आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको २५ गते शुक्रबार तदनुसार इस्वी सम्बत ९ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु षष्ठी तिथि १०:४० बजे पछि सप्तमि तिथि । उत्तरफाल्गुणी नक्षत्र १७:२२ बजे पछि हस्ता नक्षत्र । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– लामो समयदेखि रोकिएर रहेकाकामहरु छन् भने आजको दिनमा ती कामहरु अवश्यमभेव पुरा हुने देखिनेछ । साथिभाइ इष्टमित्रहरुबाट पनि साथ सहयोग हुनुका साथै व्यपार व्यवसायमा पनि निकै उन्नती प्रगति हुने योग बनेको देखिन्छ ।
बृष:– सात्विक बिचारको उदय हुनुका साथै ज्ञानगुनका कुरा सिक्ने अवसर मिल्ने देखिन्छ । व्यापार व्यवसायमा पार्टनरसिप वैदेशिक रोजगारी आदी क्षेत्रबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
मिथुन:– राशी अनुसार आजको दिन राम्रो छैन । सावधानी अपनाउनु होला । व्यर्थमा कलह झगडा वादविवाद पर्न सक्छ । कष्टजन्य निवारणको लागि बिघ्नहर्ता गणेशजीको आराधना गर्नु यहाँके दिन शुभ हुनेछ ।
कर्कट :– समय उत्तम रहेको छ । लक्ष्मीजीको कृपाले धन सम्पत्ति आगमन हुने योग परेको छ । अकस्माद धनसम्पति हात लाउने देखिन्छ । व्यापार व्यवसाय उद्योग कलकारखाना आदि लगायतको क्षेत्रबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
सिंह:– आफूले भने र सोचे जस्तो हुने भएको हुनाले मनमा सन्तोष मिल्ने देखिन्छ । बौद्धिक शैक्षिक राजनीतिक क्षेत्रबाट पनि आर्थिक रुपमा निकै उन्नती प्रगति हुने योग परेको छ । व्यापार व्यवसायमा पनि राम्रै हुने छ ।
कन्या:– व्यापार व्यवसाय कृषि कलाकारीता पत्रकारिता लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगतिहुने योग बनेको देखिन्छ । कृषि पशुपालन शैक्षिक बौद्धिक राजनीतिक क्षेत्रा पनि मार्ग फराकीलो भएर उन्नतीको मार्गमा अगाडी बढ्ने देखिन्छ ।
तुला :– राशी अनुसार आजको दिन राम्रो छैन १२ औं चन्द्रमा सदासर्वता हानी नोक्सानीको कारण बनेर आउने भएको हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ । भगवान गौरीशंकरको आराधना गर्नु यहाँको दिन शुभ रहने छ ।
बृश्चिक:– राशी अनुसार ११ औं चन्द्रमा सुभलाभ प्रदकारक बनेर आउने भएको हुनाले व्यक्तिलाइ आर्थिक पक्षमा अब्बल र सफल बनाउने योग परेको देखिन्छ । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने योग बनेको छ ।
धनु:– आफुले गरेका कार्यहरुमा सफलता मिल्ने योग बनेको छ । कुनै पनि नविन कार्यबाट दिनको सुरुआत गर्ने सवचमा हुनुहुन्छ भने कार्यको आरम्भ गर्नु सफल भइने छ । नयाँनयाँ कार्य र नयाँनयाँ सोचले अगाडी बढ्न सकिन्छ । व्यापारमा पनि राम्रो हुनेछ ।
मकर:– समय राम्रो छ । उत्तम कार्यमा मान रमाउने देखिन्छ । नया तिर्थस्थल तिर्थाटन गर्ने मौका जुर्न सक्नेछ । व्यापार व्यवसायबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
कुम्भ:– राशी अनुसार ८ औं चन्द्रमा राम्रो छैन । दुख कष्टको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ । दुख कष्ट निवारणको लागि संकट मोचन हनुमान जीको आराधना गर्नु दिन शुभ रहनेछ ।
मीन:– असल कर्मले आफ्नो कार्यक्षेत्रबाट बिशेष लाभदायक बनेको देखिन्छ । आर्थिक रुपमा उन्नती प्रगति हुनुका साथै मान सम्मान प्राप्ति होला आँटेताकेका कार्यहरु सफल होलान् । ब्यापार व्यवसायमा पनि राम्रै होला ।
