आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १९ गते सोमबार इस्वी सम्बत ४ अगस्ट २०२५ श्रावण शुक्ल पक्ष दशमी तिथि ९:५५ बजे उप्रान्त एकादशी तिथि लाग्नेछ । अनुराधा नक्षत्र , योग ब्रह्म, ०७:४१ बजेपछि ऐन्द्र योग, करण गर, ०९:५५ बजेपछि वणिज, २२:४६ बजेउप्रान्त भद्रा । चन्द्रमा बृश्चिक राशीमा सूर्य सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन राम्रो छैन । दुख कष्ट पर्न सक्छ ।
बृष:– ग्रह नक्षत्र अनुसार आजको दिन बिशेष होला आफ्नो कार्यक्षेत्रबाट मान सम्मान पाइने सम्भावना देखिन्छ ।
मिथुन:–आफूले आँटेताकेको काम पुरा हुने योग बढेको देखिन्छ । लामो समयदेखि गुमेको धन पनि प्राप्त हुन सक्छ ।
कर्कट :– साधुसन्त र बिद्वान मानिसको संगतले गर्दा ज्ञान बृद्धि होला मन सत्कर्ममा लाग्ला ।
सिंह:– यो राशीलाइ आजको दिन राम्रो छैन । व्यर्थमा कलह झगडा पर्न सक्छ । भगवान गौरीशंकरको आरधना गर्नु राम्रो होला ।
कन्या:– आजको दिन निकै राम्रो देखिन्छ मनमा हर्षोल्लास हुनुका साथै धन सम्पति प्राप्ति हुने योग देखिन्छ ।
तुला:– मनमा अशन्तोष होला गरेका काम पुरा हुने छैन । भगवान शिवको आराधनाले राम्रो हुनेछ ।
बृश्चिक:– घरमा लक्ष्मीजीको आगमनले मन प्रसन्न होला । गरेका कामहरु पुरा हुन्छन् ।
धनु:– आजको दिन त्यती राम्रो छैन । हानी नोक्सान पुग्न सक्छ । भगवान शिवजीको आराधना गर्नु राम्रो होला ।
मकर:– राशी अनुसार आजको दिन अत्यन्त राम्रो देखिन्छ । केही धन सम्पत्तिको लाभ हुने योग छ ।
कुम्भ:– मनोइच्छा पुरा हुनेछन् । आफूले गरेका कार्यहरुमा सफल हुँदा मन प्रफुल्ल होला ।
मीन:– मन धर्मकर्म तिर जाला । दिवालय तिर्थस्थल घुम्न र दर्शन गर्न मन जाला ।
