म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले पर्वतारोणका कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को सम्झनामा शोकसहित ८ औं म्याग्दी भलिबल कप सम्पन्न गरेको छ ।

म्याग्दी भलिबल कपमा सुदुर पश्चिम समाजले उपाधि जित्न सफल भएको छ भने पाथीभरा भलिबल क्लब उपबिजेता भएको मोना दक्षिण कोरियाका खेलकुद संयोजक अर्जुन भण्डारीले बताउनुभयो । प्रतियोगितामा महिलातर्फ मोना ए बिजेता र म्याग्दीकै मंगला गापा टिम द्धितिय भएको छ ।

पुरुष तर्फ २८ टिमको सहभागिता रहेको थियो भने महिलातर्फ ८ टिम सहभागि रहेकोमा सेमिफाइनलमा पुग्न सफल स्याङ्जा समाज र गुल्मी सम्पर्क समितिले सान्त्वना भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुष आशिष तामाङ, महिला पुनम तामाङ भएका थिए भने महिला र पुरुषको विधागत बिजेतालाई समेत पुस्कार वितरण गरिएको थियो ।

मोना दक्षिण कोरियाका अध्यक्ष दिनेश कार्कीले भलिबल खेलमार्फत नेपाली बिचको एकता र सहकार्य बलियो बनाउन सफल भएको बताउनुभयो । प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद सहित आभार प्रकट गरिएको थियो ।
