सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
अमृत बास्कुने बेनी नगरपालिकामा चालु आर्थिक वर्षको अन्तिम सम्मको अवस्था हेर्ने हो भने पनि सुसासन र नागरिक उत्तरदायित्वका हिसाबले नगरले भए गरेका कामहरु सन्तोषजनक छन् । कतिपय प्रसंगहरुमा नगरप्रति नागरिकको गुनासोहरु आउन सक्लान् तर गुनासा मात्र भन्दा पनि भए गरेका सुधार र गर्न सक्ने कार्यहरु भने उत्कृष्ट मान्न सकिन्छ । राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगको नतिजा हेर्दा पनि बेनी नगरपालिकाको अवस्थालाई एक हद सम्म मुल्यांकन गर्न सकिन्छ । राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको सूची अनुसार बेनी नगरपालिका देशै भरीमा दोश्रो र गण्डकी प्रदेश क्षेत्र भित्रको अवस्था हेर्ने हो भने पहिलो भएको थियो । अघिल्लो वर्ष देशभरको…
लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । ‘लैङ्गिक संवेदनशीलता ः जिम्मेवार पत्रकारिताको मूल आधार’ भन्ने मूल नारासहित सञ्चालित उक्त तालिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोग, मिलन म्याग्दीको आयोजना एवम् नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा सञ्चालन गरिएको थियो । लैङ्गिकमैत्री पत्रकारिता गर्न, पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न, लैङ्गिक संवेदनशीलता कायम गर्न र पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मिलन म्याग्दीका अध्यक्ष दिलमायाँ बिटालुले बताउनुभयो । सोमबार र मङ्गलवार दुई दिनसम्म चलेको तालिममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा…
समय गतिशील हुन्छ । यो कुरा सबैलाई अवगत भएको कुरा हो र यसमा सबैको एकमतरहेको नै त छ । समयको मोड र दौडलाई निरन्तर रुपमा पछ्याउनु हामी सबैको बाध्यता र काम हो । जब मानिस जन्मन्छ उसको मृत्यु निश्चित छ । तैपनि उसले मृत्युलाई सहज रुपमा स्वीकार गर्न कदापि सक्दैन । ‘ मेरो छेउमा बसेर मेरी श्रीमती रोइरहेकी थिइन्, तर उनी किन रोएकी हुन मलाई थाहा हुन सकिरहेको थिएन । उनको रुवाइ एकनासले चलिरहेको थियो भने वरिपरि मानिसहरूको पनि निकै नै भीड लागेको छ । मेरो चारैतिर यता उता सबै बसेका छन् । तर किन सबै मौन र गहभरी आँसु…
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपियाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपियाँ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएको सूचीअनुसार यहाँ मूल्य वृद्धि गरिएको आइल निगमका पदाधिकारीहरुको भनाइ छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।
कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षणकोलागि गत जेठ २२ गतेदेखी तनहुँको देवघाटदेखी सुरु भएको कालिगन्डकी पदयात्राको टोली २५ औं दिनमा असार १५ गते आइतबार मुस्ताङको दामोदर कुण्ड पुगेको छ । कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षणकोलागि गत जेठ २२ गतेदेखी तनहुँको देवघाटदेखी सुरु भएको कालिगन्डकी पदयात्राको टोली २५ औं दिनमा असार १५ गते आइतबार मुस्ताङको दामोदर कुण्ड पुगेको छ । पदयात्राको टोली २५ औं दिनमा दामोदर कुण्ड पुगेर यात्राको २६ औँ दिन सोमबार बिहान दामोदर कुण्डमा विधिवत् रुपमा स्नान, पूजा गरेर कालीगण्डकी पदयात्राको समापन गरिएको पदयात्राका संयोजक तथा देवघाट स्थित महेश संस्कृत गुरुकुलमका आचार्य फणिन्द्रप्रसाद पौडेलले बताउनुभयो । पदयात्राको टोलीले…
गण्डकी प्रदेशमा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि र अधिकारको प्रवर्द्धनका लागि प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ। कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युरोपियन युनियनको सहकार्यमा आयोजना गरिएको हो। सम्मेलनमा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले इन्सेकले मानव अधिकारको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयाे `मानव अधिकार संरक्षणमा राज्य गम्भीर हुनुपर्छ। इन्सेकजस्ता संस्थाको निरन्तरता अत्यन्त आवश्यक छ। मानव अधिकार उल्लङ्घन कम गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्छन्,´ उहाँले भन्नुभयाे । कार्यक्रमको सभाध्यक्षत्व ग्रहण गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन महाशाखाका सचिव रामजी दनाईले मानव अधिकार रक्षकहरूप्रति भइरहेको दण्डहीनताको अन्त्य आवश्यक रहेको…
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल र तरकारीलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो। जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले बताए। बागवानी केन्द्र मार्फाको शाखा फार्म स्थापनाका लागि आठ सय एक रोपनी जग्गा सरकारको नाममा दर्ज भइसकेको र अब केही महिनाभित्र बागवानी केन्द्रको नाममा लालपुर्जा प्राप्त गर्ने प्रक्रिया टुङ्गिने उनले बताए। जलवायु परिवर्तनका कारण स्याउलगायत शीतोष्ण फलफूल र सागसब्जी विस्तारै उचाइतिर फल्ने क्रम बढेकाले उपल्लो…
अमृत बास्कुने अन्नपूर्ण गाउँपालिका ७ टिकोटका कृषकहरुले गाउँपालिकासँगको सहकार्यमा लोभलाग्दो तरकारी खेती गरेका छन् । अन्नपूर्ण गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक शसर्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त क्षेत्रमा तरकारी खेती गरिएको हो । स्थानीय हरिमुलक कृषि तथा पशुपंक्षी कृषक समूहले एक सय ४० रोपनीभन्दा धेरै क्षेत्रफलमा तरकारी खेती गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख श्यामशरण कुर्मीले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका ७ को हिस्तान, मथेनी तथा टिकोट क्षेत्रमा उक्त कार्यक्रम अन्तर्गत कृषकले व्यावसायिक रुपमा बन्दा तथा काउली एवम् आलु खेती गरिरहेको उहाँको भनाइ छ । गाउँपालिकाको अनुदान तथा कृषकको सहभागितामा २० लाख ५४ हजार दुई…
पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ । चालु आर्थिक वर्ष विसं २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाईरगोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरू गर्नुभएको छ । चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिनुभयो । प्रतिगाई दुई हजार…
बिपद्मा हुन सक्ने सम्भावित घटनाहरुका लागि आवश्यक पर्ने सामग्रीहरु जिल्लामा मौजदात रहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । जिल्लामा हुन सक्ने बिपद्का लागि आवश्यक पर्ने गरी ग्याभिन जाली, त्रिपाल लगायतका सामग्रीहरु विपद् व्यवस्थापन समिति सँग मौजदात रहेको हुनाले कुनै पनि अन्यौलमा पर्न नपर्ने बताउनु भयो । विपद् भएको खण्डमा निर्माण गर्नु पर्ने अस्थायी घरका लागि आवश्यक पर्ने सामग्रीहरु मौजदात रहेको र कहि कतै घटनाहरु भएको खण्डमा तत्काल जानकारी गराइदिन समेत…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका