सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको छ । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ । जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उहाँ सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । यससम्बन्धी विस्तृत विवरण आउन बाँकी छ । को हुन सुशीला कार्की ? सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुनुहुन्छ । उहाँले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो…
म्याग्दी जिल्लाको सबै भन्दा दुर्गम मानिने स्थानीय तहको धवलागिरी गाउँपालिका । यो गाउँपालिका मुस्ताङ, डोल्पा, रुकुम पूर्व, बागलुङ जिल्लाका साथै म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका र मालिका गाउँपालिका सँग सिमाना जोडिएको गाउँपालिका हो । नेपालमा संघीयता कार्यान्वयन गर्ने क्रममा साविकका गुर्जा गाविस, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ र ताकम गाविसलाई समेटेर धवलागिरी गाउँपालिका बनाइएको हो । एक हजार ३७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्याका हिसाबले हेर्दा वि.सं. २०७८ मा गरिएको जनगणना अनुसार १२ हजार छ सय १६ रहेको छ । धवलागिरी गाउँपालिकाको समग्र विकास तथा आगामी योजना र भौतिक पूर्वाधार विकास तथा अन्य कार्यहरुको बारेमा के कस्ता कार्य भएका…
मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ । जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदै मुलुकमा अकल्पनीय जनधनको क्षति गरिएसँगै कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी विभिन्न अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा भय सिर्जना भएको छ । कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छन् । कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार हालसम्म कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । राजधानीको केन्द्र सुन्धाराबाट सबैभन्दा बढी कैदी…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २६ गते बिहीबार तदनुसार इस्वी सम्बत ११ सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष चतुर्थी तिथि १५:५९ उप्रान्त पञचमी अश्वनी नक्षत्र । बाबल करण १५:५९ उप्रान्त कौलव । मानस योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मेष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४७ सूर्यस्त बेलुका १८:११ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- लक्ष्मीजीको कृपाले…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २५ गते बुधबार तदनुसार इस्वी सम्बत १० सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष तृतीया तिथि रेवती नक्षत्र । बणिज करण ७:२३ उप्रान्त भद्रा । उत्पात योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४७ सूर्यस्त बेलुका १८:१३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजकोदिन त्यति राम्रो…
सरकारले ‘जेनजी’ पुस्ताको आह्वानमा काठमाडौँको नयाँ बानेश्वरसहित देशका विभिन्न स्थानमा भएको घटनाका विषयमा छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्री गुरुङले जेनजी पुस्ताको प्रदर्शनमा केही स्वार्थ समूहले आफ्नो अभीष्ट पूरा गर्न घुसपैठ गर्दै उच्छृङ्खल एवं अमानवीय कार्य गरेकाले छानबिन गरी कारबाही हुने बताउनुभयो । “जेनजी पुस्ताको आह्वानमा देशका विभिन्न स्थानमा भएको प्रदर्शनमा मृत्यु भएकाप्रति नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दछ । बैठकले मृत्यु भएका व्यक्तिको हकमा सम्बन्धित परिवारलाई…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २४ गते मंगलबार तदनुसार इस्वी सम्बत ९ सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष द्वितिया तिथि उत्तरभाद्रपदा नक्षत्र । तैतिल करण सिद्धि योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४६ सूर्यस्त बेलुका १८:१४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजकोदिन त्यति राम्रो देखिदैन । आँटेका कार्यहरु…
युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर–क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनाले जनाएको छ । यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागीसमेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू आगो नियन्त्रणमा लिनका लागि अहोरात्र खटिएका छन् । प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भन्नुभयो,“युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ ।” प्रधानमन्त्री स्विरिदेन्कोका अनुसार राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र…
मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी राष्ट्रव्यापी रूपमा साक्षरता अभियान सञ्चालन भएको डेढ दशक बितिसक्दा पनि लक्ष्य भेटाउन सकिएको छैन । सुरुका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्षयता सुस्ताएको छ । सरकारी तथ्याङ्क अनुसार मुलुकका दस जिल्ला अझै पूर्ण साक्षर घोषणा भएका छैनन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हालसम्म ६७ वटा जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । मधेश प्रदेशका आठ वटा तथा कर्णाली प्रदेशका दुई वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली जिल्लाका कालीकोट र डोल्पा जिल्ला छन् । मधेश प्रदेशका…
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न भएको छ । महाधिवेशनले प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनसहित सात वटा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विशेष समारोहबीच गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समूहगत छलफल महाधिवेशनमा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि १० वटा समूहमा छलफल गरिएको थियो । समूह नेताहरूले राजनीतिक, सांगठनिक तथा…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका