आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ चैत महिनाको १ गते आइतबार तदनुसार इस्वी सम्बत २०२६ मार्च १५ तारिख । दक्षिणायन शिशिर ऋतु एकादशी तिथि। श्रवण नक्षत्र। चन्द्रमा धनु राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१६ सूर्यस्त बेलुका १८:१२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय आफ्नो अनुकुल रहेको छ । आजको दिनमा गरेका कार्यहरुमा सफलता मिल्ने योग बनेको देखिन्छ । ब्यापार व्यवसाय कृषिका क्षेत्रबाट पनि उल्लेख्य लाभ हुने छ ।
बृष:– मन धार्मिक आध्यात्मिक सामाजिक क्षेत्रमा रमाउने देखिन्छ । अधुरा कार्यहरु पनि आजको दिनमा सफल हुने छन् । रोजगारका क्षेत्रमा होस या ब्यापार व्यवसायका क्षेत्रमा पनि समयले साथ दिएको छ ।
मिथुन:– आजको दिन त्यती राम्रो देखिदैन । बिचार पुर्याएर कार्यको आराम्भ गर्नु होला । दिन भय र त्रासमा बित्ने देखिन्छ । दुख कष्ट निवारणको लागि संकट मोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
कर्कट :– आफ्नो कार्य क्षेत्रमा लगनशिल र इमान्दारीताले गर्दा गरेका कार्यबाट जस मिल्ने योग बनेको देखिन्छ । आफूले आँटेका र सोचेका कार्यमा सफलता मिल्नेछ साथै मान सम्मान प्राप्ती होला ।
सिंह:– इच्छा अनुसारको आर्थिक लाभ हुने योग बनेको छ । आफन्त इष्टमित्रहरुको पनि साथ सहयोग रहने छ । ब्यापार व्यवसायमा पनि राम्रै उन्नती हुने योग बनेको देखिन्छ ।
कन्या:– ज्ञान र बुद्धिको उदय हुनुका साथै असल व्यक्तिहरुको सत्संगत गर्ने अवसर मिल्ने छ । मनका इच्छा आकांक्षाहरु पनि पुरा हुने छन् । ब्यापार व्यवसायमा कृषि लगायतका क्षेत्रबाट होस या कलाकारिता पत्रकारिता शैक्षिक र बौद्धिक क्षेत्रबाट पनि सफलता पाइने योग बनेको देखिन्छ ।
तुला :– राशी अनुसार आजको दिन त्यति राम्रो छैन । सावधानी अपनाएर कार्यको आरम्भ गर्नु होला । व्यर्थमा वादविवाद कलह झगडा हुने योग बनेको छ । गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ रहनेछ ।
बृश्चिक:– समय अनुसार भाग्यले पनि साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुने योग बनेको छ । आफन्त इष्टमित्रहरुले पनि साथ सहयोग गर्नेछन् । व्यापार व्यवसायमा पनि उल्लेख्य उन्नति प्रगति हुने देखिन्छ ।
धनु:– मनमा सन्तोष रहनेछ । मनोइच्छा र चाहना पनि पुरा हुँदै जानेछन् । शैक्षिक बौद्धिक राजनीतिक षेत्रबाट पनि गुणोत्तर बिद्धि हुने देखिन्छ । आर्थिक रुपमा लाभ हुने देखिन्छ ।
मकर:– घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । आफ्ना अधुरा कार्यहरु पनि आजको दिनमा पुरा हुनेछन् । ब्यापार व्यवसायमा पनि राम्रो हुनेछन ।
कुम्भ:– राशी अनुसार १२ औं चन्द्रमा सदासर्वदा हानिकारक बनेर आउने भएको हुनाले आजको दिनमा सावधानी अपनाएर कार्य गर्नु होला । बिघ्नहर्ता गणेशजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
मीन:– समयले साथ दिएको देखिन्छ । आफूले गरेका आँटेका कार्यहरु सफल हुने योग बनेको देखिन्छ । आर्थिक रुपमा पनि परिवर्तन ल्याउने छ । ब्यापार व्यवसायबाट पनि राम्रो हुने छ । आफन्तहरुबाट पनि साथ सहयोग रहनेछ ।
