राजेशचन्द्र रा.भ.
नेपालीहरूको सबैभन्दा ठुलो चाडपर्व कुन हो भनेर सोध्यो भने सबै नेपालीको एउटै जवाफ हुन्थ्यो दशै भनेर तर जमाना फेरिएको छ । अहिलेको सामान्यज्ञान पल्टाएर हेर्ने होभने यो जवाफले फेल खान्छ । यो कुरा सामान्य अनुमानको भरमा, हचुवाको भरमा भनेको पनि होईन लेखेको पनि होइन यो अहिलेको तितो यथार्थ हो । हुनत नेपालीहरूको महान चाँड दशै आउन झन्डै डेढ महिना बाकी छ । अहिले भर्खरै देखि दशैको चर्चा गरि हाल्नुपर्ने बेला पनि भएको छैन । अहिले सबैभन्दा बढी चर्चा केको छ भनेर कसैले सोध्न आबश्यक पनि छैन । यसको जवाफ साना दुधे बच्चा देखि ८४ बर्ष पार गरि सकेका हजुरआमा, हजुरबुबा जसले पनि दिन सक्छ । त्यो हो नेपाली नारिहरूको महान पर्व तिज भनेर नेपाली दिदिबहिनीहरूको सुखदुःख साटासाट गर्ने तीज पर्व केही बर्ष देखि खर्चिलो र भड्किलो बन्दै गएको छ । तीजको दर खाने कार्यक्रम हो कि फेसन सो प्रतियोगिता हो छुट्टाउनै मुश्किल छ । अहिले सामाजिक सञ्जाल फेसबुक, युटुब, देखि टेलिभिजन च्यानल हेर्ने हो भने तीजकै चर्चा परिचर्चा छ ।
अहिले एक महिना देखि फेसबुकमा नेपाली महिला दिदीबहिनीको तीजमा नाँचगान गरेको फोटो हेरि नसक्नु छ । बर्षमा एक दिन मनाइने तीज अहिले हप्तौं होइन झन्डै–झन्डै एक महिना मनाउने चलन शुरू भए पछि पारिवारिक कलह समेत शुरू भै सकेको छ । सबै कुरामा प्रतिस्पर्धा भने झै अहिले सबैभन्दा बढी तीज हुने खाने बर्गलाई लागेको छ । हुँदा खाने बर्गलाई त चाँड पर्व पनि अभिसाप बन्दै गएको छ । शहरका हुने खाने घरका महिलाहरू दिनहुँ हजारौं रूपैयाँ पर्ने फेसनदार सारी, लाखौं मुल्यका गरगहनामा सज्जिएको देख्दा दैनिक ज्यालादारी गरेर खाने, सामान्य घरका महिलाले त्यसलाई हेरेर आफ्नो कर्म र भाग्यलाई दोष लगाउनेभन्दा उनीहरूसँग उतर छैन ।
अहिले त बागलुङ सदरमुकामको नाम चलेको होटल देखि राजधानी पाँचतारे होटललाई तीज कार्यक्रम गर्न गराउन भ्याई नभ्याई छ । अहिले तीज पर्व सामान्य महिला देखि रास्ट्रपति सम्मलाई छोपेको छ । महिला अधिकारवादी, महिला संघ, संगठन, व्युटिसियन, राजनीतिदल, सामुदायिक प्रहरी, विभिन्न जातिय क्षेत्रीय संगठन, त भै नै हाले त्यस बाहेक पनि दर्जनौं सस्थाले दिनहुँ जसो कार्यक्रम राखेर अली–अली भाषण गर्ने गराउने अनि दर खुवाउने एकछिन कम्मर मर्काई मर्काई नाँच्ने अनि नचाउने पनि फेसन नै भै सक्यो । कार्यक्रम त नाम मात्रको तीजको न त तीजसँग सम्बन्धित गीत नै बजाईन्छ न त त्यसको बारेमा चर्चा परिचर्चा नै हुन्छ । साच्चै यसरी नै हामी हिड्ने होभने भोली कहाँ पुगिन्छ, आज हामीले सस्कृति जोगाउने नाममा ठुलो बिकृती भित्र्याउने काम गरि रहेका छौ भन्ने कुरामा सामान्य हेक्का समेत राखेका छैनौं ।
