२०८३ साउन ६ गते (२२ जुलाई २०२६) बुधवार, आषाढ शुक्लपक्ष अष्टमी तिथि, ७ः४८ बजेपछि नवमी। स्वाती नक्षत्र। चन्द्रराशि तुला।
-
मेष:
राशि अनुसार आजको दिन उत्तम रहेको छ। आजको दिनमा गरिने कार्यमा सफलता प्राप्ती हुनका साथै मान सम्मान मिलने योग बनेको देखिन्छ। नविन कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु सफल हुनेछ।
-
वृष:
समय र भाग्यले साथ दिएको छ। आफन्त इष्टमित्र साथी भाइहरूबाट पनि साथ सपोर्ट रहने योग बनेको देखिन्छ। लामो समय देखि अल्झिएर रहेका कामहरू पुरा हुने छन्। आर्थिक रूपमा लाभ हुने देखिन्छ।
-
मिथुन:
विद्वान जन साधु सज्जन महापुरुषहरूको सत्संगत गर्ने अवसर मिल्नुका साथै ज्ञान गुणका कुरा सिक्ने अवसर मिल्ने छ। अध्ययन अध्यापनको क्षेत्रमा गुणोत्तर वृद्धि हुने देखिन्छ।
-
कर्कट:
राशि अनुसार आजको दिन राम्रो छैन। व्यर्थमा कलह झगडाको कारक बनेर चन्द्रमा आएको हुनाले सावधानी अपनाउनु होला। भगवान गौरी शंकरको आराधना गर्नु दिन उत्तम रहनेछ।
-
सिंह:
समयको गति अनुसार दिन उत्तम रहेको छ। अचानक धन सम्पत्ति प्राप्ती हुने योग बनेको देखिन्छ। आफूले आंटेताकेका कार्यहरू सफल हुने छन्।
-
कन्या:
आफूले गरेका कार्यमा सफलता मिल्नुका साथै मनमा आनन्दानुभूति प्राप्ती होला। आफ्नो कार्यक्षेत्रमा निरन्तरता दिनाले मान सम्मान प्राप्ती हुने योग बनेको छ।
-
तुला:
घरमा लक्ष्मी जीको कृपा हुने योग बनेको देखिन्छ। धनको आगमन र आफूले आंटे ताकेका कार्यमा सफलता मिल्ने देखिन्छ। व्यापार व्यवसायमा पनि राम्रो हुने छ।
-
वृश्चिक:
राशि अनुसार १२ औँ चन्द्रमा सदा सर्वदा हानि नोक्सानीको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला। तद्जन्य निवारणको लागि संकट मोचन हनुमान जीको आराधना गर्नु दिन शुभ रहने छ।
-
धनु:
राशि अनुसार दिन उत्तम रहेको छ। सामाजिक सेवा परोपकार तिर मन रमाउने देखिन्छ। धर्म कर्म तिर्थाटन गर्ने अवसर मिल्नुका साथै आर्थिक लाभ हुने योग बनेको छ।
-
मकर:
मनका इच्छा आकांक्षाहरू क्रमश: पुरा हुँदै जानेछन्। मन धार्मिक सामाजिक सेवामा रमाउने देखिन्छ। व्यापार व्यवसायमा पनि उल्लेख्य उन्नति प्रगति हुने योग बनेको छ।
-
कुम्भ:
मनमा सात्विक विचारको उदय हुनका साथै आफू भन्दा ज्येष्ठ र श्रेष्ठजन संग सत्संगत गर्ने अवसर मिल्नुका साथै व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रमा उल्लेख्य उन्नति प्रगति होला।
-
मीन:
राशि अनुसार आजको दिन राम्रो छैन। ८ औँ चन्द्रमा दु:ख कष्टको कारक बनेर आउने भएको हुनाले तद्जन्य निवारणको लागि माता कालिकाको आराधना गर्नु दिन शुभ रहने छ।
