आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ०८ गते आइतबार तदनुसार इस्वी सम्बत २४ सेप्टेम्बर २०२५ । आश्विन शुक्लपक्ष तृतीया तिथि चित्रा नक्षत्र । बणिज करण कालदण्ड योग परेको छ । शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५३ सूर्यस्त बेलुका १७:५६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । व्यापार व्यवसायबाट पनि उन्नति प्रगति हुने छ । कृषि शेयर लगायतका कारोबारमा पनि राम्रै होला । आफ्नो कार्यक्षेत्रमा दत्तचित्त मन लगाइ काम गर्नाले मान सम्मान प्राप्ति हुने योग बनेको छ ।
बृष:– उद्योग र ब्यापार बिजनेसबाट मनज्ञ धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । आफूले आँटेताकेका कार्यमा सफल हुनाले मनमा हर्षोल्लास बढ्ने छ ।
मिथुन:– असल मान्छेको सत्संगतले गर्दा राम्रो ज्ञान गुनका कुराहरु सिक्ने अवसर मिल्ने छ । मनमा सात्विक बिचारको उदयले गर्दा धार्मिक क्षेत्रमा सामाजिक सेवामा मन रमाउने देखिन्छ ।
कर्कट :– कर्कट राशी अनुसार आजको दिन त्यति राम्रो छैन ।व्यर्थमा कलह झगडा मुद्दामामलामा फस्न सकिएला माता दुर्गा भवानीको आराधनाले दिन शुभ रहनेछ।
सिंह:– व्यापार व्यवसाय उद्योगधन्दा लगायतका कारोबारहरुबाट अत्यन्त फलदायी रहेको छ । घरमा धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ।
कन्या:– लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ति प्राप्ति हुनाले मनमा आनन्दानुभुति प्राप्ति होला । आटेताकेका कार्यहरु सफल होलान् ।
तुला :– तुला राशीकै चन्द्रमा भएको हुनाले घरमा श्रीप्राप्ति हुने योग बनेको देखिन्छ । कुनै पनि कार्यक्षेत्रबाट सफलता प्राप्ति होला ।
बृश्चिक:– राशी अनुसार आजको दिन राम्रो छैन । सावधानी अपनाएर कार्य आरम्भ गर्नु होला । बिचार नपुर्याउदा कार्य कर्दा हानी नोक्सानी हुने देखिन्छ ।
धनु:– समय र भाग्यको खेलले गर्दा समय अत्यन्त राम्रो रहेको छ । कार्य कुशलताले गर्दा घरमा पनि प्रसस्त धन सम्पति भित्रिने योग बनेको छ ।
मकर:– मनका इच्छा आकांक्षाहरु पुरा हुने छन् । कुनै पनि कार्य क्षेत्रबाट सफलता मिल्ने योग बनेको देखिन्छ । यथेष्ट धन सम्पत्ति प्राप्ति होला ।
कुम्भ:– धार्मिक र सामाजिक सेवाबाट मनमा अत्यन्त प्रफुल्लता होला । गरेका र सोचेका कार्यमा सफलता मिल्नाले हर्षोल्लास बढ्ने छ ।
मीन:– समयलाइ ख्याल गरेर कार्य गर्नु होला । दिन भय त्रास पिडामा बित्ने देखिन्छ । माता नवदुर्गा भवानीको आराधनाले दिन शुभ रहनेछ ।
