नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई बस्नका लागि सरकारी निवास नचाहिने बताएका थिए ।
उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन समेत दिएका थिए । अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिएका थिए ।
उनले भने, ‘मेरो त जहाँ काम ग¥यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’
नभदै उनी मंगलबार (आज)देखि मन्त्रालयमै बस्न थालेका छन् । उनले नेपाल प्रेससँग भने, ‘सुत्ने बेड र भान्छा कोठाको व्यवस्था भयो । आजदेखि केशरमहलस्थित शिक्षा मन्त्रालयमै सुत्ने र खाने गर्छु ।’ नेपाल प्रेसबाट साभार
