Author: Amrit Baskune

बागलुङ, २१ भदौ – बिगत ३ महिनादेखि बागलुङ बजारमा यातायात सेवा दिदै आएको अटो रिक्सा सेवा बन्द भएको छ । बागलुङ सदरमुकामका बिभिन्न स्थानमा जानका लागि घरदैलो मै सहज सेवा सुविधा दिदै आएको अटो रिक्सा कागजातका कारण बन्द भएको हो । अटो रिक्सा चालकको लाइसेन्स र रुट परमिट नभएका कारण अटो रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रिक्सा संचालनका लागि पनि अन्य सवारी साधनको जस्तो कानुनी प्रक्रिया र आवश्यक कागजपत्र आवश्यक पर्ने र बागलुङमा संचालित कुनै पनि रिक्सा चालकसंग कागजपत्र नभएकाले बन्द गर्नु परेको प्रहरी सहायक निरीक्षक कुलबहादुर हरिजनले बताए । सेवा सुविधा दिएता पनि दुर्घटना भएको खण्डमा कागजपत्र नहुँदा…

Read More

म्याग्दी, २१ भदौ – जिल्लाको बेनी नगरपालिका–७ निवासी सिद्धान्त क्षत्रीले आफ्नो ११औं वर्ष प्रवेशको जन्मदिनको अवसरमा सामाजिक क्षेत्रलाई सहयोग गरेका छन् । सोमबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा सामाजिक तथा मानवीय सेवामा खर्च गर्ने गरी क्षत्रीले कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था कमजोर भएकालाई उपचारबाट बन्चित रहने अवस्थाको अन्त्य गर्न कोषले सुरु गरेको अभियानलाई प्रभावकारी बनाउन पवित्र दिनको अवसरमा छोरालाई सहभागी गराएको क्षत्रीकी आमा रमिलाले बताईन् । ‘कोषमार्फत भइरहेको कामका बारेमा उसको बाबालाई धेरै जानकारी छ । ‘उहाँले छोराको जन्मदिनको खर्चबाट परोपकारी कार्यमा सहयोग गर्न अनुरोध गरेपछि शिद्धान्तले सहयोग गरे’ उनले भनिन् । हाल रोजगारको सिलसिलामा अफगानिस्थानमा रहेका शेरबहादुर जिसीले समेत…

Read More

प्रकाश थापा सामान्य अर्थमा कृषिवन शब्दले एकै स्थानमा कृषि र वनको संयुक्त कार्य गर्नु भन्ने अर्थलाई बुझाउँछ । उपलब्ध स्रोत, साधन र सीपको अधिकतम् उपयोग गरी रुख बिरुवा र खेतीपाती सँग–सँगै हुर्काएर दुई वा सोभन्दा बढी वस्तु उत्पादन गर्नु नै कृषिवन प्रणालीको प्रमुख विशेषता हो । हाम्रा बाबु बाजेले गरेको घर बगैंचा बनाउने कार्यदेखि लिएर खेतमा धान, मकै छर्ने डिलमा डाले घाँस रोप्ने र कान्लामा विभिन्न प्रकारका भुँई घाँसहरु रोप्ने आदि कार्य गरेको हामी सबैले देखी आएको कुरा हो । कृषिवन प्रणाली हामीहरुले नै उपयोग, विकास र संरक्षण गरिरहेको पद्घति हो । यसको प्रवद्र्घनले ग्रामीण क्षेत्रको अर्थतन्त्रमा विशेष किसिमको योगदान पुगेको देखिन्छ । नेपालमा परापूर्वकालदेखि…

Read More

मुस्ताङ, २१ भदौ – हिमाल पारिको जिल्ला मुस्ताङस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थिति लगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको हो । पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाट अत्यन्त नजिक पर्ने यो नाका सञ्चालनसँगै अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासका लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ । सम्भाव्यता अध्ययनका लागि पछिल्लो समयमा व्यवस्थापिका–संसदको विकास समितिका सदस्यहरुबाट भएको स्थलगत अवलोकन…

Read More

सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मानब बेचबिखन बिरुद्धको १० औं अन्तराष्ट्रिय दिवस मनाईएको छ । मानव बेचबिखनको शैलीमा अहिले परिवर्तन आएको छ । हिजो बालबालिकालाई सर्कसमा काम लगाउनको लागि बेचबिखन गरिन्थ्यो । मानव तस्करले महिलालाई नौतुनाका कोठीहरुमा भारुमा बिक्री गर्थे । अहिले लाखौं रकम लिएर मानव तस्करको गिरोहले युरोप पु¥याउने नाममा ल्याटिन अमेरिकाका देशमा लगेर बेवारिसे बनाउन थालेका छन् । मानव तस्करको प्रलोभनमा नेपाली युवाहरुले विदेशमा निकै पाईरहेका समाचार प्राय दैनिक आउने गरेका छन् । पछिल्लो समयमा महिला र बालबालिका मात्रै नभई पुरुष समेत बेचबिखनमा परेका छन् । युरोपमा मुलुकमा सहजै भिसा नपाइने भएपनि दलालको चंगुलमा फसेर आज धेरै युवाहरु जीवनमरणको दोसाँधमा बाँचिरहेका छन् । मानव तस्करको…

