आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २४ गते शनिबार इस्वी सम्बत ९ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष पूर्णिमा तिथि आज ऋषि तर्पणि र रक्षा बन्धन जनैपूर्णीमा । श्रवण नक्षत्र बाबल करण । चन्द्रमा मकर राशीमा, देवगुरु मिथुन राशीमा तथा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३२ सूर्यस्त बेलुका १८:४५ बजे हुनेछन् ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– मनोइच्छाहरु पुरा हुने योग छ । धरपरिवारको भेटघाट हुनुका साथै केही आर्थिक लाभ होला ।
बृष:– मनमा सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्ममा रुचि बढ्दै जाला अधुकरा कार्यहरु पुरा हुनेछन् ।
मिथुन:– राशी अनुसार आजको दिन राम्रो देखिदैन दुख कष्ट पर्न जाला बिघ्नहर्ता गणेश भगवानको आराधनाले राम्रो होला ।
कर्कट :– आजको दिन निकै हर्षोल्लासका साथ समय बितला केहि मान सम्मानक कुनै गोष्ठि समारोहमा सहभागिता बन्न सकिएला ।
सिंह:– महालक्ष्मीजी को कृपाले धनसम्पती प्राप्ती हुने योग बनेको देखिन्छ । मनमा निकै हर्षोल्लास होला ।
कन्या:– विद्वानजनसँग भेटघाट बुद्धिको विकास राम्रो मान्छेको सत्संगतले ज्ञानबृद्धि होला ।
तुला :– राशीअनुसार आजको दिन राम्रो छैन कही कतै बादबिबाद कललहझगडा पर्न सक्छ । भगवान शीवको आराधनाले राम्रो होला ।
बृश्चिक:– धनसम्पत्तिको आगमन हुने देखिन्छ । कुनै राम्रो समाचार सुन्न पाइएला मनमा शान्ति मिल्ला ।
धनु:– मनमा असन्तोषले गिज्जाउला मन खिन्नता होला बोल्दा कुनै कार्य गर्दा बिचार गर्नु होला।
मकर:– श्री प्राप्ति हे योग छ लक्ष्मीजीको बास होला गरेका कार्यमा सफलता मिल्ला ।
कुम्भ:– यो राशीलाइ आजको दिन त्यती राम्रो छन । केही कतै हानी नोक्सानी होला । मनमा असन्तोष होला ।
मीन:– उन्नती प्रगतिको द्वारहरु खुल्ने छन् आटेताकेका कामहरु पुरा हुने छन् । आर्थिक लाभ हुने योग देखिन्छ ।
