नेकपा एमाले बेनी नगरपालिका कमिटीको बिस्तारीत बैठकले आम निर्वाचन लक्षित गरेर विभिन्न समितिहरु गठन गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन लक्षित गरेर बेनी नगर कमिटीका अध्यक्ष दुई ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै सचिव भोजबहादुर रिजालको संयोजकत्वमा सचिवालय व्यवस्थापन कमिटी गठन गरेको छ । त्यसैगरी आर्थिक परिचालन कमिटीमा उपसचिव सुनिता केसीको संयोजकत्वमा गठन गरेको छ । उपसचिव सचिव बिबेक हमालको संयोजकत्वमा युवा परिचालन कमिटी गठन गरेको नगर कमिटी अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
नेकपा एमाले म्याग्दीको कार्यालय हाँडेभिरमा भएको बिस्तारीत बैठकमा आगामी ६ गते भन्दा पहिल्यै १० वटै वडाको विस्तारीत बैठक बस्ने समेत निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला कमिटीका सल्लाहकार परिषद् अध्यक्ष रामप्रसाद सुवेदी, जिल्ला सदस्य टेकबहादुर रावल, आम निर्वाचनका लागि प्रस्तावित उम्मेदवारहरु पशुपति शाही, प्रकाश पौडेलले बोल्नु भएको थियो ।
नगर सचिव भोजबहादुर रिजालको सञ्चालनमा भएको बैठकमा अध्यक्ष बेलबहादुर कटुवालले एजेण्डा प्रस्तुत गर्नुका साथै स्वागत गर्नुभएको थियो ।
