कृष्णप्रसाद शर्मा
आजकाल राजनैतिक परिवर्तनले गर्दा जाँच दिंदा विधार्थीले देशको प्रधानमन्त्रीको नाम एउटा लेख्यो भने उत्तरपुस्तिका जाँच्ने बेलासम्म अर्कै भईसके झै, म विदेश छिर्दा ‘शहर’ हुँदै आएँ तर अहिले विकासले गर्दा देश “सहरैसहर’ भईसकेछ । चार ‘शहीद’को ठाउँमा धेरै ‘सहीद’ भई सकेछन् । ओहो, देशमा विकासले आकाश नै छोइसकेछ त्यसैले गरा खेतका बारीहरूमा काम नभएपछि अब नेपाली भाषाको कलमी गरेर मेलका बोटमा नास्पाती फलाउँदै रहेछन् नेपालमा भाषाविद्हरुले ।
शुरुमै भनी हालौ, म केवल एउटा नियमित पाठक हुँ मलाई पढ्न र कहिलेकाँही अलिअलि केर्न आउँछ त्यसैले सजिलोसंग लेख्ने खालको भाषा बनाउन कैंची चलाउन आउँदैन् । अतः पुरानो शैलीमै लेख्छु ‘बुझ्नु’ हुन्छ होला नत्र अहिलेका ‘बुझ््ने’लाई देखाएर बाची माग्नु होला । जुनसुकै भाषा पनि विचार अभिव्यक्तिको माध्यम हो । जसले विचारलाई चिटिक्क पारेर राम्रो आकृती दिन्छ तर यदि भाषामा प्वाल प¥यो भने विचार र विचारकका दुवैका गोप्य अङ्ग देखिन्छन् जसले गर्दा बजारमा दुवैको बेईज्जत हुन्छ । भाषाका बारेमा बोल्न भाषाविद्लाई मात्र होईन पाठकलाई पनि अधिकार छ । अंग्रेजी भाषाले विश्व खाएको छ तर सबै अंग्रेजी बोल्नेहरू भाषाविद् भने होईनन् । विश्वमा उदयमान चीनका उच्च पदस्थ जहाँ गए पनि आफ्नै भाषामा बोल्छन् यो चीनले विश्वलाई सिकाएको ज्ञान हो तर हामी छिमेकी भएरै पनि चीनको यो कुरालाई अवलम्वन गरेका छैनौ ।
विगत केही वर्षदेखि नेपाली भाषा माथि आक्रमण क्रमिक रुपमा भइरहेको छ । छानो फाटेर अलिअलि पानी चुहुँदासम्म खासै मतलब नभए पनि ठूलै भ्वाङ पारेर ओछ्यानै भिजाएपछि अहिले भने केही भाषाविद्हरू लाग्नु भएको छ । हामी उहाँहरूले जस्तै छानो छाउनै नजाने पनि चोर्खर लगाउन त कसो नसकिएला एकपटक सोचौं त ।
नेपाली भाषाको देवनागरी लिपि अन्य भाषाको तुलनामा सरल र उपयोगमा सहज छ । चीन र जापान जस्ता देशहरूका लिपिको प्रयोगकर्ताले समस्या महसुस नगरेको ठाउँमा हाम्रो भाषा तारेभीर कै घाँस कसरी भयो थाहा भएन । हो भाषा गतीशील र परिवर्तनशील हुन्छ, यो क्रमिक रुपमा हुँदै पनि जान्छ तर हामीले यसलाई ठेलेर परिवर्तन गराउनु हुँदैन यो अहिलेका परिवर्तनकारी भाषाविद्ले जान्नु पर्दछ । एउटा बर्खा खोला हिडेको ठाउँलाई आधार मानेर पुल हाल्ने हो भन्ने अर्को बर्खा अर्कैतिरबाट बग्ला अनि प्रत्येक वर्ष पुल हाल्न त सम्भावना पक्कै पनि छैन होला ! अहिले जो जसले नेपाली भाषामा तोडमोड गरेर यो स्थिति भनाइरहेका छन् उनिहरूको तर्क छ हामी नेपाली भाषालाई सजिलो बनाउन खोजेका हौ र भाषामा केवल केही संयुक्त अक्षरहरू मात्र खुट्टा काट्न भनिएको हो अरू आकाश खसेको छैन । कति सरल जवाफ है तर यो तर्क