आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको २९ गते बहीबार इस्वी सम्बत १५ अगस्ट २०२५ । गर करण मित्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा भ्रमण गरिरहनुभएको छ भने चन्द्रमा मीन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । पञ्चमी, ०५:५३ बजेपछि षष्ठी, ०३:३३ बजेउप्रान्त सप्तमी तिथि । नक्षत्र रेवती, ११:३० बजेपछि अश्विनी ।
सुर्योदय बिहान ५:३४ सूर्यस्त बेलुका १८:४२१ बजे हुनेछन् ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशू अनुसार आजको दिन अनुकुलता छैन । कहिकतै हानी नोक्सानी हुने देखिन्छ । भगवान गणेशजीको आराधनाले राम्रो हुनेछ ।
बृष:– आजको दिन निकै उत्तम देखिन्छ । आफूले आँटेताकेका कामहरु पुरा हुनेछन् । केही आर्थिक लाभ हुने देखिन्छ ।
मिथुन:– मनोइच्छाहरु पुरा हुने योग बनेको देखिन्छ । कुनै नयाँ कार्य गर्ने सोचमा हुनुहुन्छ भने गरेमा राम्रो हुनेछ।
कर्कट :– धर्मकर्ममा मन जाने छ । असल कार्यमा सहभागी बन्ने अवसर मिल्ने मनमा निकै हर्षोल्लास होला।
सिंह:– राशी अनुसार आजको दिन राम्रो छैन । दुख कष्ट एवम् मनमा असन्तोष पैदा होला ।
कन्या:– मान सम्मान प्राप्ति हुने योग देखिन्छ गरेका कार्यमा सफलता पाइएला ।
तुला :– लक्ष्मीजीको आगमनले मनमा निकै हर्षोल्लास हुनुका सथै आनन्दानुभूति प्राप्ति होला ।
बृश्चिक:– सात्विक बिचारको उदयले मन शान्ति प्राप्ति होला । महापुरुषको सत्संगत गर्ने अवसर मिल्ला ।
धनु:– राशी अनुसार त्यती राम्रो छैन । कुनै कार्य गर्दा सोचबिचार गरेर गर्नु होला । कलझगडा बादबिबाद पर्न सक्छ।
मकर:– धनसम्पत्ति प्राप्ति हुने योग बनेको छ । थालनी गरेका कार्यमा निरन्तरता दिनु सफल भइने छ।
कुम्भ:– मनमा असन्तोषले गिज्याउला दिक्क लाग्ला गौरीशंकरको आरधनाले राम्रो हुनेछ ।
मीन:– श्रीप्राप्ति हुने योग बनेको छ । मिष्ठान्न भोजन एवम् कुनै पाटी समारोहमा सहभागी बन्ने अवसर मल्ला।
