मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो साताको १० देखि १२ गते सम्मका दिनहरु यो राशीलाइ खासै राम्रो छैन । सावधानी अपनाउनु होला । दुख कष्ट पर्ने योग बनेको छ । त्यस पछि १३ देखि १७ सम्मका दिनहरुमा समय र भाग्यले साथ दिएको पाइन्छ । व्यापार बिजनेसको क्षेत्रबाट अत्यन्त फदायी बन्ने योग बनेको यी समयमा जुन सुकै कार्यमा हात हाले पनि सफल भइने छ । आफ्नो कार्यक्षेत्रमा लगनशिलताले काम गर्दा मान सम्मान प्राप्ति मिल्ने छ भने आर्थिक उन्नति हुने पनि देखिन्छ ।
वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
१० देखि १२ गतेका दिनहरुमा अत्यन्त उत्म रहेको पाइन्छ । समय र भाग्यले गर्दा आफ्नो कार्यक्षेत्रबाट सबल र सफल हुने योग बनेको छ । ब्यापार कृषि र औद्योगिक क्षेत्रबाट पनि निकै फाइदाजनक रहेको पाइन्छ । १३ देखि १५ गते सम्मका दिन त्यती राम्रो छैन । कुने लामो समयको यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु होला । १६ र १७ गतेका दिन अत्यन्त राम्रो रहेको छ । आध्यात्मिक बिचारको उदयले राम्रो सत्सगत हुने योग बनेकोछ मन धार्मिक सामाजिक सेवामा रमाउने छ ।
मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह
साताको सुरुवातमा नै भाग्यले साथ दिएको पाइन्छ । लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ति प्राप्ती हुने योग बनेको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुने छन् । कुनै पनि व्यापार व्यवसायमा सफलता प्राप्ति हुनुका साथै औद्योगिक राजनीतिक क्षेत्रबाट पनि सफलता होला । १६ र १७ गतेका दिनहरु त्यती राम्रो छैन । सावधानी अपनाएर कामर गर्नु होला । आठौ चन्द्रमाले बिघ्नबाधा पार्न सक्छ । माता दुर्गा भवानीको आराधनाले समय राम्रो होला ।
कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो
राशी अनुसार हेर्दा यो हप्ता कर्कट राशी हुने व्यक्तिहरुका लागि अत्यन्त राम्रो रहेको छ । आफ्नो कार्य कुशलता र दक्षताले गर्दा सामाजिक राजनीतिक धार्मिक क्षेत्रबाट पनि मानसम्मान प्राप्ति हुने योग बनेको छ । आर्थिक रुपमा पनि निकै उन्नति प्रगति हुनेछ । कुनै पनि समारोहमा सहभागिता हुने अवसर मिल्ला । समग्रमा भन्नुपर्दा यो हप्ता कर्कट राशी हुनेहरुका लागि अत्यन्त फलदायी बनेको देखिन्छ ।
सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे
१० र ११ गतेका दिनहरु खासै राम्रो छैन । सावधानी अपनाउनु पर्ने देखिन्छ । व्यर्थमा बादविवाद पर्न सक्छ । १२ देखि १६ गतेका दिनहरु भने अत्यन्त राम्रो र फलदायी बन्ने देखिन्छ । आफ्नो कार्यक्षेत्रबाट पनि निकै हर्षोल्लास मिल्ने देखिन्छ । यो समयमा आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् । कुनै व्यापार व्यवसायबाट पनि निकै उन्नती प्रगति हुने देखिन्छ । आर्थिक रुपमा पनि निकै लाभ होला ।
कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो
१० र ११ गतेका दिनहरु कन्या राशीवाला व्यक्तिहरुका लागि निकै राम्रो रहेको छ । यो समयमा कुनै पनि कार्य गर्दा सफल हुने देखिन्छ । १२ र १३ गतेका दिन खाशै राम्रो देखिदैन । सावधानी अपनाएर आफ्नो कार्य गर्नु होला । १४ देखि १६ गतेका दिनहरु भने निकै राम्रो रहेको देखिन्छ । यी दिनहरुमा आफूले आँटेताकेका कामहरु पुरा हुने छन् । कुनै पनि व्यापार व्यवसायमा उन्नति प्रगति हुने देखिन्छ । यो हप्ता कन्याराशी हुने व्यक्तिहरुका लागि मध्यम रहेको छ ।
तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते
१० देखि १४ गते सम्मका दिनहरु निकै रमाइलेका साथ बित्ने देखिन्छ । यो समयमा गरेका कार्यहरु सफल हुने देखिन्छ । व्यापार व्यवसाय कृषि उत्पादन पशु चौपाय गाडी बाहन आदीबाट निकै फाइदा हुने योग बनेको छ । आफ्नो कार्य कुशलता र दक्षताले गर्दा आर्थिक रुपमा पनि फाइदाजनक देखिन्छ । १६ र १७ गतेका दिनहरु खासै राम्रो छैन सावधानी अपनाएर कार्य गर्नु होला ।
वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु
राशी अनुसार यो हप्ता बृश्चिक राशी हुने मानिसहरुकालागि अत्यन्त फलदायी बन्ने छ । यो समयमा गरेका कार्यहरु निर्विघ्न तथा सफल हुने देखिन्छ । कुने पनि ब्यापार व्यवसाय उद्योग कलकारखाना आदी क्षेत्रबाट पनि मनज्ञ धन सम्पत्ति प्राप्ति हुने योग बनेको छ । आर्थिक रुपमा पनि समयले निकै फड्को मार्ने देखिन्छ ।
धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
१० र ११ गतेको समय त्यती राम्रो देखिदैन । सावधानी अपनाएर कार्य गर्नु होला नत्र हानि नोक्सानी हुनेछ । त्यस पछिका समय भने अत्यन्त राम्रो रहेको देखिन्छ । आफन्तजनको भेटघाट मिष्ठान्न भोजनमा मन रमाउने छ । कुनै पनि व्यापार व्यवसायबाट राम्रै लाभ हुने देखिन्छ ।
मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राशी अनुसार १० र ११ गतेका दिनमा गरेका कार्यमा समयले निकै साथ दिने देखिन्छ । १२ र १३ गतेका दिनहरु त्यति राम्रो देखिदैन । सावधानी अपनाएर काम गर्नु राम्रो हुनेछ । १४ देखि १६ गते सम्मका दिनहरु भने समय र भाग्यले साथ दिएको पाइन्छ । यो समयमा गरेका कार्यहरु सफल हुने देखिन्छ । आफूले आँटे ताकेका कार्यहरु पनि सफल हुनेछन् ।
कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द
मनका इच्छा आकांक्षाहरु पुरा भइ मनज्ञ धन सम्पत्ति प्राप्ति होला । आफ्नो कार्य क्षेत्रबाट पनि निकै आर्थिक लाभ हुने देखिन्छ । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि आम्दानीको श्रोत बढ्ने देखिन्छ । १६ र १७ गतेका दिनहरु भने त्यति राम्रो छैन । बिचार नपुराइ कार्य गर्दा हानी नोक्सानी हुने देखिन्छ ।
मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राशी अनुसार यो हप्ता मीन राशी हुने व्यक्तिहरुकालागि अत्यन्त राम्रो रहेको छ । ब्यापार व्यवसाय कृषि बिजनेस आदि क्षेत्रबाट पनि राम्रो हुने देखिन्छ । कलाकारीता गायन बाद्यबादन लगायतका क्षेत्रबाट पनि आर्थिक रुपमा निकै उन्नती प्रगति हुने देखिन्छ ।
