भारतको गुजरातमा नाता, प्रेममै धब्बा लाग्ने एउटा घटना प्रकाशमा आएको छ । यो घटनाले समाजलाई पनि झस्काइदिएको छ । गुजरातको नवसारी जिल्लाको ग्रामीण क्षेत्र निवासी एक महिला आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरी प्रेमीसँग ‘लिभ इन रिलेशनशिप’मा बस्दै आएकी थिइन् ।
उनीसँग १२ र १३ वर्षका दुई छोरी पनि थिए, जो पूर्वपतितर्फका सन्तान हुन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार आमाको प्रेमी भनिएका पुरुषले ती दुवै सौतेनी छोरीलाई दाउरा खोज्ने बहानामा जङ्गलमा लैजाने र दुवैलाई बलात्कार गर्दै आएका थिए ।
आमा–छोरीले नै यसबारे प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले पीडित परिवारको परिचय खुलाएको छैन।