आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २७ गते मंगलबार इस्वी सम्बत १३ अगस्ट २०२५ भाद्रपदमास कृष्णपक्ष तृतीया ९:५६ बजे उप्रान्त चौथी तिथि । पूर्वफाल्गुणी नक्षत्र ब करण काण करण अमृत योग । चन्द्रमा कुम्भ राशीमा ८:२१ उप्रान्त मीन राशीमा, देवगुरु मिथुन राशीमा तथा सूर्य सुर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:३३ सूर्यस्त बेलुका १८:४३ बजे हुनेछन् ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– आजको दिन निकै राम्रो देखिएकोले आफूले गरिएको कार्यक्षेत्रमा सफलता केही आर्थिक लाभ हुने योग देखिन्छ । विहान ८ बजे पछि भने केही असहज हुन सक्छ ।
बृष:– मनमा सन्तोष प्राप्ति हुनुका साथै आनान्दानुभुति प्राप्ति होला।मनोइच्छाहरु पुरा हुने देखिन्छ ।
मिथुन:– धर्म कर्मतिर मन जाला सज्जन पुरुषको सत्संगत मिल्ला मनमा सात्विक बिचारको उदय होला।
कर्कट :– खानपान र स्वास्थ्यमा ख्याल गर्नु पर्ने देखिन्छ दिन त्यती राम्रो नभएतापनि भगवान गणेशको आराधनाले राम्रो हुन्छ।
सिंह:– मनमा हर्षोल्लास होला मान सम्मान पाइने सम्भावना देखिन्छ । केही आर्थिक लाभ होला । ८ बजे पछि भने समय त्यति राम्रो देखिदैन ।
कन्या:– घरमा लक्ष्मीजीको आगमनले मनमा शान्ति मिल्ला आँटेताकेका कामहरु पुरा हुन्छ्न् ।
तुला :– महापुरुषको सँगतले राम्रो ज्ञान उपदेशका नैतिक ज्ञान प्राप्त गर्न सकिएला ।
बृश्चिक:– राशी अनुसार आजको दिन त्यति राम्रो छैन बादबिबाद पर्न सक्ला भगवान शिवको आरधना गर्नु राम्रो हुनेछ ।
धनु:– धनसम्पतिको आगमनले मनमा हर्षोल्लास बढ्ला गरेको कार्यमा सफलता मिल्ने देखिन्छ।
मकर:– मनमा त्यति राम्रो प्रसन्नता नहोला असन्तोष बढ्ला माता गुर्गा भगवतीको आराधनाले राम्रो होला ।
कुम्भ:– लक्ष्मीजीको आगमनले मनमा सन्तुष्टी मिल्ला । आँटेताकेका काम पुरा हुदै जानेछन् ।
मीन:– राशी अनुसार त्यती राम्रो छैन । कही कतै हानी नोक्सानी व्यहोर्नु पर्ला शिबको आरधनाले राम्रो हुनेछ।
