आज २०८२ साउन १६ गतेको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १६ गते शुक्रबार इस्वी सम्बत २ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष अष्टमी तिथि स्वाती नक्षत्र गद योग भकरण कर्कट राशीमा सूर्यधन भने तुला राशीमा । चन्द्रमा कर्कट राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा । कर्कट राशीमा सूर्य नारायण भ्रमण गरिरहनु भएको छ ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:- यो राशीमा हुनेहरुका लागि आजको दिन उत्तम दिखन्छ । मनमा शान्ति हर्षोल्लास हुनुका साथै असल मित्रहरुको भेटघाट हुनुका साथै राजसम्मान प्राप्ति हुने योग देखिन्छ ।
बृष:- यस राशीमा हुनेकालागि अकस्मात धन सम्पति प्राप्ति हुने योग देखिन्छ । मनमा प्रसन्नता र हर्षोल्लास होला ।
मिथुन:- राम्रो मानिसको संगतले गर्दा आफू भन्दा मान्यजनबाट ज्ञानार्जन गर्ने मौका मिल्न सक्ने योग देखिन्छ ।
कर्कट :- यो राशीमा हुने व्यक्तिहरुलाइ आजको दिन त्यती राम्रो देखिदैन । अनावश्यक कलझगडा हुन सक्छ । गौरीशंकर भगवानको आरधानाले सबै कुराहरुमा सुधार हुन सक्नेछ ।
सिंह:- आजको दिन ग्रह नक्षत्र अनुसार निक्कै राम्रो देखिन्छ । अकस्मात धन सम्पत्ति प्राप्ती होला ।
कन्या:- ग्रहनक्षत्र अनुसार आजको दिन त्यति राम्रो देखिदैन मनमा असन्तोष होला । लक्ष्मी माताको आराधना राम्रो हुनेछ ।
तुला:-धन सम्पती प्राप्ती हुने योग देखिन्छ । मनमा प्रसन्नता होला ।
बृश्चिक:- यो राशी हुनेहरुका लागि आजको दिन राम्रो छैन । संकट मोचन हनुमान जीको आराधनाले राम्रो होला ।
धनु:- मनमा सन्तोष सबै तिरबाट लाभै लाभ होला आफ्ना अधुरा कमहरु पनि सफल होलान् ।
मकर:- सबैखाले मानोइच्छाहरु पुरा हुनेछन् । आँटे ताकेका कामहरु पनि पुरा होलान् ।
कुम्भ:- तिर्थब्रत ग्न मन लाग्ला मन सत्कर्ममा लाग्ने छ । भगवानको सेवामा नै मन लाग्ला ।
मीन:- यस राशीलाइ आजको दिन उपयुक्त छैन । बिघ्नहर्ता गणेशजीको आराधना गर्नु राम्रो होला ।
