प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन(पिपिएलए) गण्डकी प्रदेशको दोश्रो पूर्ण बैठक म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा शनिबार सम्पन्न भएको छ ।
प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको व्यवस्थापनमा तातोपानीमा बैठक सम्पन्न भएको पिपिएलए म्याग्दीका अध्यक्ष अधिवक्ता दिपक कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार विष्णुभक्त सिग्देलको सञ्चालनमा भएको कार्यक्रमको पिपिएलए गण्डकी प्रदेश अध्यक्ष कमल अर्यालले अध्यक्षता गर्नुभएको थियो ।

बैठकमा केन्द्रीय सदस्य राम शर्मा, प्रदेश सदस्य ममतादेवी शर्मा, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले मन्तव्य राख्नु भएको थियो । पिपिएलए गण्डकी प्रदेश उपाध्यक्ष राजु गौतमले समन्वय तथा व्यवस्थापन गर्ने म्याग्दी जिल्ला कमिटीलाई धन्यवाद दिनुभएको थियो । पिपिएलए म्याग्दीका अध्यक्ष दिपक कार्कीले कार्यक्रममा सुझाबपत्र पेश गर्नुभएको थियो ।
