वि.सं २००८ सालमा नेपाल मालचलानी तथा बिमा कम्पनीको नामबाट बिमाको शुरुवात भएको पाईन्छ । पछि वि.सं २०१६ सालमा नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनीको नामवाट संचालन भयो । त्यसबेला विशेषगरी सामान दुवानी र समुन्द्रपारवाट ल्याएको सामानलाई बढी प्राथमिकता दिई बिमा गरेको देखिन्छ । त्यसपछी बिभिन्न समयमा जीवन तथा निर्जीवनको बिमा कम्पनीलाई छुट्याउने परम्परा हुँदै हाल वि.सं. २०४८ बाट नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नामवाट संचालीत भईरहेको छ । यो कम्पनीले निर्जीवन बिमाको काम गरीरहेको छ ।
नेपालमा जीवन बिमाको इतिहास
सन १९५६ देखि नेपालमा भारतीय बिमा कम्पनीका एजेन्टहरुले विशेष गरी तराईको सिमा क्षेत्रमा बिमा गराउन शुरु गरेको पाईन्छ । जुन खुला सिमाना र विशेष गरी सिमा क्षेत्रको नेपाल भारतको नाता सम्बाध जोडने कारण पनि मान्न सकिन्छ । नेपालमा जीवन बिमाको शुरुवात वि.सं. २०२५ सालमा राष्ट्रीय बिमा संस्थानको स्थापना पछि शुरु भएको देखिन्छ । त्यसपछि विभिन्न समयमा नयाँ कम्पनीहरु स्थापना भई वि.सं २०७५ सम्म १९ वटा सम्म कम्पनीहरु संचालनमा आए । हाल आएर विभिन्न कम्पनी एक आपसमा गाभिएर १४ वटा कम्पनीहरु संचालनमा रहेका छन् ।
जीवन बिमा के हो ?
जीवन बिमा एउटा करार हो। जीवन बिमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्तावन्दीमा कुनै खास रकम बुझाएमा सहज अवस्था भइ तोकिएको समयसम्म पुरा वाँचेमा आफै पैसा उपभोग गर्ने र यदि निजको समय अवधि अगावै मृत्यु भएमा मृत्यु भएको व्यक्तिको इच्छाईएको व्यक्ति÷नजिकको हकदारले बिमा लेखमा उल्लेख भए बमोजिमको शर्त अनुसार कुनै खास रकम पाउने गरी बिमकले बिमितसंग गरेको करार हो ।
जीवन बिमामा देखिएका चुनौतीहरू
जीवन बिमा क्षेत्रमा शुरुवाती अवस्थामा दावी भुक्तानी (मृत्यु÷परिपक्वता) मा समस्या देखिएको भएता पनि हालको अवस्थाको प्रतिस्पर्धाको कारणले बिमितलाई सुविधा दिने पक्षमा उल्लेख्य सुधार भएको देखिन्छ । साथै बिमा प्राधिकरणको निगरानीले पनि सुधारको अवस्था भएको देखिन्छ ।
हालको अवस्थामा बिमा कम्पनीका शाखामा कर्मचारीहरुको टिकाउ नहुनु (कतबाा तगचल यखभच) ठ”लो चुनौतीको रुपमा देखिन्छ । शुरुमा राम्रो तलव सुबिधा देखेर जागीर शुरूवात गर्ने र भने अनुसार लक्ष्य प्राप्ती गर्न नसकेर जागीर छोड्नुपर्ने अवस्था देखिन्छ ।
अभिकर्ताको हकमा हेर्ने हो भने शुरुमा अभिकर्ता वन्ने र परिवार लगायत केही बिमा भर्ने तर पछि विस्तारै हराउने क्रम पनि देखिन्छ । अभिकर्तालाई प्रयाप्त तालीमको कमी, उनीहरूको अध्ययनशीलतामा कमी देखिएको हुँदा कमिसनको प्रलोभनमा मात्रै बिमा गराउने तर बिमाको वास्तवीक अवस्था र यसका वास्तविक कुरा भन्न नसक्नु पनि यस क्षेत्रको मुख्य चुनौती देखिन्छ । सबैका अभिकर्ता तालिम अप्राप्त र बुझाउन नसक्ने नै छन भन्ने होईन, केही अभिकर्ताको कारणले बिमा क्षेत्र वदनाम हुन सक्ने पनि देखिन्छ ।
