भदौ २१ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा साढे १२ लाख रुपैंयाँ भन्दा बढी खुद मनाफा कमाएको छ । उक्त कुरा संस्थाको १८ औं वार्षिक साधारणसभामा जनाइएको थियो ।
सहकारीले आर्थिक वषृ २०८१।०८२ मा दुई करोड ७५ लाख १० हजार सात सय ८८ रुपैंयाँ आम्दानी र दुई करोड ६१ लाख १६ हजार सात सय ५२ खर्च गर्दा खुद मुनाफा १२ लाख ५४ हजार ६ सय ३३ रुपैंयाँ भएको हो । सहकारीका अध्यक्ष गोविन्द पौडेलको प्रगति प्रतिबेदन अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी एक करोड ८५ लाख ९३ हजार दुई सय २४ रुपैंया रहेको छ । दुई करोड ४९ लाख ७२ हजार पाँच सय शेयर पुँजी रहेको सहकारीको निक्षेपमा नौ करोड ४७ लखा ५७ हजार चार सय छ रुपैंया रहेको छ ।
सहकारीले आर्थिक वर्ष २०८०।०८१ मा नौ करोड ३३ लाख ५८ हजार सात सय ८१ रुपैंयाँ ऋण लगानी गरेकोमा गत आर्थिक वर्षमा लगानी बढेर नौ करोड ७० लाख ४८ हजार सात सय ५५ रुपैंया पुगेको छ ।
सहकारीले एक लाख ९ हजार लिटर दूध कृषकहरुबाट खरिद गरेर बजारीकरण गर्दा सम्पूर्ण खर्च कटाएर ८० हजार चार सय ७४ रुपैंयाँ खुद मुनाफा गरेको सहकारीका दूग्ध संयोजक कोपिलाल पौडेलले जानकारी दिनुभायो । सहकारीले निकट भविष्यमा संस्थाको आफ्नै ब्राण्डमा दूधको प्याकेजिङ तथा मिठाइ उत्पादन गरी व्यवस्थीत ढंगले विक्री बितरण गर्ने योजना बनाएको उहाँको भनाई थियो ।
दूग्ध संकलन तथा विक्री बितरण तर्फ पाँच जना र कार्यालय सञ्चालन तर्फ छ जना गरी कुल ११ जनालाई सहकारीमा रोजगारी सृजना भएको संस्थाका सचिव देवेन्द्र बानियाँले जानकारी दिनुभयो ।
साधारणसभामा उत्कृष्ट ऋणी तर्फ सुन्तली खत्री, उत्कृष्ट बचतकर्ता तर्फ सांकेतीक भाषा खाजा घरका सञ्चालक अमृत शर्मालाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिक तीन हजार छ सय टिलर भन्दा धेरै दूध सहकारीमा बिक्री गर्ने यामबहादुर खत्री, चिन्तामणी सुवेदी, काशिनाथ पौडेल, नर्मता पौडेल र कोपिलाल पौडेललाई पनि सम्मान गरिएको थियो । त्यस्तै सहकारीमा संकलित दूधको बजारीकरणमा सहयोग गर्ने बिजुन चोखाल र जेष्ठ कृषक नरबहादुर रोकालाई समेत सम्मान गरिएको सहकारीका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा बेनी नगरपालिका ४ का वडा अध्यक्ष अणबहादुर खड्काले वडामा करिब एक हजार घरधुरी रहेको भए पनि सय भन्दा कम घरधुरीबाट मात्रै दूध संकलन हुनु दुखद् भएको बताउनुभयो । उहाँले वडामा भएको कुल नौ सय ३७ घरधुरी हुदै गर्दा हरेकले गाइ भैसी पालेकै छन् तर ५ सयले पनि सहकारीमा दूध बिक्रीका लागि नल्याउनुको कारण खोजी हुन पर्नेमा उहाँको जोड थिया । उहाँले सिंगालाई दूधको कचौराका रुपमा विकास र प्रचार गरिनु पर्ने तर्क थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुवास रेग्मीले आफ्नो र पशुको समेत जिउधनको रक्षाका लागि पूर्ण खोप र बिमालाई अनिवार्य गर्नु पर्ने तर्क गर्नुभयो । उहाँले विश्वका हरेक मुलुकमा खोप बिनाका पशुबाट उत्पादन हुने कुनै पनि खाद्य वस्तु प्रयोग नगरिने भएकाले खोपलाई महत्वका साथ कार्यन्वयन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष इश्वरसिंह केसी, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक लोकनाथ पौडेल, बालमन्दीर आधारभूत विद्यालयका प्रअ रामप्रसाद पौडेल, बास्कुना कृषि सहकारीका अध्यक्ष तिलक गुरुङ, दूग्ध व्यवसायी कोषानन्द आचार्य, चेतना मुलक महिला विकास सहकारीका अध्यक्ष धनकुमारी खत्री लगायतले बोल्नु भएको थियो ।
सहकारीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव देवेन्द्र बानियाँले गर्नुभएको थियो ।