हामी कहाँ जे जति पनि चाडपर्व र संस्कृती छन् । त्यसको आआफ्नो खालको बिषेशता छ । तर अहिले हाम्रो धर्म संस्कृती, अनुसार चल्नुपर्नेमा नचली रमाइलो, मोजमस्तीको लागि हामीले हाम्रो सस्कृतीलाई आफ्नो खेलौना बनाउने काम गरि रहेका छौ । बर्ष दिनमा एक पटक मनाउने तीज कहिले आउछ भनेर छोरी चेलीले दिन गनेर बस्ने चलन थियो । रेडियो, टेलिभिजनबाट दिइने तीजको गीतमा सुन्दा लाग्थ्यो साच्चिकै गीत बजेको छ । अहिले आधुनिकताको नाममा सबै तिरबाट तीज माथि अतिक्रम हँुदै गैरहेको छ । अहिले, तीजको गीत लेख्ने लेखक गाउने गायक गायिका, नाच्ने कलाकारलाई हेर्ने हो भने पुग्छ । आफुले मनपरि, मनलाग्ने गर्ने अनि त्यसलाई सस्कृतीको नाम दिने बदमाशहरूले जानजान बदमासी गर्दा पनि हामीले त्यसको बिरोध नगरी त्यसैलाई साथ दिएर हिडिरहेका छौ । अहिले यो विकृती बिरूद्ध बोल्ने आँट कसैको देखाएको छैन । केहि झिना मसिनो स्वर सुनिए पनि त्यो खुलेर बाहिर आउन सकेको छैन ।
तीज पर्व यति धेरै खर्चिलो र भड्किलो बन्दै जाँदा समेत महिला अधिकारवादी संघ सस्थाहरू कानमा तेल हालेर बसेका छैनन् आफुहरू समेत जानी नजानी त्यसमा सहभागी बनी रहेका छन् । नेपालमा लोकतन्त्र भन्दा पहिले तीज पर्वलाई महिला मुक्ति आन्दोलन सँग जोडेर हेर्ने चलन थियोे । अहिले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ३ वटै कुरा भएपछि अहिले महिला अधिकार, महिला स्वतन्त्रता र समानताको कुरा गर्नुपर्ने बिषय नभए पनि होला । अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य मन कुमारी केसी अहिले तीज पर्वको नाममा बढेको बिकृती रोक्दै यसको सकारात्मकलाई लिनुपर्ने तिजलाई महिला एकताको पर्व बनाउनुपर्ने भनाइलाई महिला दिदीबहिनीले ब्यबहारमा उतार्न जरूरी देखिन्छ ।
नेपालमा कित अधिकार नै हँुदैन भयोभने चाहिने भन्दा बढी अधिकार प्रयोग गरेर त्यसको दुरुपयोग गरेको देखिन्छ । नेपालका चर्चित गायिका कोमल ओली बिबादास्पद तीजको पोइला जान पाम, गित गाएर चर्चा आउदा सबैले उनको बिरोध भयो तर अहिले खुलेआम त्योभन्दा पनि बिकृती फैलाउने गितले बजार जमाएको छ ।
ठाउँको ठाउँ ढल्ने जस्तो मलाई, कति पिर छ
कित बुढो त्याग कान्छि कित मलाई बिर्स
जस्तो गित हरितालीका तीजमा गाउन बजाउन र नाँच्न मिल्ने गीत हो त ? अबश्य पनि होइन होला तर हामी यस्तै गीतमा रमाइ राखेका छौ ।
जामा लाउदा छोटो भयो, सारी लाउदा सुहाएन,
उखरमौलो बैँस छोप्ने चिजै भएन,
जवानीले पार्याे नि पिरलो,
तीज आएनी पिरलो नआएनी पिरलो
चोरी खान पल्केको ढाडे बिरालो
