बागलुङ, १७ जेष्ठ– सौन्दर्यकला व्यवसायी संघ बागलुङको आयोजनामा सौन्दर्यकर्मीहरुका लागि एकदिने लाइभ डेमोट्रेसन सेमिनार सम्पन्न भएको छ ।
सौन्दर्यकर्मीहरुको क्षमता अभिबृद्धि सहित आय आर्जनमा समेत थप सहयोग पु¥याउने अभिप्रायले कुमकुम हर्वल प्रालिको सहयोगमा अनुहार तथा कपालको श्रृगारका लागि आवश्यक सामग्री सहित सैद्धान्तिक तथा व्यवहारिक सेमिनार गरेको हो ।
बागलुङ, पर्वत र म्याग्दीमा व्यसाय संचालन गर्दै आउनु भएका सौन्दर्यकर्मीहरुलाई सहभागीता गराई सेलोभेरा प्रो. न्यानो पलाष्टीया, डाक्टर स्कीन फेसियल मिट सम्वन्धी लाइभ डेमोटे«सन गराइएको थियो ।
करिव ६० जना सहभागी सेमिनारमा हेयर स्टालिष्ट बिष्णु पुन र आइसिटी बागलुङका संचालक चन्द्रकला छन्त्याल लामा सहित उहाँको टिमले लाइभ डेमोटे«सन गराउनु भएको थियो । सेमिनारको उद्घाटन गर्दै कुमकुम हर्वल प्रालिका संचालक दिपेश श्रेष्ठले नेपालमा उत्पादन भएका सामग्रीको प्रयोगलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नै देशमा उत्पादन भएका सामग्रीको प्रयोग गर्दा कुनै समस्या नहुने र कुनै समस्या देखिएमा गुनासो राख्न पनि सकिने भएकाले नेपालमा उत्पादन भएका सामग्रीलाई प्रयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा कुमकुम हर्वलका बिजनेस अफिसर इश्वर रिजालले पनि मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सौन्दर्यकला व्यवसायी संघ बागलुङका अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता, पूर्व अध्यक्ष सनिसा घर्तीको स्वागत, संघका सहसचिव सन्ध्या राजभण्डारी श्रेष्ठ र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
