हरिप्रसाद पौडेल
बीमा नेपाल जस्तो भौगोलिक संरचना भएको मुलुक, प्राकृतिक विपत्तिहरु भइरहने, नागरीकहरु आर्थिक विपन्न नागरीकहरुको वाहुल्यता रहेको मुलुकमा अपरिहार्य छ । विश्व वजारमा खास गरी बीमा को सुरुआत एक देशवाट अर्काे देशमा समुन्द्र वाट सामाग्रिहरु निकासी पैठारी गर्दा सामाग्रिहरु लुटिने, नासिने अवस्थामा त्यसको जोखिम वहन गर्ने प्रयोजनको लागी सुरुआत भएको मानिन्छ र नेपालमा पनी माल चलानी अड्डाको नामवाट बीमा को कारोवार सुरु भएको हो । सुरुमा बीमा वस्तुको मात्र गरिन्थ्यो पछी विस्तार हुँदै मानिसको क्षतिमा समेत परिपुरण गर्ने गरी गर्न थालियो तर सुरुमा जिवन बीमा गर्दा जो कमजोर छ जो छिटो मृत्यू हुनसक्ने जोखिममा रहेको छ त्यसको बीमा तेस्रो ब्यक्तिले गरिदिएर सोको क्षतिपुर्ति सोही त्यस्रो ब्यक्तिले लिने प्रचलन थियो । समयक्रममा बीमामा आवश्यक परिवर्तन गर्दै आज परिस्कृत रुपमा सञ्चालनमा आएको छ र यो नै अन्तिम अवस्था हो भन्न सकिदैन यसमा समेत केही परिवर्तनहरु हुदै जानेछ ।
बीमा क्षेत्र आजको युगमा हरेक ब्यक्ति र राज्यका लागी अपरिहार्य वनिसकेको छ, बीमाको आवद्धता वाहेक आर्थिक सुरक्षाको प्रत्याभूती हुनसक्ने अर्काे कुनै अवस्था देखिदैन । एउटा ब्यक्तिको लागी र उसंग सम्वन्धित परिवारजनको लागी आर्थिक सुरक्षाको पाटो हो बीमा भने आजको अवस्थामा देशको पूजीँ निर्माणको एक महतवपुर्ण हिस्सा समेत हो बीमा वजार । एकजना न्यून आय भएको ब्यक्ति जसले कम्तीमा एकलाख रुपैयाँ बीमांकको बीमा गरेको खण्डमा उसको हताहतीमा वा उसको ब्यवसायमा भएको क्षतिवाट उ र उसको परिवार सडकमा आउनुपर्दैन । त्यसैगरी ठूलो पूजीँ परिचालन गर्नसक्ने क्षमता भएको ब्यक्तिले आफ्नो ब्यवसायको बीमा गरेको खण्डमा ब्यवसायमा हुने प्राकृतिक तथा अन्य विपत्तिवाट भएको क्षतीको परिपुरण लिन सक्छ र ब्यवसाय पुर्ववत् सञ्चालन गर्न सक्छ । ठिक त्यसैगरी आम नागरीक संग भएको सानो सानो पूजीँ बीमा ब्यवसाय मार्फत संकलन हुने तथा सो रकमलाई राज्यले तोकेका पर्यटन, पुर्वाधार, जलविद्युत जस्ता क्षेत्रमा बीमक मार्फत स्वतः लगानी हुने वा सो रकम बैंक मार्फत विभिन्न आयोजनामा लगानी हुने हुँदा यसले प्रत्यक्ष अप्रत्यक्ष रोजगार सृजना गर्ने, पूजीँ परिचालन वाट थप पूजीको निर्माण गर्ने गर्दछ । त्यसैले एउटा बीमितले आफ्नो आर्थिक सुरक्षाको लागी गरेको सामान्य दुइचारसय लगानी पनी रष्ट्रिय पूजीँ निर्माणमा सहयोगी वनेको हुन्छ ।
