म्याग्दी, २१ भदौ – जिल्लाको बेनी नगरपालिका–७ निवासी सिद्धान्त क्षत्रीले आफ्नो ११औं वर्ष प्रवेशको जन्मदिनको अवसरमा सामाजिक क्षेत्रलाई सहयोग गरेका छन् ।
सोमबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा सामाजिक तथा मानवीय सेवामा खर्च गर्ने गरी क्षत्रीले कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था कमजोर भएकालाई उपचारबाट बन्चित रहने अवस्थाको अन्त्य गर्न कोषले सुरु गरेको अभियानलाई प्रभावकारी बनाउन पवित्र दिनको अवसरमा छोरालाई सहभागी गराएको क्षत्रीकी आमा रमिलाले बताईन् ।
‘कोषमार्फत भइरहेको कामका बारेमा उसको बाबालाई धेरै जानकारी छ । ‘उहाँले छोराको जन्मदिनको खर्चबाट परोपकारी कार्यमा सहयोग गर्न अनुरोध गरेपछि शिद्धान्तले सहयोग गरे’ उनले भनिन् ।
हाल रोजगारको सिलसिलामा अफगानिस्थानमा रहेका शेरबहादुर जिसीले समेत कोषको अभियानमा सहयोग गर्ने गरेका छन् । सदरमुकाम बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ६ मा अध्ययरत सिद्धान्तलाई सोही अवसरमा कोषको टिर्सट समेत उपलब्ध गराइएको थियो ।
कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्र कुमार केसीले कोषमार्फत गम्भीर प्रकृतिका विरामीहरुको उपचार भइरहेकाले मानवीय सेवाका लागि आर्थिक सहयोग गर्न अनुरोध गदैं अनावश्यक खर्चलाई कटौटी गरेर समाजलाई सन्देश दिने क्षेत्रमा सहयोग गर्दा त्यसले सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
शान्ति कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्पन्न भएको थियो ।
Previous Articleकृषि वन प्रणालीको विकास आजको आवश्यकता
Next Article यसकारण भए ई–रिक्सा बन्द