फिफा विश्वकप २०२६ को गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी शीर्षस्थानमा उक्लिएका छन्।
सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गर्दै मेसीले प्रतियोगितामा आफ्नो योगदानलाई अझ मजबुत बनाएका हुन्। मेसी र फ्रान्सका कप्तान किलियन एमबाप्पे दुवैले ८-८ गोल गरेका छन्। तर मेसीको नाममा ४ असिस्ट रहेकाले उनी गोल्डेन बुटको दौडमा एमबाप्पेभन्दा अगाडि छन्।
हाल मेसीको नाममा ८ गोल र ४ असिस्ट छन् भने एमबाप्पेको नाममा ८ गोल र ३ असिस्ट छन्। यस आधारमा गोल्डेन बुटको होडमा मेसी बलियो अवस्थामा छन्।
यता, अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका मेसी गोल्डेन बल (सर्वोत्कृष्ट खेलाडी) का पनि प्रमुख दाबेदार बनेका छन्। अब फाइनलमा उनको प्रदर्शनले दुवै व्यक्तिगत अवार्डको भविष्य तय गर्नेछ।