Read More

कृष्णप्रसाद शर्मा आजकाल राजनैतिक परिवर्तनले गर्दा जाँच दिंदा विधार्थीले देशको प्रधानमन्त्रीको नाम एउटा लेख्यो भने उत्तरपुस्तिका जाँच्ने बेलासम्म अर्कै भईसके झै, म विदेश छिर्दा ‘शहर’ हुँदै आएँ तर अहिले विकासले गर्दा देश “सहरैसहर’ भईसकेछ । चार ‘शहीद’को ठाउँमा धेरै ‘सहीद’ भई सकेछन् । ओहो, देशमा विकासले आकाश नै छोइसकेछ त्यसैले गरा खेतका बारीहरूमा काम नभएपछि अब नेपाली भाषाको कलमी गरेर मेलका बोटमा नास्पाती फलाउँदै रहेछन् नेपालमा भाषाविद्हरुले । शुरुमै भनी हालौ, म केवल एउटा नियमित पाठक हुँ मलाई पढ्न र कहिलेकाँही अलिअलि केर्न आउँछ त्यसैले सजिलोसंग लेख्ने खालको भाषा बनाउन कैंची चलाउन आउँदैन् । अतः पुरानो शैलीमै लेख्छु ‘बुझ्नु’ हुन्छ होला नत्र अहिलेका ‘बुझ््ने’लाई…

Read More

सेक्स जीवनलाई धेरै राम्रो बनाउन र रोमान्स गर्नका लागि यसको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स धेरै फरक छ । आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ, जसलाई तपाईहरुले पनि सेक्सका दौरानमा बन्देज गर्नुहुने छ । १) आफ्नो लागि मात्रै सहज नहेर्नुस्, पार्टनरको च्वाइस पनि बुझ्नुस्ः सेक्सका दौरान आफूले चाँहेजस्तो मात्रै नगर्नुस् । पार्टनरको चाहनालाई पनि पूर्ण रुपले स्थान दिनुस् । यसो गर्दा तपाइको पार्टनरले सन्तुष्ट र आरामदायी महसुस गर्नेछिन् । वत्ति अन राख्ने वा निभाउने, कुन पोजिशन अपनाउने, सेक्स टोयको प्रयोग गर्ने वा…

Read More

ज्यो. सूर्य पौडेल २०७३ भाद्र २१ मंगलबार, पञ्चमी ६ सेप्टेम्बर २०१६ तपाईको आज मेष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त । वृष– घरमा नवीन चहलपहल छाउने । मिथुन– मनमा अशान्तिको कालो बादल मडारिने । कर्कट– पेट वा कम्मरमा पीडा । सिंह– मनमा प्रसन्नताको बहार छाउने । कन्या– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने । तुला– नयाँ कार्यक्षेत्रको लगानी शुभ । वृश्चिक– आफन्तबाटै घातप्रतिघात हुने । धनु– अनायासै आर्थिक लाभ हुने । मकर– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने । कुम्भ– छोराछोरी वा नजिकैका आफन्तसँग वादविवाद पर्निे मीन– प्रायः हर कार्यमा अपजस मात्रै पाईने ।

Read More

राजेशचन्द्र रा.भ. नेपालीहरूको सबैभन्दा ठुलो चाडपर्व कुन हो भनेर सोध्यो भने सबै नेपालीको एउटै जवाफ हुन्थ्यो दशै भनेर तर जमाना फेरिएको छ । अहिलेको सामान्यज्ञान पल्टाएर हेर्ने होभने यो जवाफले फेल खान्छ । यो कुरा सामान्य अनुमानको भरमा, हचुवाको भरमा भनेको पनि होईन लेखेको पनि होइन यो अहिलेको तितो यथार्थ हो । हुनत नेपालीहरूको महान चाँड दशै आउन झन्डै डेढ महिना बाकी छ । अहिले भर्खरै देखि दशैको चर्चा गरि हाल्नुपर्ने बेला पनि भएको छैन । अहिले सबैभन्दा बढी चर्चा केको छ भनेर कसैले सोध्न आबश्यक पनि छैन । यसको जवाफ साना दुधे बच्चा देखि ८४ बर्ष पार गरि सकेका हजुरआमा, हजुरबुबा जसले पनि दिन सक्छ ।…

Read More

वर्षायाम सकिनै लाग्दा बेगखोलाबासी प्राकृतिक विपत् झेल्न बाध्य भएका छन् । गत बिहीबार राती आएको बाढीले बेगखोलाका ११ वटा घर बगाउँदा ४८ जना विस्थापित भएका छन् । तीमध्ये एकजनाको अवस्था अझै थाहा हुन सकेको छैनभने पीडितहरुलाई बारीमा अस्थायी टहरा निर्माण गरी राखिएको छ । यसअघि बाढी र पहिरोले बागलुङ र म्याग्दीमा ठूलो धनजनको क्षति भएको छ । बाढी र पहिरोले विनाश निम्त्याईरहेका बेला म्याग्दी जिल्लाका बेगखोलाबासीले बाढीको सामना गर्नु परेको छ । बेगखोलामा आएको बाढीले ११ घर परिवारलाई विस्थापित गराएको छ । बाढीले मानवीय क्षति पनि निम्त्याएको छ । बेगबासी अहिले बाढीले दिएको सास्तीबाट आक्रान्त भएर जीवन गुजारिरहेका छन् । बाढीले उनीहरुको उठबास मात्रै लगाएको छैन घरमा भएको…

Read More