पानीमा लठ्ठी हाल्दा जस्तो आकृती देखिन्छ हो त्यस्तै हो । देशको नीति निर्माण तहमा योग्य र सक्षम नेता पुग्नु पर्छ तर कहिलेकाही योग्य पुग्दा पनि अन्जानमा गलत काममा सिफारिस गर्न पुगेको पाईन्छ । यस्तो दुरगामी असर पर्ने खालको काम विसं २०६९ साउन २३ गते तत्कालीन माननीय शिक्षामन्त्री ज्यूको हस्ताक्षरसहित ‘संयुक्त अक्षरलाई खुट्टो काटेर लेख्नका लागि दिइएको आदेश’ कारण निम्तिएको छ । यसमा हस्ताक्षर गर्ने गुरु दिननाथ शर्माले यसलाई सुल्झाएर जाने भन्नु समेत भएको छ । यसमा हस्ताक्षर गर्दा जसले फाईलमा टिप्पणी उठाए तिनीहरूले भन्दा एउटा कुरा तर खासमा फाईलमा लेखिएको दोस्रो कुरा भएको देखिन्छ किन कि नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा विभागका तात्कालिन प्रमुख हेमाङगराज अधिकारी जीले एउटा कार्यक्रममा पनि केवल केही संयुक्त अक्षरमा मात्रै यसो गरिएको भन्नु भएको छ । यसबाट पनि के देखिन्छ भने मन्त्री ज्युलाई सही गराउँदा समेत यही भनेर गराईएको हुन सक्छ किन कि तत्कालिन मन्त्री गुरू दिनानाथ शर्मा आँफै साहित्कार हुनुहुन्छ भने एक दर्जन साहित्यिक कृति प्रकाशन गरि सकेको हुनाले यो कसरी सजिलो हुन गयो । जे जसरी हुन गएको भएपनि अब यसलाई सच्चाएर नगएसम्म यसको अर्को कुनै समाधान छैन । यसबाहेक आगन्तुक शब्दहरूको प्रयोगमा समेत केही मतभेद छ । अहिले बहस चलिरहेकै बेलामा जेजति विगतका कमजोरी भए यसलाई सच्चाउन जरुरी छ ।
विश्वमा अहिले हरेक ३ महिनामा एउटा भाषा लोप हुँदै गइरहेको छ । ६००० हजार भन्दा बढी भाषा र जातजातीका गरेर दशौं हजार भाषा रहेका छन् । सयभन्दा बढी स्थानिय भाषा रहेको हाम्रो देशमा कतिपय भाषाका अब एक दुई जनाबाहेक प्रयोगकर्ता छैनन् । यसैले लोपउन्मुख मातृभाषाको रक्षा समेत गर्दै आफ्नो लामो ईतिहास बोकेको नेपाली भाषालाई कमजोर बनाएर यान्त्रिकिकरणको आडमा लोप उन्मुख नबनाउ । यो भाषा माथिको अतिक्रमणमा कतै विदेशी लगानी त छैन मान्छेहरू सोच्न थालि सकेका छन् ।
कुनै बेला धर्म प्रचारका लागी खाम भाषा सिकेर रुकुम छिरेकाहरू भुकम्पका बेला जसरी घरघरमा किताब थमाउन पुगेका थिए अब यत्तिको ठाउँ पाउँदा फेरी अर्को कुनै चक्र त छैन बुझ्नु पर्छ भन्छन् मान्छेहरू । ‘विद्यालय’ गएर ‘विधालय’ लेख्ने जमात बनाएर सक्षम शिक्षकहरूको मनोवल घटाउदै कस्तो जनशक्ति तयार हुन्छ सोचौ । नेपाली भाषालाई केवल माध्यम भाषाको रुपमा हेरेर निच नमारौ भोली फेरी आफगानिस्तानको ईतिहास खोज्न अमेरिका जानु पर्ने जस्तै हाम्रो मुल्यमान्यता र संग्रहका लागी कुनै देश सगँ हात जोड्न नपरोस् । सबैमा चेतना भया ।
Previous Articleसेक्सका दौरानमा गर्न नहुने कामहरु
Next Article मानव बेचबिखन रोक्ने दायित्व