हालसम्म करिव ५१ प्रतिशत जनसंख्यामा जिवन बीमाको पहुँच पुगेको मानिन्छ, निर्जिवन बीमाको पहुँच अलिक वढी छ भने कृषि पशु बीमाको पहुँच १० प्रतिशत भन्दा कम रहेको अवस्थामा यसको प्रचार प्रसार गरी पहुँचमा पुर्याउनु आवश्यक छ । साथै आज जीवन बीमाको पहुँचमा करिव आधा जनसंख्याको सहभागिता हुँदै गर्दा आर्थिक सहभागिता जुन देखिएको छ त्यो भने गलत छ, वीमा सेवामुलक ब्यवसाय वन्न सकेमा यसको दिर्घकालिन सञ्चालनमा सहयोग पुग्छ अन्यथा हालको जीवन बीमा वजारमा रहेको पूजीँ यही अनुपातमा बीमा वजारमा टिकिरहन सक्ने देखिदैन । अहिले सानो र मझौला लगानीका क्षेत्रहरु असुरक्षित रहेका ठुला आयोजनाहरुमा सकेत वैंकले लगानी गर्न हिच्कीचाइरहेको, वचतकोे ब्यजदर अत्यन्त न्यून रहेको कारण जीवन बीमा वजारमा एकमुष्ठ लगानी गर्नेहरुको आकर्षण रहेको कारण बीमा वजारमा पूजीँ अत्याधिक देखिएको छ, भविश्यमा यही अवस्था कायम राख्न बीमा वजारलाई चुनौती रहेको देखिन्छ । संगै बीमामा नागरीकहरुको आकर्षण वढाउन समेत बीमा क्षेत्रले यथेष्ट मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ, बीमा किन गर्ने यसको दिर्घकालिन महत्व के हो भन्ने वारेमा मसिनो गरी नागरीक स्तमा वुझाउन आवश्यक छ, आजको दिनमा वैंक संग बीमाक्षेत्रले पूजीँ संकलनमा प्रतिस्प्रधा गरेको पाइन्छ यो गलत हो । बीमाले रकमको आँकडामा होइन सर्वसाधारण सवैलाई बीमामा समेट्ने रणनीति अख्तियार गर्नु आवश्यक छ । त्यसैगरी बीमामा सहभागिता भइसकेको समुहलाई बीमा योग्य उमेर सम्म टिकाइराख्नु बीमा क्षेत्रको अर्काे महत्वपुर्ण चुनौती रहेको छ, यसतर्फ बीमा नियमनकारी निकाय बीमा प्राधिकरण र विमक दुवै क्षेत्र मौन देखिन्छन् जसको कारण बीमा प्रती आम नागरीकको विश्वासनियता वढ्नुको सट्टा घट्दै गइरहेको छ । बीमा प्रस्तावको आर्थिक क्षमताको पहिचान नगरीकन उसलाई बीमाको महत्वको वारेमा नवुझाईकन बीमा प्रस्ताव गराउने, कतिपय अवस्थामा अभिकर्ता समेत सो सम्वन्धी ज्ञानमा कमि रहेको कारण ब्यक्तिगत आयको लागी योजना विहिन ढंगले बीमा प्रस्ताव गराउने कारण बीमितले बीमा नियमित गर्न नसक्ने र तिन चार वर्षमानै समर्पणमा जाने त्यसरी जाँदा उसले आफ्नो लगानी पनी फिर्ता नपाउने हुँदा विमित र विमक दुवै घाटामा रहने भएको कारण बीमा वजारमा नागरीक सहभागिताको ग्राफ ओरालो लाग्ने अवस्था रहेको छ यसले समग्र वित्तिय अवस्थालाई नै गलत प्रभाव पार्ने हुँदा सम्वन्धित निकायको समयमै ध्यान जान आवश्यक छ ।
