Author: Amrit Baskune

शुक्रबार काठमाडौंस्थित तीनकुनेमा राजावादी आन्दोलनकारीले आगो लगाएर पत्रकार हत्या र सञ्चारमाध्यममाथि आक्रमण गरेको विरोधमा म्याग्दी सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासङ्घ  म्याग्दी शाखाले शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि बिरेन्द्रचोकमा बिरोधसभा आयोजना गरेर  समाचार सङ्कलनकै क्रममा पत्रकार सुरेश रजकको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरुद्ध  विरोध प्रदर्शन गरेको हो । राजावादीको आन्दोलनमा पत्रकार रजकको हत्या र सञ्चारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ  । जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले भिडियो खिचिरहेको घरमा पूर्वराजाका सर्मथकहरूले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारवाहीको माग गरेका छन् । स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण…

Read More

अमृत बास्कुने हालसालै सकिएको स्वान्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित भएको म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको टोलीले पदस्थापन भन्दा पहिला नै क्याम्पस र विद्यार्थीको पक्षमा काम थालेका छन् । म्याग्दी क्याम्पसमा चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा निर्वाचित टोलीले अहिले विद्यालय स्तरको परीक्षा(एसइइ)को केन्द्र सञ्चालन भएको विद्यालयमै पुगेर विद्यार्थीहरुलाई शुभकामना दिनुका साथै कक्षा ११ पढ्नका लागि म्याग्दी क्याम्पसमा आउन आग्रह गर्ने गरेका हुन् । निर्वाचित भएर पदस्थापन समेत नभै सकेको अवस्थामा पनि स्ववियु टिमले क्याम्पसमा बिद्यार्थीको गन्तव्य बनाउन र बढाउनका लागि काम थालेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति संगम चोखालले जानारी दिनुभयो । उहाँले भन्नुभयो–‘म आफै नेतृत्व गरेर हरेक…

Read More

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा म्याग्दीको सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय अगाडी बिरेन्द्रचोकमा बिरोधसभाको आयोजना गरी शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र संचारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको हो । जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले भिडियो खिचिरहेको घरमा पूर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकहरूले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषी उपर कारवाहीको माग गरेका छन् । स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण गदैं परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ । सचिव ठाकुरप्रसाद आचार्यले सञ्चालन गरेको शोक…

Read More

म्याग्दीको मालिका गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा घरमा सुत्केरी हुनेको संख्या शून्य भएको छ । नेपाल सरकारको नीति अनुसार नै घरमा सुत्केरी हुनेको संख्या शून्य बनाउने अभियानमै रहेको समयमा मालिका गाउँपालिकामा चालु आर्थिक वर्षमा हाल सम्म कोही पनि महिला घरमा सुत्केरी भएका छैनन् । मालिका गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तु केसीका अनुसार पछिल्लो तीन वर्षको अवधिमा मेहनत गरेर घरमै सुत्केरी हुनेको संख्या जिरो पारिएको हो । हाल सम्मको अवस्था र स्वास्थ्यचौकीहरुको मेहनतले नै अधिकांश वर्थिङ सेन्टरमा जन्माउने वा सुविधा सम्पन्न अस्पतालमै सुत्केरी हुने बढाइएको हो । पछिल्लो दुई वर्ष हेर्दा घरमै सुत्केरी हुनेको संख्या १८ देखि ९ र…

Read More

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पर्ने चारवटा ठुला जोखिमयुक्त पहिरो नियन्त्रण, संरक्षण तथा व्यवस्थापन गर्न समस्या भएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी खण्डमा पर्ने चार ठुला पहिरो व्यवस्थापन गर्न करिब ३० करोड रुपियाँ बराबरको लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । आयोजनाले चालु आर्थिक वर्षमा चमेरे, सिरुबारी, गुइठेभिर र खामभित्ताको पहिरो नियन्त्रण योजना अघि बढाएको थियो । भौगोलिक जोखिमका कारण पहिरो नियन्त्रण गर्न नसकिने भन्दै एउटामा बाहेक अन्य तीनवटा पहिरो नियन्त्रण योजनाको ठेक्का नलागेको आयोजनाका इन्जिनियर विष्णु चापागाईले बताउनुभयो । उहाँका अनुसार रघुगंगा गाउँपालिका ३ चमेरेमा पहिरो नियन्त्रण योजनाका लागि मात्र तीन करोड रुपियाँमा ठेक्का सम्झौता…

