरेको भेटिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय म्याग्दीका असइ विसाल परियारले बताए । उनका अनुसार नियमित रुपमा चेकजाँच गर्ने क्रममा आज गरिएको परीक्षणमा मापसे गरेका चालकलाई आवश्यक कार्वाही गरिएको छ ।
यस भन्दा पहिला दुई महिना अगाडी पनि परीक्षण गरीएको र यस पटक पनि परिक्षण गरिएको हो । बेनी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा गरिएको परीक्षणले चालकहरुलाई सचेत बनाएर सुरक्षीत यात्रालाई मजबुत बनाउने अपेक्षा गरिएको असइ परियारको भनाई छ ।
