सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
म्याग्दी नेपाल साप्ताहिक २०८२ कार्तिक २१ गते Myagdi Nepal Weekly (7-15) 2082-07-21
म्याग्दी नेपाल साप्ताहिक २०८२ कार्तिक १६ गतेको पत्रिका हेर्न यहाँ क्लिक गर्नुहोस । Myagdi Nepal Weekly (7-16) 2082-07-28
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिक्षकहरुमा पनि गुणस्तर खोज्नु पर्ने धारणा राख्नु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक पुर्व समिक्षा तथा अन्तरक्रियामा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । २०८२ पुस २ गते बागलुङमा आयोजना गरिएको कार्यक्रममा खड्काले धेरै माध्यमिक विद्यालयमा दरवन्दी नै नभएको र शिक्षकहरु सामान्य कम्प्युटरको किबोर्ड सम्म चलाउन नसक्ने अवस्थाको सम्म रहेको बताउनुभयो । उहाँले बिद्यार्थीले गुणस्तरीय शिक्षा पाउनु पर्ने तर्फ कुरा गर्नु पर्दा शिक्षकको क्षमता परिक्षण पनि जोडिनु पर्ने बताउनुभयो । उहाँले बागलुङ नगरपालिका भित्र शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयहरुमा पनि छात्राबास राख्ने तयारी थालिएको बताउनुभयो । पहिलो…
बेनीको लिटल गार्डेन एकेडेमीले मंगलबार २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै जिल्ला समन्यव समितिका उपप्रमुख डिलकुमारी खत्रीले नेपालको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउनुभयो । उहाँले लिटिल गार्डेन एकेडेमीले जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै यस कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो । रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले २२ वर्षको दौरानमा लिटिल गार्डेनले शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभयो । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाईजेशन (प्याब्सन) म्याग्दीका सचिव सन्दिप खत्रीले नेपालको समग्र…
म्याग्दी जिल्लाका साहित्यकार अजयमिलन श्रेष्ठ ‘डिल्लीराधा पुरस्कार’द्वारा सम्मानित हुनुभएको छ । कुश्मा बजारस्थित पर्वत साहित्य सङ्गमले स्थापना तथा व्यवस्थापन गरेका विभिन्न पुरस्कारहरूबाट धौलागिरि क्षेत्रका साहित्यकार तथा कला सर्जकहरूलाई दुई वर्षको अन्तरालमा सम्मानित गर्ने शिलशिलामा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली भाषा, साहित्य, कला, शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सर्जकहरूलाई सम्मान एवम् पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा श्रेष्ठ लगायत राजेन्द्र पहाडी, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, गोविन्दप्रसाद भुसाल, सरस्वती शर्मा ‘जिज्ञासु’, लक्ष्मीप्रसाद शर्मा पौडेल, जगन्नाथप्रसाद लम्साल, मछिन्द्रप्रसाद शाक्य र सुशील थकालीलाई संस्थाको नीति बमोजिम नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कुश्मास्थित नमुना आवासीय…
पोखरा । विगत ७ वर्ष देखि नियमित हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हुँदै आएको हाइकिङ भाग ६५ तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ को हर्षपुरमा सम्पन्न गरेको छ । स्थानिय बालकुमार श्रेष्ठ सहितको स्थानिय आमा समुहले हर्षपुर डाँडागाउको भ्युटावरमा पञ्चेवाजा वजाएर हाइकर्स समुहलाई स्वागत गरेका थिए । समुहलाई स्वागत गर्दै पर्यटन वजारमा वामे सर्दै गरेको हर्षपुरलाई आफ्नो यात्राको गन्तव्य वनाएकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिर्दै हर्षपुर गाउँको व्यापक प्रचारप्रसार गर्न अनुरोध गरेका थिए । साथै केहि वर्ष देखि गाउँमा होमस्टे संचालन सुरु गरेपछि आन्तरिक पर्यटनको वृद्धि हुनुका साथै पक्कि बाटो गाउँले पाएको अनुभव…
कलाकार सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जालमा हाम्रो बकपत्र भनेर लामो बिचार लेख्नु भएको छ । उहाँले आफूले गरेका कामहरु र गौतमबुद्ध रंगशालाका बारेमा डिटेल लेख्नु भएको छ । उहाले लेख्नुभएको सामाजिक सञ्जालको बिचार जस्तातको तस्तै हेर्नुहोस । हाम्रो बकपत्र आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु । देश निर्माणमा थोरै भए पनि योगदान पुर्याउ पवित्र इरादा बोकेर २०७२ सालको महाभुकम्पको बेला कार्यक्रमको शिलशिलामा अमेरिकामा भएका हामी सम्पुर्ण कार्यक्रमहरु रद्ध गरेर नेपाल फर्केर निरन्तर सामाजिक कर्ममा होमिएको यहाँहरु सबैमा सर्वविधितै छ । समाजसेवाको पवित्र उदेश्य बोकेर काम गर्दा पनि पछिल्लो पाँच वर्षमा हामीले धेरै लान्छना खेप्यौं । अकल्पनीय भुक्तमान भोग्यौं । हामीविरुद्ध अनेकन अफवाह…
नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश कार्य समितिले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा म्याग्दी सचिव करण कँडेललाई सम्मान गरेको छ। देव सुमन उत्तराखण्ड विश्वविद्यालयबाट M.Sc. Agronomy विषयमा ७१.४६% अंकसहित उच्चतम् शैक्षिक योग्यता हासिल गरेकोमा कँडेललाई शैक्षिक पुरस्कार–२०८२ अन्तर्गत नगद रु. ५,५५५ सहित सम्मान–पत्र प्रदान गरिएको हो। “हाम्रो अभियान : अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने नारासहित आयोजित कार्यक्रममा प्रतिभावान युवाहरूलाई हौसला दिने उद्देश्यले यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। सम्मान पत्र प्रतिष्ठानका सचिव रामजी पौडेलले प्रदान गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व अध्यक्ष प्राज्ञ प्रजापति पराजुली तथा अध्यक्ष राजन कार्कीको विशेष उपस्थिति रहेको थियो।…
अखिल नेपाल महिला संघ म्याग्दीले महिला हिंसाको अन्त्यका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने माग गर्दै विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएको छ । अनेम संघ म्याग्दीकी अध्यक्ष यशुदा रोकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय महिला आयोगको अध्यक्ष, गृह मन्त्री र राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको हो । महिला हिंसा निवारणका लागि ठोस कदम चाल्नु पर्ने माग गर्दै बुझाइएको ज्ञापनमा देशमा वार्षिक झण्डै २० हजार हाराहारी हिंसाका घटनाहरु हुने उल्लेख छ ।नेपालमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरु सार्वजनिक भइरहेको अवस्था उल्लेख छ । जिम्मेवार पदमा रहेका समेत हिंसाका घटनाहरुमा संलग्न भएको घटनाहरु सार्वजनिक हुनाले नेपाली समाजलाई नै…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका