नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचचन केन्द्रित गरेर जिल्लाको अन्नपुर्ण र धवलागिरी गाउँपालिकामा बिस्तारित बैठक सम्पन्न गरेको छ ।
धवलागिरीमा भएको बिस्तारीत बैठकले पालिका अध्यक्ष प्रगति कार्कीको सयोजकत्वमा 151 सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यसैगरी तेजेन्द्र थापाको संयोजकत्वमा स्वंसेवक परिचालन कमिटी र सुवादेवी पुर्जाको संयोजकत्वमा आर्थिक कमिटी गठन गरेको छ । त्यसैगरी जित गर्बुजाको संयोजकत्वमा प्रचार कमिटी र अदन मल्लको संयोजकत्वमा सचिवालय कमिटी गठन गरेको छ ।
बैठकले सबै वडामा वडा कमिटी बैठक गर्ने र योजना बनाउने निर्णय गरेको अध्यक्ष प्रगति कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी अन्नपुर्ण गाउँपालिकामा अध्यक्ष धन कुमार पुर्जाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन परिचालन कमिटी प्रचार प्रसार कमिटी आर्थिक परिचालन कमिटी स्वंसेवक परिचालन कमिटी गठन गरेको छ । निर्वाचनलाइ शान्तिपुर्ण बनाउनका लागि र आफ्ना उम्मेदवार जिताउने अभियान नै पालिका कमिटीको लक्ष्य रहेको अध्यक्ष पुर्जाले बताउनुभयाे ।