जीवन बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरु
जीवन बिमा गर्दा आफ्नो आवश्यकता र आम्दानीको आधारमा बिमा गर्नु पर्दछ । आफ्नो हैसीयत भन्दा वढी हुने गरी बिमालेख खरीद गर्दा (बिमा गर्दा) सम्झौता समय अवधीभरी बिमा शुल्क तिर्न नसकेर बीचमा नै छोड्नुपर्ने अवस्था आउँछ । जुन आर्थिक रूपमा बिमा गर्ने व्यक्तिलाई घाटा हुन्छ । बिमा गर्दा आफुले कुन कम्पनीमा बिमा गर्दैछु र कुन योजना गर्दछु भन्ने कुराको राम्ररी जानकारी लिएर मात्र बिमा गर्नुपर्दछ । आफुले बिमा गरेको बारेमा परिवारका सदस्यलाई जानकारी गराउनुपर्दछ ।
बिमा कम्पनीले लगानी गर्ने क्षेत्र
बिमा कम्पनीले त्यस्ता क्षेत्रमा लगानी गरेको हुन्छ जहाँ न्युन जोखिम हुन्छ। स्थिर आम्दानी भएका साधनहरू जस्तै नेपाल सरकारको विकास ऋणपत्र, ठ”ला कम्पनीका शेयर, अचल सम्पत्ती जस्तै जग्गा भवन (जुन नियमित आम्दानी भैरहन्छ) बैंकहरुमा मुद्दती विभिन्न ठ”ला परियोजनाहरु म्युचुअल फन्ड विदेशी लगानी जहाँ सुरक्षीत लगानी हुन्छ उच्च प्रतिफल आउँछ । जसबाट आम्दानीमा वृद्धि गरी बिमितलाई धेरै वोनस दिन सकियोस त्यस्ता ठाउँमा बिमा कम्पनीहरु लगानी गर्दछन ।
बिमा कम्पनी के सरकारी माताहतका हुन ?
सम्प”र्ण बिमा कम्पनीहरू नेपाल सरकारको अर्थ मन्त्रालय अन्तरगत नेपाल बिमा प्राधिकरणको नियमन तथा अनुगमन रहेका हुन्छन । नेपालमा रहेका सबै जीवन बिमा १४ वटा, निर्जिवन बिमा १४ वटा, लघुबिमा, ७ वटा, पुनर्बिमा –२ वटा गरी सबै ३७ वटा बिमा कम्पनीहरुको नियमन तथा अनुगमन गर्ने कार्य नेपाल सरकार अन्तर्गतको नेपाल बिमा प्राधिकरणले गर्दछ ।
जीवन बिमा किन?
जीवन बिमा अनुसासीत रुपमा गरिने नियमित बचत हो । साँच्चीकै भन्नुपर्दा बिमाले नियमित बचत गर्ने बानी बसाउँछ । साथै सानो रकमको बचतले ठ”लो आर्थिक क्षती हुनबाट बचाउँछ ।
जीवन बिमाले
क) आर्थिक क्षतीको सुरक्षा गर्छ ।
ख) परिवारको आर्थिक संरक्षण गर्छ ।
ग) मानसिक शान्ति दिलाउँछ ।
घ) बचत गर्न सिकाउँछ ।
ङ) लगानी गर्न सिकाउँछ ।
समग्रमा भन्दा आफ”, परिवार र सम्पत्तीको सुरक्षाको लागि भविष्यमा हुने जोखिमको प”र्वतयारी बिमा हो ।
जीवन बिमा नगरे के हुन्छ?
जीवन बिमा गर्नै पर्दछ भन्ने छैन । तर आर्थिक क्षती बिरुद्धको सुरक्षाको लागि तपाइँको आम्दानीको आधारमा बिमा गर्दा उपयुक्त हुन्छ । बिमा नगरे के हुन्छ भन्ने सन्दर्भमा बिमा नगरे केही पनि हुदैन तर बिमा नगरेकै कारणबाट तपाइँ र तपाइँको परिवारमा हुने कुनै अप्रत्यासीत घटना घटेमा पाउने आर्थिक लाभ, जसलाई बिमाको सुन्दरता भन्छौं, त्यो पाउनबाट बन्चित हुनुहुन्छ ।
लेखक सानिमा रिलायन्स कम्पनिका बेनी शाखा प्रवन्धक हुनुहुन्छ ।