Read More

अमृत बास्कुने पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका भित्रका हिंसा पिडीत महिलाहरुलाई एक दिने मनोपरामर्श तथा उत्प्रेरणा प्रदान गरिएको छ । ग्रामिण भेकमा हुन सक्ने हिंसा र त्यसका कारण तथा प्रकारका बारेमा सहजीकरण गर्ने हेतुले उक्त एक दिने तालिम तथा प्रशिक्षण आयोजना गरिएको थियो । गाउँपालिका भित्रका सात वटै वडाका हिंसा पिडीत महिलाहरुलाई सहभागी गराएर मनोपरामर्शका साथै उत्प्रेरणा दिइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुष्पा दवाडीले जानकारी दिनुभयो । ७ वटै वडाहरुबाट सहभागिता रहेको उक्त कार्यक्रममा हिंसाका प्रकार, हिंसा कसरी हुन्छ, हिंसा के लाई मान्ने जस्ता विषयमा सहजीकरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका असइ विक्रम तिवारीले हिंसा र यसका…

Read More

बेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । बिहीबार साँझा बेनी नगरपालिकाको परिसरमा बेनी आक्रमणको २१ औं वर्ष पुगेको अवसरमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी आक्रमणको २१ वर्ष पुग्दा पनि घाइते कृष्णलाल श्रेष्ठलाई राज्यले पीडितको सूचिमा राख्न नसकेको बताउनुभयो । आक्रमणमा धेरैले ज्यान गुमाएको भन्दै त्यस मध्ये धेरैको अझै पहिचान हुन नसकेको उहाँको भनाइ छ । केसीले भन्नुभयो – ‘२०६० चैत ७ गते तत्कालीन सशस्त्र युद्धरत माओवादीले गरेको जिल्ला सदरमुकाम आक्रमणको महसुस पुराना पुस्ताले मात्रै गर्न सक्ने छ, नयाँलाई त्यो थाहै हुँदैन, आक्रमणका क्रममा मृतकको शव सही व्यवस्थापन सर्न सकिएन, त्यो…

Read More

मगर समुदायको परम्परागत पुख्र्यौली नाचको संरक्षण गर्न पाका पुस्ताले युवालाई सिकाउन थालेका छन् । म्याग्दीको मालिका गाउँपालिका–५, जुग्जाका मगर समुदायले पुख्र्यौली नाच अन्तर्गत सोरठी भाका र मारुनी नाच संरक्षण र पुस्तान्तरण गर्न पुख्र्यौली नाच समूह गठन गरिएको छ । मगर समुदायमा सोरठी भाकामा नाचिने मादले–मारुनी नाच लोकप्रिय छ । हाम्रो मौलिक कलासंस्कृतिका रूपमा रहेको मारुनी नाच युवालाई सिकाउन समूह गठन गरी तालिम र प्रशिक्षण दिने गरिएको पुख्र्यौली नाच समूह जुग्जाका अध्यक्ष पतिराम शेरपुञ्जाले बताउनुभयो । समूहमा पाका र युवा गरी २८ जना आबद्ध छन् । पहिचानका रूपमा रहेको मौलिक कलासंस्कृति लोप हुन नदिन आफूले युवापुस्तालाई सिकाउन थालेको ७४ वर्षीय शेरपुञ्जाले …

Read More

सुनदेवी रसाइली निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड घाँसा शाखाले ३ दिने व्यवसायिक पुलफूल तालीम शुरु भएको छ । चैत ५ गते देखि सञ्चालित तालिम ७ गते सकिने छ । निर्धन उत्थान संस्थामा आवद्ध महिला दिदी बहिनीहरुको व्यवसायीक क्षमता अविबृद्धि र आय आर्जनगरी जीवनस्तर उकास्ने उद्देश्य अनुरुप तालिम आयोजना गरेको जनाइएको छ । उक्त तीन दिने तालिमको उद्घाटन गर्दै अन्नपुर्ण गाउँपालिका म्याग्दीका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले आफ्नो पालिकामा रहेका बिपन्न महिलाहरुलाई आयआर्जन र समृद्धिको मार्गमा अगाडी बढाउने पालिकाको नीति अनुरुप निर्धन उत्थान लघुबित्तले व्यवसायिक फलफुल खेति(विशेषत सुन्तला)को तालिम सञ्चालन गरेको बताउनु भयो । उहाँले विरुवा रोप्ने देखि हुर्काउने, काटछाँट…

Read More

म्याग्दी बहुमुखी क्याम्पस बेनीको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ । चैत ५ गते सम्पन्न निर्वाचनबाट क्षेत्री २८८ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री २८३ मतसहित सचिवमा विजयी हुँदा र अनेरास्ववियुकै अस्मिता भण्डारी २५२ मत लिएर कोषाध्यक्षमा विजयी हुनु भएको हो । सदस्यमा अनेरास्ववियुका अविजित शाही, नेविसंघका विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ प्रत्यक्ष तर्फ विजयी हुनु भएको म्याग्दी बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ । समानुपातिक तर्फ भने अनेरास्ववियुले २७७, नेविसंघ २४४, अखिल क्रान्तिकारी १४२ र अखिल नेपाल विद्यार्थी युनियन समाजवादीले १० मत प्राप्त गर्दा…

Read More