नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले संयम भएरै पार्टी निर्माणमै जुट्न नेकपा एमाले म्याग्दीलाई निर्देशन दिनु भएको छ ।
भदौ २३ गतेको जेनजीको आन्दोलनको भोलीपल्ट अराजक समूहले नेकपा एमाले म्याग्दी लगायत विभिन्न पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । जिल्ला पार्टी कार्यालयको क्षतीको अवस्थाको बारेमा स्थलगत अध्ययनका लागि आइपुग्नु भएका अधिकारीले जिल्ला स्थीत उपललब्ध पदाधिकारीहरुलाई संयम भएर पार्टी निर्माणमै लाग्न निर्देशन दिनु भएको हो । जेनजीको नाउमा आन्दोनमा सहभागी भएर पार्टी कार्यालयमै क्षती हुँदा त्यसलाई रोक्न नसक्ने समूह कुनै पनि पार्टीको हुन नसक्ने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो–‘भ्रष्टाचार बिरुद्धको आन्दोलन एमालेकै हो, पार्टी अध्यक्षले नै आफू पनि भ्रष्टाचार गर्दीन र हुन पनि दिन्न भन्ने गर्नुभएको सबैले स्मरण गर्नु पर्छ ।’ नेपालमा कसैले पनि ब्यापार गर्छ भने त्यसले दर्ता हुनु पर्छ र आम्दानीको कर तिर्नु पर्छ त्यसमा कसैलाई छुट हुदैन उहाँले भन्नुभयो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले पार्टी कार्यालयमा भएको तोडफोडमा ३७ लाख भन्दा बढी क्षती भएको जानकारी गराउनु भएको थियो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका स्थायी कमिटी सदस्य खगराज अधिकारी संगै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले एमाले पार्टी कार्यालयको निरीक्षण गर्नुभएको थियो । उक्त अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।
