आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको १० गते शुक्रबार तदनुसार इस्वी सम्बत २५ सेप्टेम्बर २०२५ । आश्विन शुक्लपक्ष चतुर्थी तिथि बिशाखा नक्षत्र । वव करण मातंग योग परेको छ । शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:४५ सूर्यस्त बेलुका १७:५४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । समय प्रतिकुल भएको हुनाले आफूले गरेका कार्यमा त्यती जस मिल्ने देखिदैन । यदि लामो यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु होला । माता नवदुर्गा भवानीको आराधनाले दिन शुभ रहनेछ ।
बृष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । कुनै पनि कार्य क्षेत्रमा अगाडी बढ्ने सोच राख्नु भएको छ भने कार्य आरम्भ गर्नु समयले साथ दिनेछ ।
मिथुन:– आफ्नो लगनशिल र दत्तचित्तले गर्दा आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने योग बनेको छ । व्यापार व्यवसाय उद्योगगधन्दा आदी क्षेत्रबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
कर्कट :– सात्विक बिचारको उदयले आफू भन्दा ज्येष्ठ र श्रेष्ठ मान्यजन व्यक्तिहरुबाट ज्ञानगुनका कुरा सिक्ने अवसर मिल्ने छ । आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ ।
सिंह:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । सावधानी अपनाउनु पर्ने देखिन्छ । दुख कष्ट निवारणको लागि माता नवदुर्गा भवानीको आराधना गर्नु दिन शुभ रहनेछ ।
कन्या:– समय र भाग्यको खेलले गर्दा घरमा धन सम्पत्ति प्राप्ती हुने योग बनेको छ । अकस्मात सम्पत्ति प्राप्ति होला । मनमा हर्षोल्लास बढ्ने देखिन्छ ।
तुला :– मनमा आनान्दानुभति प्राप्ति होला । लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तिको आगमन हुने देखिन्छ । आँटेताकेका कार्यहरु सफल होलान् ।
बृश्चिक:– व्यापार व्यवसाय बिजनेशका क्षेत्रबाट पनि अत्याधिक लाभहुने देखिन्छ । मनमा खुशीयाली बढ्नुका साथै आनान्दानुभति प्राप्ति होला ।
धनु:– राशी अनुसार आजको दिन त्यति राम्रो छैन । बिचार नपुराइ काम गर्दा हानी नोक्सानी होला । गौरीशंकर भगवानको आराधनाले दिन शुभ रहनेछ ।
मकर:– आजको दिन समयले निकै साथ दिएको छ । आर्थिक रुपमा पनि निकै फड्को मार्ने देखिन्छ । ब्यापार व्यवसाय कृषि पशु चौपाय बहानादिबाट पनि फाइदा हुनेछ ।
कुम्भ:– मनका इच्छा आकांक्षाहरु पुरा हुने देखिन्छ।आफन्त इष्टमित्र साथीभाइहरुबाट पनि साथ सपोर्ट रहनेछ । आँटेताकेका कार्यहरु पनि सफल हुनेछन् ।
मीन:– सात्विक बिचारको उदयले धार्मिक सामाजिक सेवामा मन रमाउने छ । आँटेताकेका कार्यहरु सफल हुने छन् । आर्थिक रुपमा पनि निकै उन्नति प्रगति हुने देखिन्छ ।
