आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ साउन १७ गते सन २०२५ अगस्ट २ तारिख शुक्ल पक्ष प्रात; ६;१ बजे देखिनवमी तिथि शुभ योग परेकोछ। बाल करण कर्कट राशीमा सूर्यनारायण भ्रमण गरिरहनुभएको छ भने चन्द्रमा तुलाराशीमा देवगुरु मिथुन राशीमा हुनुहुन्छ । अस्तु ॐ नम; शिवाय यहाँहरुको दिन शुभ होस ।
आजको राशीफ
लमेष: राशी अनुसार आजको दिन मनमा प्रफुल्लता मिल्ने आफन्त र असल मित्रहरु सँग भेटघाट हुनुका साथै मान सम्मान प्राप्त होला।
बृष: मनमा प्रसन्नता हुनुकासाथै आँटे ताकेका कामहरु पुरा भइ हर्षोल्लास बढ्ला ।
मिथुन: सज्जन पुरुषको संगतले गर्दा सदबिचार आइ राम्रो ज्ञानार्जन गर्ने मौका मिल्ला।
कर्कट: अनावश्यक लफडामा फस्न सकिएला व्यर्थमा कल झगडा उत्पन्न होलादिनको शुरुआतमा नै भगवान गौरीशंकरको आराधना गर्नु राम्रोहुनेछ ।
सिह: यो राशीमा हुने व्यक्तीहरुकालागि दिन राम्रो छ । अकस्माद केही धन राशी प्राप्ती होला ।
कन्या: राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । मनमा असन्तोष होला भगवान गणेशजीलाइ दुवो र समीको पात चडाउनु राम्रो होला।
तुला: मनमा हर्षोल्लास हुनुका साथै केही धन सम्पति प्राप्ती होला।
बृश्चिक: राशी अनुसार आजकोदिन सफल र उत्तम छैन । तनाब बढ्न सक्ला हनुमान चालिसा पाठ अथवा हनुमान जी कोदर्शन गर्नु राम्रो होला ।
धनु: अधुरा कामहरु पुरा हुनुका साथै केही आर्थिक लाभ होला ।
मकर : आफ्नो लक्ष पुरा हुनुका साथै दिन हर्षोल्लासका साथ बित्ला ।
कुम्भ: सत्कर्म र सत बिचारको उदय होला । दिनदु;खीको सेवामा मन जाला ।
मीन: राशी अनुसार आजको दिन राम्रो देखिदैन । बिघ्नबाधा निवारणकोलागि गणेशजीलाइ आरधना गर्नु राम्रो होला ।