जस्तो गितको बिकृती नेपाली समाजमा भित्र्याउने काम हुँदै गए । नत हामीसँग कस्तो गीतलाई बजाउन दिने कस्तो नदिने भन्ने बारे हेर्ने कुनै निकाय छ । न त कहि कतैबाट सेन्सर गर्नु बाध्यता छ । स्वतन्त्रताको नाममा स्वच्छन्दता चरमचुलीमा पुगेको छ । जसले जे गरे पनि हुने जसो गरे पनि हुने प्रबृत्तीको कारण नेपाली नारिहरूले मनाउने तीज पर्वमा खर्चिलो र भड्किलो बन्दै गएकोमा स्थानीयबासी मञ्जु केसी ब्यक्त गर्नुहुन्छ । यो अहिले हँुदै गरेको बिकृतीलाई सबै मिलेर रोक्नुपर्ने आवाज अब बुलन्द रूपमा उठाउनु पर्ने कुरा भएपनि बिरालोको घाटिमा कसले घन्टि बान्ने भन्ने कुरा प्रमुख हो ।
अहिले सबै क्षेत्रमा महँगीले आकाश छोएको छ । अहिले दशै तिहारमा भन्दा पनि तीजमा बढि खर्च छ । एक दिन एक जना साथीले तीजको दर खाना निम्तो दिन्छन् त्योमा गए पछि आफ्नो दशा शुरू भयो एउटा कार्यक्रम गर्दा कम्तीमा पनि ३० देखि ४० हजार खर्च हुने गरेको चर्चा महिला दिदीबहिनीबाटै सुनिन थालेको छ । अहिले त तीज कार्यक्रम सामुदायिक बिद्यालय, नीजि बिद्यालयमा समेत बिद्यार्थीसँग पैसा उठाएरै गर्ने चलन चलेको छ । भोलीका दिनमा बिद्यार्थीले के कुरा बुझ्ने अनी अरूलाई के बुझाउने त्यो पनि गम्भीर बिषय बनेको छ । अहिले डम्फू मादल त तीजमा बज्नै छोडिसक्यो पप हिन्दी गीत अंग्रेजी गीतले पनि राम्रो बजार पाएको छ । अहिले हँुदा खाने बर्ग त अहिलेको अबस्था देखेर दिग्दार मानिरहेछन आज जसरी सरकारले प्रमुख जिल्ला अधिकारीलाई जसरी गैरसरकारी संस्थाको कार्यक्रममा जान प्रतिबन्ध लगाउने काम गरेको छ । जसलाई सबै नेपालीले राम्रो मानेका छन् ।
अब सरकारले तीज पर्व मनाउने एउटा दायरा बनाउन जरुरी छ । समाजमा पैसाको भरमा जे पनि जसो पनि गर्दै जाने प्रबृत्ती जसरी हावी हुँदै गएको छ । अब यसलाई नियन्त्रण भने गर्न जरुरी छ । चिन्ता बुढी मरि भन्ने होइन समाजमा काल पल्कियो भन्ने हो । अहिले हरितालीका तीज केही बर्ष देखि बिदेशमा समेत धुमधामका साथ मनाउन थालिएको छ । हामीले हाम्रो चाडपर्व सस्कृती मनाउन पर्छ तर त्यसलाई बढि तडकभडक नगरि सामान्य तरिकाले त्यसको भाबना र मर्म अनुसार मनाउने गरियोभने अबश्य राम्रो हुनेछ । हिजोको दिनमा हिन्दु नारिको मात्र चाड भनेर चिनिने तिज अहिले भने सारा नेपाली नारिहरूको मात्र नभएर पुरूष दाजुभाइको समेत पर्व बनेको छ । यसलाई सकारात्मक रूपमा लिदै तीजको भावना अनुसार चलेर हुने खाने र हुँदा खाने दुबै बर्गको साझा चाड बनाउन जरुरी छ । यस पटक जे–जस्तो भएपनि अब आउने बर्षदेखि भने तीजलाई खर्चिलो र भड्किलो हुनबाट बचाउने कुरामा आजै देखि सबै सरोकारवाला पक्ष प्रतिबद्ध होउ सबै नेपाली दिदिबहिनीहरूलाई नेपाली नारिहरूको महान एकताको चाड तीजको शुभकामना ।