म्याग्दी/विश्व शान्ति तथा महामारी मुक्तिको कामना सहित हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ७ स्थीत जयन्ती मंगला र कालीको संगम स्थल नजिक कृष्णगण्डकी किनारमा साढे दुई करोड दिप शुक्रबार प्रज्ज्वलन गरिएको छ ।
सम्पूर्ण सष्टिको चराचर जगतको उद्धार तथा विश्व शान्तिको कामना गर्दै दिप प्रज्ज्वलन गरिएको विश्व हिन्दु महासंघ म्याग्दीका अध्यक्ष डण्डपाणी उपाध्यायको भनाई छ । जयन्ती मंगला काली भद्रकाली कपालिनि दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते । हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख भएको यही त्रिसंगम स्थलमा श्रीराम नवमीको अवसर पारेर विश्व हिन्दू महासंघको आयोजनामा दिप प्रज्ज्वलन गरिएको हो ।
दुर्गा सप्तसति चण्डीमा उल्लेख भए अनुसार सबभन्दा उत्कृष्ट विजय शालिनी देवी, आफ्ना भक्तहरुको जन्म मरण आदी संसाद बन्धनबाट टाढा मोक्षदायिनी, मंगलमयी देवी काली प्रलयकालमा सम्पूर्ण सष्टिलाई आफ्नो ग्रास बनाउने देवीका रुपमा जयन्ती मंगलाकालीलाई ब्याख्या गरिएको छ । भद्रकाली, आफ्नो भक्तहरुको दिनका लागि भद्र, सुख र मंगललाई स्वीकार गर्ने देवी कपालिनी, हातमा कपाल र गलामा मुण्डमाला धारण गर्ने देवी दुर्गा अष्टांगयोग, कर्म र उपासना रुप दसाध्य साधनाबाट प्राप्त हुने जगदम्बिका दुर्गा देवि सँग क्षमा माग्ने पनि कार्य हो ।

जयन्ती मंगला कालीको संगम स्थलमा हुने यस कार्यले गंगाको महिमा बढाउने तथा मुक्तिनाथ एवम् गलेश्वरलाई संसार सामु चिनाउनका लागि गरिने प्रयास पनि रहेको छ । यस दिप प्रज्ज्वलनको मुल उद्देश्य धार्मिक आस्था र जगर्ने नै रहेको छ । विश्व हिन्दु महासंघले धार्मिक कार्य ठाउँठाउँमा गराउँदै आएको र आगामी दिनमा पनि गर्दै जाने रहेको संघका अध्यक्ष उपाध्यायको भनाइ छ । विश्व हिन्दू महासंघ म्याग्दीको अग्रसरतामा एक करोड ८ लाख दिप प्रज्ज्वलन गर्ने उद्देश्य सहित अगाडी बढेको तयारी दुई करोड ५० लाख भन्दा बढी पुगेको हो ।
शुरुमा महासंघले गरेको निर्णय अनुसार एक करोड ८ लाख दिप वा सबा करोड दिप प्रज्ज्वलन गर्ने भनिएको भए पनि भक्तजनहरुको चापल गर्दौ धेरै भएको महासंघले जनाएको छ । मुख्य रुपमा विश्व शान्ति, धर्मको उत्थानका साथै हिन्दुधर्माबलम्बीहरुको आस्था जगाउँदै जोगाउने पनि रहेको छ । गंगा किनारमा दिप प्रज्ज्वलन गरेर महत्व दर्साउन खोजिएको हो ।
गएको मंसिर महिनामा विश्व हिन्दू महासंघको निर्णय अनुसार दिप प्रज्ज्वलनको तयारी अगाडी बढाइएको थियो । यो अवसरमा भक्तजनहरुले देखाएको मायाँ र सद्भावका कारण अपेक्षा गरे भन्दा धेरै दिप संकलन हुनुका साथै आज मुल पुजाको दिनमा पनि निकै उत्साहका साथ भक्तजनहरुको उपस्थितिले महासंघलाई पनि थप उर्जा मिलेको छ । विश्व हिन्दू महासंघका उपाध्यक्ष बिक्रम श्रेष्ठका अनुसार स्कन्द पुरणको हिमबत खण्डमा दिप प्रज्ज्वलन र यसको महत्वका बारेमा पनि उल्लेख भएको पाइन्छ । जयन्ती र मंगला कालिको महत्व सबैलाई थाहा होस, सबैमा शुख शान्ति होस र रोगब्याधिले पनि नछोओस भनेर यही स्थानमा दिप प्रज्ज्वलन गरिएको उपाध्यक्ष श्रेष्ठको कथन छ ।
राम नवमीको पावन दिनमा भएको करोडौं दिप प्रज्ज्वलन हुनु भनेको संसारमा भएका र हुने महामारी हटाएर पितृ उद्धार गरिनु विश्व हिन्दु महासंघका कानुनी सल्लाहकार ठाकुर प्रसाद आचार्यको भनाई छ । शालिग्राम, कृष्णगण्डकी, मुक्तिनाथ तथा दामोदर कुण्डको पनि संगम हो । यस ठाउँमा हुने यज्ञले शान्ति स्थापना गर्नु पनि हो । विश्व जगतमा भएका मानवको कल्याण होस भनेर पनि जयन्ती मंगला कालीको संगम स्थलमा यज्ञ गरिएको आचार्यको कथन छ । यस यज्ञले सम्पूर्ण चराचर जगतको कल्याण गर्ने अपेक्षा गरिएको छ । दुर्गा सप्तसतिको दोश्रो अध्यायमा पनि उल्लेख भएको जयन्ती मंगलाकालीको प्रसंगलाई पनि हामीले नकार्न भर्तीवम शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष सुन्दर केसीको भनाई छ ।
विश्व हिन्दू महासंघले गएको मंसिरमा सबा लाख बत्ती बाल्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनको चरणमा पुग्दै गर्दा दुई करोड ५० लाख भन्दा बढी बात्ती जम्मा भएको छ । सोही सवाकरोड बत्ती शुक्रबार बेनीमा बालिएको छ । बेनी बजारको नजिकै म्याग्दी र काली गण्डकी नदिको संगम स्थलमा कालीगण्डकी नदि तटमा बत्ती बालिएको हो । दुर्गासप्तसती (चण्डी)को दोश्रो अध्यायमा उल्लेख भएको जयन्ती मंगला काली भद्रकाली कपालीनी दुर्गाक्षमा शिवाधात्री स्वाहासुधा नमस्तुते को शुरुआती जयन्ती मंगला कालीको संगम स्थललाई नै आजको दिप प्रज्ज्वलनका लागि विश्व हिन्दू महासंघले चयन गरेको हो । बिश्व हिन्दू महासंघले हरेक शनिबार १८ पुराण बाचन समेत गर्दै आएको छ ।







