सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८२ साउन १६ गतेको म्याग्दी नेपाल साप्ताहिक हेर्न क्लिक गर्नुहोस । Myagdi Nepal Weekly 2082-04-16
आज २०८२ साउन १६ गतेको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १६ गते शुक्रबार इस्वी सम्बत २ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष अष्टमी तिथि स्वाती नक्षत्र गद योग भकरण कर्कट राशीमा सूर्यधन भने तुला राशीमा । चन्द्रमा कर्कट राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा । कर्कट राशीमा सूर्य नारायण भ्रमण गरिरहनु भएको छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- यो राशीमा हुनेहरुका लागि आजको दिन उत्तम दिखन्छ । मनमा शान्ति हर्षोल्लास हुनुका साथै असल मित्रहरुको भेटघाट हुनुका साथै राजसम्मान प्राप्ति हुने योग देखिन्छ । बृष:-…
दिपा बुढाथोकी नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति म्याग्दीले जिल्ला कारागार शाखा म्याग्दीमा रहेका कैदी बन्दीका लागि खेलकुद सामग्री प्रदान गरेको छ । कर्मचारी शहिद मनोज जोशी, झपेन्द्र कार्की, सुरेन्द्र विकको स्मृति दिवसको अवसरमा कारागारका कैदीबन्दीका लागि भलिबल, ब्याडमिन्टन नेट, क्यारमबोर्ड तथा जुस प्रदान गरिएको संगठनका अध्यक्ष सोमबहादुर केसीले जानकारी दिनुभयो । शहिदको सम्झनामा सामाजिक कार्य होस भनेर कारागारलाइ चयन गरी सामग्री वितरण गरिएको उहाँको भनाइ थियो । संगठनले बिभिन्न पेशागत आन्दोलनका क्रममा राज्यबाट शहिद बनाइएका शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको सम्झनामा स्मृति दिवसमा रचनात्मक कार्यक्रम गरी मनाउने क्रममा खेलसामग्री हस्तान्तरण गेको संगठनका सहसचिव विपिन आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १५ गते बिहीबार (आज श्रावण १५ अर्थात् खिरखाने दिन)इस्वी सम्बत १ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष सप्तमी तिथि चित्रा नक्षत्र चर योग गर करण परेको छ । सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनुभएको छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आज २०८२ साउन १५ गतेको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छ । गरेका कार्यहरुमा सफलता पाइने योग छ । लामो समय सम्म अल्झीएका कामहरु पनि सफल हुनेछन् । बृष:- बिद्वानहरुको संगतले गर्दा…
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पबित्र तिर्थस्थल गलेश्वरधाममा साउनको दोश्रो सोमबार निःशुल्क रुपमा पानी वितरण तथा मन्दिर परिसर सरसफाइ गरिएको छ । सक्रिय युवाहरुको सामाजिक संस्था म्याग्दी जेसीजले धार्मिक तथा सामाजिक सेवा अन्तर्गत उक्त कार्य गरेको जनाएको छ । धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्य अन्तर्गत साउनको दोश्रो सोमबार गलेश्वरधाममा दर्शन गर्न आएका भक्तजनहरूलाई जेसीजले निःशुल्क रुपमा पिउने पानी वितरण गरेको थियो । बिहानैदेखि म्याग्दी जेसीजका सदस्यहरू खटिएर भक्तजनलाई सहज रुपमा पूजाअर्चना गर्न आवश्यक व्यवस्थापनमा सहयोग गर्नुका साथै पानी वितरण गरिएको म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्तीले जानकारी दिनुभयो । दिनभर पानी बितरण गरेको जेसीजले बेलुकीपख…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १४ गते बुधबार इस्वी सम्बत ३० जुलाइ २०२५ श्रावण शुक्ल पक्ष षष्ठी तिथि हस्ता नक्षत्र सिद्धि योग कौलव करण योग परेको छ । सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनुभएको छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छ । गरेका कार्यहरुमा सफलता पाइने योग छ । लामो समय सम्म अल्झीएका कामहरु पनि सफल हुनेछन् । बृष:- बिद्वानहरुको संगतले गर्दा बुद्धिको विकास हेला असल कार्यमा मन जाने छ…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १३ गते मंगलबार इस्वी सम्बत २९ जुलाइ २०२५ श्रावण शुक्ल पक्ष पञ्चमी तिथि आज नागपञ्चमी उत्तरफाल्गुणी नक्षर धाता योग परेको छ । सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- आफ्नो ब्यापार व्यवसायमा राम्रो भइ धन सम्पत्ति प्राप्ति हुने सम्भावना रहेको देखिन्छ । अधुरा कामहरु सफल हुने छन् । बृष:- यो राशी हुनेहरुका लागि आजको दिन राम्रो छ । असल व्यक्तिहरुको संगतले ज्ञान र वुद्धिको विकास हुनुका साथै राम्रो कार्यमा मन जाने छ…
म्याग्दीमा बाेलेराे र स्कुटर ठाेक्किँदा एक जना गम्भीर भएका छन् । जिल्लाकाे बेनी नगरपालिका–६, डम्बरामा बेनीबाट दरबाङतर्फ जाँदै ०३–००१ च १५२३ नम्बरको बोलेरो र तातोपानीबाट बेनी आउँदै गरेको ६७९१ नम्बरको स्कुटर ठोकिँदा स्कुटरमा सवार मंगला गाउँपालिका- २ सिमलचौरका २९ वर्षीय उमेश केसी घाइते हुनु भएकाे हाे। घाईते केसीको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ भने बोलेरो चालक बिएस धौलागिरी कम्पनीका बागलुङका सागर श्रीषलाई सामान्य चोट लागेको छ । घाईते केसीको बेनी अस्पतालमा उपचार भइरहेकोमा अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी भइहरेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १२ गते इस्वी सम्बत २८ जुलाइ २०२५ शुक्ल पक्ष श्रावण महिना सोमबार चौथी तिथि पूर्वफाल्गुणी नक्षर हवज योग परेको छ । बब करण सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । बृहस्पतिग्रह मिथुन राशीमा हुनुहुन्छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- ज्योतिषशास्त्र अनुसार मेष राशीलाइ आजको दिन शुभ छ ज्ञान र वुद्धिको विकास हुनेछ । बृष:- ग्रह नक्षत्र अनुसार वृष राशी हुने व्यक्तिहरुको लागि आजको दिन राम्रो छैन गलत साथीभाइको संगत हुन सक्ला तथा बादविवाद पर्न सक्नेछ ।…
२०८२ साउन ९ गतेको म्याग्दी नेपाल साप्ताहिक पत्रिका पढ्न यहाँ क्लिक गर्नुहोस ।Myagdi Nepal Weekly 2082-04-09
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका