सेक्स जीवनलाई धेरै राम्रो बनाउन र रोमान्स गर्नका लागि यसको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स धेरै फरक छ । आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ, जसलाई तपाईहरुले पनि सेक्सका दौरानमा बन्देज गर्नुहुने छ ।
१) आफ्नो लागि मात्रै सहज नहेर्नुस्, पार्टनरको च्वाइस पनि बुझ्नुस्ः सेक्सका दौरान आफूले चाँहेजस्तो मात्रै नगर्नुस् । पार्टनरको चाहनालाई पनि पूर्ण रुपले स्थान दिनुस् । यसो गर्दा तपाइको पार्टनरले सन्तुष्ट र आरामदायी महसुस गर्नेछिन् । वत्ति अन राख्ने वा निभाउने, कुन पोजिशन अपनाउने, सेक्स टोयको प्रयोग गर्ने वा नगर्ने यी सबै कुराका बारेमा आफ्नो पार्टनरसँग सल्लाह गर्नुस् ।
२) उत्तेजक कुरा नगर्नुस्ः सेक्सका दौरान महिलाहरु भावनात्मक सम्बन्ध राख्न चाहने बताइन्छ । तर, यथार्थमा उनीहरु ‘एक्शन’मा विश्वास गर्छन् । धेरै कुरा गरेर तपाई त आनन्द महसुस गर्नुहुन्छ तर, यो कुराले ध्यान भने परिवर्तन हुन्छ । भावनात्मक रुपमा नजिक हुन एक वा दुई शब्द भए पुग्छ बाँकी तपाईको एक्शनको आवश्यकता हुन्छ ।
३) पार्टनरलाई वेवास्ता नगर्नस्, भावनात्मक रुपमा नजिक हुनुस्ः शारीरिक रुपमा त तपाई आफ्नो पार्टनरलाई वेवास्ता गर्न सक्नुहुन्न । तर, उनलाई यो पनि महसुस गराउनुस् कि उनको भावनालाई तपाई वेवास्ता गरिरहनु भएको छैन् । उनको इच्छा, चाहना तथा प्रतिक्रियालाई सम्मान गर्नुस् र महसुस गराउनुस् कि उनी मात्रै एक हुन् जो तपाईलाई आवश्यक छ ।
४) तुरुन्त नुहाउनका लागि पार्टनरलाई एक्लै नछोड्नुस्ः सामान्यतया सेक्स गरिसकेपछि तपाईलाई नुहाउने इच्छा हुन्छ । तर, तपाई सेक्स गरिसकेपछि तुरुन्त नुहाउनका लागि बेडबाट उठ्नुभो भने यसबाट तपाईको पार्टनरमा गलत सन्देश जानसक्छ । बडी फ्लूड भलै इरिटेड गर्नसक्छ तर, पार्टनरलाई नराम्रो लाग्न सक्छ, त्यसैले यस्तो नगर्नुस् । यसको सट्टा आफ्नी पार्टनरसँग ‘शावर सेशन’मा जानसक्नुहुन्छ । जहाँ एकसाथ दुई काम हुनसक्छ ।
५) पुरुषोत्व शक्ति नदेखाउनुस्ः यो कुनै खेल होइन् र तपाईको पार्टनर तपाईको प्रतिद्वन्द्वी पनि होइन् जसमा तपाईले पहिला खेल खतम गर्न जरुरी छ । ती पललाई टिकाउ बनाउने कोसिस गर्नुस् ताकि पार्टनरले पूर्ण रुपमा सन्तुष्टि पाओस् । यदि तपाई शीघ्रपतनको सिकार हुनुहुन्छ भने आफ्नो ध्यान डाइभर्ट गर्नुस् । यसले तपाई लामो सम्बन्धमा समयसम्म टिकिराख्नुहुन्छ ।
–एजेन्सीको सहयोगमा