सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले म्याग्दीको आयोजनामा भएको फलफूल वितरणमा एमालेकी स्थायी कमिटी सदस्य थममायाँ थापा, केन्द्रीय सदस्य भूपेन्द्र थापा, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो । बेनी अस्पतालको इमर्जेन्सि तथा अन्तरंग विभागमा रहेका बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल बितरण गरिएको एमाले म्याग्दीकी सचिव थमसरा पुनले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त मेडीकल सुपरिटेण्डेन्ट अनुसा मानन्धर, मेडिकल…
अमृत बास्कुने पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले झण्डै ६६ करोड ऋण लगानी गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले कुल ६५ करोड ९३ लाख १० हजार छ सय ३६ रुपैंयाँ ऋण लगानी गरेको हो । संस्थाको आयोजनामा बेनी नगरपालिका–४ तातोपानीमा शनिबार भएको बिस्तारित मञ्च कार्यक्रममा संस्थाले आफ्ना शेयर सदस्यहरुबाट बचत जम्मा गरी लगानी गरेको बताइएको थियो । संस्थाका व्यवस्थापक प्रेमलाल कँडेलले संस्थाका ८ वटा सेवा केन्द्रबाट उक्त परिणाममा लगानी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सहकारी संस्थाक एक हजार एक सय ऋणीहरुले उक्त रकम ऋण लिएका हुन् । म्याग्दी जिल्लाका साथै…
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ । अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका, वडा नं. २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत एक सय ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा अनेरास्ववियु म्याग्दी पुर्व अध्यक्ष एवम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, एमाले जिल्ला कमिटी म्याग्दी सचिव थमसरा पुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम विद्यार्थी इन्चार्ज सुवास विश्वकर्मा, जिल्ला कमिटी सदस्य बलबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । म्याग्दी बहुमुखी…
म्याग्दीका तीन जना पत्रकारहरु विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।अमीत बिश्वकर्मा, प्रताप बानियाँ र राकेश शर्मा आज सम्मानित हुनुभएको हो । जिल्ला समन्वय समिति म्याग्दीको वार्षिक समीक्षा तथा दशौं जिल्ला सभाको अवसरमा विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो । म्याग्दी जिल्लामा पत्रकारिताको माध्यमबाट समग्र जिल्लाको विकासमा प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै जनही ११ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला समन्वय समिति म्याग्दीले जनाएको छ । संवाददाता बानियाँलाई आर्थिक वर्ष २०७८÷०७९, विश्वकर्मालाई आव ०७९÷८० र शर्मालाई आव ०८०÷८१ को विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । तीनैजना जिल्ला संवाददाताहरुलाई संविधानसभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, नरदेवी पुन,…
म्याग्दी जिल्लाभित्रका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता र दिगोपना घोषण भएसँगै आइतबार म्याग्दी जिल्लालाई नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ। जिल्लाको धवलागिरि गाउँपालिकाबाट सुरु भएको पूर्णखोप घोषणा कार्यक्रम मालिका गाउँपालिका, मङ्गला गाउँपालिका, रघुगङ्गा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकालाई पनि घोषणा गरी सकिएको छ । सबै पालिकाहरूलाई पूर्ण खोप घोषणा गरिसके पछि जिल्लालाई नै घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । म्याग्दी जिल्ला भित्रका जन्मेदेखि १५ महिना भित्रका एक हजार दुई सय ३५ जना बालबालिकाहरूले नियमित रूपमा खोप लगाइ रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। त्यस्तै मङ्गला गाउँपालिका र रघुगङ्गा गाउँपालिका भित्रका १६…
भारतको काश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा दुई साताअधि आतङ्कवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको छ । पछिल्ला घटनक्रमपछि समग्र सुरक्षाको विषयमा आमचासो हुनुका साथै विभिन्न विश्लेषण भइरहेका छन् । क्षेत्रीय सुरक्षामा देखिएका पछिल्ला घटनाक्रमपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमानाकालगायत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवतजावतमाथि उच्च सुरक्षा निगरानी बढाएको छ । दुई देशबिचको तनावले तत्काल नेपालको राष्ट्रिय सुरक्षामा कुनै ठुलो असर नपर्ने भए पनि द्वन्द्व बढ्दै गएमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा त्यसको असर पर्न नदिन सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ । सैन्य तथा आणविक शक्तिराष्ट्रबिचको तनाव बढदै जाँदा सम्भावित क्षेत्रमा निगरानी…
करिब महिना दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ । शिक्षक आन्दोलनका क्रममा छुटेको कामलाई पूर्ति गर्ने गरी बोर्डले काम गरिरहेको छ । बोर्डका अनुसार मुलुकभरका ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । जसमध्ये काठमाडौँ, भक्तपुर र ललितपुरमा एक/एक वटा केन्द्र छन् । यस पटक पाँच लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण गर्नु पर्छ । समयको दबाबका कारण उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षक सङ्ख्या पनि बढाइएको छ । विगतमा दैनिक अधिकतम १० हजार जना शिक्षक उत्तरपुस्तिका परीक्षणमा सक्रिय हुने गरेकामा अहिले दैनिक न्यूनतम १५ हजार शिक्षक परिचालन गरिएको छ । परीक्षा बोर्ड (कक्षा…
भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले इन्डियन प्रीमियर लिग (आइपिएल) स्थगित गर्ने निर्णय गरेको छ। हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन्। अब १२ वटा लिग खेल बाँकी छन्। फाइनल खेल मे २५ तारिखमा हुने तय थियो। तर, बिसिसिआईले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। तर, नयाँ मिति भने घोषणा गरिएको छैन। बिसिसिआईका एक अधिकारीले पिटिआईसँग कुरा गर्दै भने, ‘देश युद्धको स्थितिमा हुँदा क्रिकेट खेलिनु राम्रो देखिँदैन।’ यही कारण देखाउँदै बोर्डले तत्कालका लागि आइपिएल रोकेको हो। गएको बिहीबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीचको खेलअघि ‘अपरेशन सिन्दूर’मा सहभागी सुरक्षाकर्मीहरूको सम्मानमा राष्ट्रिय…
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१…
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर माथिको शीर मुक्तिक्षेत्र पर्वतीय स्थानमा विष्णु भगवान्का तीनवटा धार्मिक सम्पदा फेला परेका छन्। समुद्री सतहको ४ हजार एक सय मिटरको उचाइदेखि करिब ४ हजार ७ सय मिटरको अग्लो पर्वतीय मुक्तिनाथ क्षेत्रको विशाल पर्वतमा भगवान् विष्णुसँग सम्वन्धित तीनवटा धार्मिक सम्पदा पत्ता लागेका हुन्। मुक्तिनाथ मन्दिरदेखि माथि अग्लो पर्वतीय स्थानमा विष्णु भगवान्सँग जोडिएका तीनवटा धार्मिक सम्पदा पत्ता लागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। उनले मुक्तिनाथ मन्दिर माथिको पर्वतीय स्थानमा विष्णु चुल्हो, नागराज पर्वत र गरुड पर्वत आकृति देख्न सकिने बताए। मुस्ताङका प्रजिअ भुसालसहित प्रशासन कार्यालयका खरदार प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालय मुस्ताङका इन्जिनियर जगदीशचन्द्र…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका