नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको बिस्तारति बैठक बिहीबार मौवाफाँटमा सम्पन्न भएको छ । गाउँपालिका कमिटीले आयोजना गरेको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । गाउँपालिका कमिटी अध्यक्ष अध्यक्ष झलक शर्मा आचार्यको अध्यक्षतामा भएको बिस्तारीत बैठकले अगामी फागुन २१ गते हुने निर्वाचन केन्द्रीत रहेर विविध कार्य गर्ने निर्णय गरेको छ । सोही बैठकले अध्यक्ष झलक शर्माको संयोजकत्वमा १२१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै आर्थिक परिचालन तथा संकलन सकमिटीको सयोजक मनोज खत्रीलाई तोकेको छ । प्रचार प्रशार कमिटीको संयोजक रामजी सुवेदी, जनपरिचालन कमिटी संयोजक गाउँपालिका कमिटीका उपसचिव अमृत भण्डारी चयन हुनु भएको छ ।
त्यस्तै २१ फागुनमा हुने निर्वाचनमा गाउँपालिकामा चुस्त रुपमा सम्पन्न गर्नका लागि सचिवालय व्यवस्थापन समितिको संयोजकमा निलकण्ठ सुवेदीलाई तोकिएको छ । गाउँपालिकको बिस्तारीत बैठकल आगामी माघ ६ गते भित्र गाउँपालिकाका सबै वडाको विस्तारीत बैठक गरि सक्ने निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
बिस्तारीत बैठकमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य देवेन्द्र बहादुर केसी, जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अनेरास्ववियुका पूर्व केन्द्रीय सचिव प्रकाश पौडेल लगायतले बोल्नु भएको थियो । उपसचिव अमृत भण्डारीले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका कमिटी अध्यक्ष शर्माले एजेण्डा प्रस्तुत तथा स्वागत गर्नुभएको थियो ।
