आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
आज मिति बिक्रम सम्बत २०८२ पौष २४ गते तदनुसार इस्बी सम्बत २०२६ जनावरी ८ तारिख बिहीवार, माघ कृष्णपक्ष पञ्चमी तिथि, १०ः२७ बजेपछि षष्ठी। पूर्वफाल्गुनी नक्षत्र, १६ः२८ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरुमा सफलता मिल्ने छ । नयाँ कुराहरु सिक्ने अवसर मिल्नुका साथै असल व्यक्तिको संगतले आफ्नो जीवनमा नयाँ परिवर्तन भएको महशुषा हुने देखिन्छ । व्यापार ब्यवसायका दृष्टिकोणले पनि निकै उन्नती प्रगति हुने योग बनेको छ ।
बृष:– राशी अनुसार आजको दिन राम्रो छैन । सावधानी अपनाउनु होला । व्यर्थमा कलह झगडा मुद्दा मामला पर्न सक्नेछ । खराब साथीभाइहरुको सत्संगतले गलत मार्गमा लाग्न सक्ने सम्भावना देखिन्छ । आर्थिक रुपमा लाभ भन्दा खर्च बढी हुने देखिन्छ । भगवान गौरीशंकरको आराधना गर्नु दिन शुभ रहनेछ ।
मिथुन:– राशी अनुसार चन्द्रमा धन र सम्पत्तिको कारक बनेर आएको हुनाले आजको दिन उत्तम रहेको छ । आफूले गरेका कार्यमा र गरिने कार्यमा पनि सफलता मिल्ने योग बनेको देखिन्छ ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नति प्रगति हुने देखिन्छ ।
कर्कट :– समय उत्तम रहेको छ । आफूले गरेका कार्यक्षेत्रमा लगनशिल दत्तचित्त र इमान्दारिता भएर लाग्नाले मनमा सन्तोष एवम् आनन्दानुभुति प्राप्ति होला । ब्यापार व्यवसायमा पनि उल्लेख्य उन्नति प्रगति हुने योग बनेको छ ।
सिंह:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । श्रीप्राप्तीको योग बनेको हुनाले घरमा लक्ष्मीजीको कृपाले धनसम्पत् हुने देखिन्छ । व्यापार व्यवसायमा पनि राम्रो उन्नती प्रगति हुने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु पनि पुरा हुने छन् । आर्थिक रुपमा पनि निकै उन्नती प्रगति होला ।
कन्या:– आजको दिन त्यति राम्रो छैन । सावधानी अपनाउनु होला १२ औं चन्द्रमा सदासर्वता हानि नोक्सानीको कारक बनेर आउने भएको हुनाले हानी नोक्सानी निवारणको लागि संकटमोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
तुला :– समय र भाग्यले साथ दिएको आजको दिनमा जुनसुकै क्षेत्रबाट पनि उन्नती प्रगति हुने योग बनेको छ । सामाजिक धार्मिक राजनीतिक बौद्धिक शैक्षिक व्यापार व्यवसाय लगायतका क्षेत्रबाट आर्क रुपमा निकै फड्कोमार्ने देखिन्छ ।
बृश्चिक:– आफ्नो कार्यक्षेत्रबाट मनका इच्छा आकांक्षाहरु पुरा हुने योग बनेको छ । ब्यापार व्यवसाय रोजगार सरकारी जागिर कुनै पनि पेशामा आफूलाइ अब्बल सफल हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । कुनै धार्मिकक्षेत्र तिर्थाटन गर्ने अवसर मिल्ने छ । मन धार्मिक र सामाजिक सेवामा रमाउने देखिन्छ । साथिभाइ इष्टमित्रहरुको पनि साथ सहयोग रहनेछ । आफ्नो कार्यक्षेत्रबाट पनि उल्लेख्य उन्नति प्रगति हुने देखिन्छ ।
मकर:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा दुख कष्टको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । कुनै कार्यको थालनी गर्ने सोच हुनुहुन्छ भने बिचार गरेर मात्र अगाडी बढ्नु होला । बिघ्नहर्ता गणेशजीको आराधना गर्नाले दिन शुभ रहनेछ ।
कुम्भ:– आजको दिनमा समय र भाग्यले निकै साथ दिएकोले आफूले गरेका र गरिने कार्यमा सफलता मिल्ने योग बनेको देखिन्छ । व्यापार व्यवसाय राजनीतिक प्रशासनिक क्षेत्रबाट पनि आर्थिक लाभ हुनुका साथै मान सम्मान प्राप्ती हुने योग बनेको छ ।
मीन:– आजको दिन उत्तम रहेको छ । लामो समयदेखि अल्झिएर रहेका अधुरा कार्यहरु छन् भने आजको दिनमा ती कार्यहरु अवश्यपनि पुरा हुने योग बनेको देखिन्छ । साथी भाइ इष्टमित्रहरुको पनि साथ सहयोग रहनेछ । व्यापार व्यवसायमा पनि राम्रो हुने योग बनेको छ ।
