म्याग्दी, १४ भदौ – जिल्लामा कृषि उपज निकासीबाट एक वर्षको अवधिमा तेत्तिस करोड रुपैया भन्दा बढी नगद भित्रीएको छ । गत आर्थिक वर्ष २०७२ र ७३ मा म्याग्दीका कृषकले आठ हजार १ सय ५९ मेट्रिक्टन कृषि उपज निकासी गरेर ३३ करोड ४६ लाख ४५ हजार रुपैयाँ नगद भित्राएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार राम्चे, हिस्तान, शिख, घार लगायतका गाविसमा उत्पादन भएको १९ करोड ३९ लाख छ हजार रुपैया बराबरको चार हजार ७ सय १८ मेट्रिक्टन आलु निकासी भएको छ । बास्कुना, मरेक, बरंजा, देविस्थान, बिम, दोसल्ले, घार, भुरुङ तातोपानी, नारच्याङ, दानाबाट छ करोड ७२ लाख २ सय ५ रुपैया बराबरको एक…
Author: Amrit Baskune
गैरदलितका बालबालिकाहरु निजी बिद्यालयमा बागलुङ, १४ भदौ – जिल्लाको मल्मस्थित एक बिद्यालयमा दलित बिद्यार्थीहरुले मात्र अध्ययन गरिरहेका छन् । आर्थिक रुपमा सम्पन्न मल्म सिरबारेका गैरदलितहरुले आफना बालबालिकाहरुलाई निजी बिद्यालयमा लैजान थालेपछि मल्मको सिरबारे प्राथमिक बिद्यालय दलितमय बनेको हो । गाउँमा १९ घरपरिवार गैरदलित भएपनि अंगे्रजी माध्यमको आकर्षणले गर्दा बिद्यार्थीहरु निजी बिद्यालयमा पढाउने गरेका हुन । ३ कक्षासम्म पढाई हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत छन् । आर्थिक अवस्था कमजोर भएका र गाउँ नजिक विद्यालय नहुँदा शैक्षिक रुपमा पछाडि परेको भन्दै स्थानिय दलित समुदाय र गैरदलितहरुको संयुक्त पहलमा २०५३ सालमा बिद्यालय स्थापना गरिएको बिद्यालयका प्रध्यानाध्यपक कल्पना गौतमले बताइन् । विद्यालयको अवस्था समेत नाजुक छ । दुई…
बागलुङ, १४ भदौ – जिल्लाको नरेठाँटीको तोरीखोला गाउँ टमाटर खेतीमा आत्मनिर्भर बनेको छ । २०६९ सालसम्म बजारबाट टमाटर किनेर खाने गरेका उक्त गाउँका कृषकहरु यतिबेला टमाटर खेतितर्फ आकर्षित बनेका हुन् । गलकोटका सबैजसो ठाउँमा उत्पादन राम्रो भएपछि तोरीखोलाका कृषकहरुले ब्यवसायिक टमाटर खेती गरेका छन् । टमाटर खेतीबाटै नरेठाँटी–८ तोरीखोलाका अगुवा कृषक बिरबहादुर घर्तिले बार्षिक २ देखि ४ लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘पहिले बजारदेखि किनेर गाउँमा टमाटर ल्याउने गथ्यौ’ घर्तिले भने– ‘अहिले आफैले उत्पादन गर्न थालेपछि गाउँमा पुगेर समेत बजारमा बिक्री बितरणका लागी पठाउने गरेका छौ ।’ घर्तिसँगै जितबहादुर पुनले समेत ब्यवसायिक टमाटर खेती गरेका छन् । गाउँलाई टमाटरमा आत्मनिर्भर बनाउने उदेश्यले हालसम्म करिब धेरै…
बागलुङ, १४ भदौ – जिल्लाको दुदिलाभाटी गाबिसमा केन्द्रिय प्रसारण लाईन बिस्तारको कार्य अगाडि बढेको छ । विद्युत वितरण केन्द्र बागलुङले आर्थिक बर्ष २०७२ सालमा बिनियोजन गरेको रकमले ५ सय मिटर तार तान्ने र ११ वटा पोल गाड्ने कार्य सम्पन्न गरेको छ । केन्द्रले टेण्डर आव्हन गरि नरेठाँटीदेखि कार्य अगाडि बढाएको थियो । त्यस्तै दुदिलाभाटी गाबिसको ९ लाख र १ लाख बराबरको स्थानिय जनश्रमदानबाट ४५ वटा पोल खरिद गरि प्राधिकरणले पु¥याएको ठाउँदेखि दुदिलाभाटीको ढुंगासाहुसम्म पोल गाड्ने कार्य सम्पन्न भएको दुदिलाभाटी केन्द्रिय बिद्युतिकरण उपभोक्ता समितिका सचिव जिवन भण्डारीले बताए । सचिव भण्डारीले दिएको जानकारी अनुसार, प्राधिकरण बागलुङले दिएको ३ किलोमिटर तार खेतधनीहरुले धान काटेसँगै स्थानियको सहयोगमा…
बहुदलीय प्रजातन्त्रको स्थापना पछि नेपालमा शिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन आयो । गाउँगाउँमा विद्यालयहरु खुल्न थाले । स्वतन्त्र रुपमा विद्यालय खोल्दा ग्रामीण बासिन्दाले बालबालिकालाइ पढाउनकै लागि शहरी क्षेत्रमा लैजान परेन । उनीहरुलाइ आर्थिक रुपमा पनि व्ययभार कम भएर गयो । कतिपय स्थानमा भने अभिभावककै चन्दाको भरमा विद्यालयहरु स्थापना भए । शिक्षकहरु स्थानीय रुपमा नियुक्त भएर थोरै पारिश्रमिक खाएर पढाउन थाले । गाउँतहमा शिक्षाको लहर आयो । कतिपय बालबालिकाले गाउँमै पढ्ने अवसरबाट उच्च शिक्षा सम्म पनि सहज रुपमा पुगे । त्यसरी पढ्नेहरुले अहिले देशको विभिन्न स्थानमा पुगेर सेवा गरेका छन् । आर्थिक रुपमा पनि सम्पन्न हुन थालेका छन् । तर सामुदायिक विद्यालयहरु विस्तारै सुक्न थालेको देखिन्छ । प्राथमिक तहमा बालबालिकाको संख्या शुन्य…
शिवशरण ज्ञवाली माओवादी केन्द्रका तर्फबाट शिक्षा मन्त्रीका लागि सिफारिस गरिएको भनिएका डीआर पौडेलले यो लेख्दा सम्म विना विभागीय मन्त्री बनिरहेका छन् । यसको कारण हो, सत्ता साझेदार अर्को दल नेपाली कांग्रेस पनि शिक्षा मन्त्रालय लिन बढी इच्छुक बन्नु । कांग्रेसले इच्छा देखाए पनि माओवादी केन्द्रले त्यो मन्त्रालयमा आफ्नो दाबी छाडिसकेको देखिदैन । त्यसकारण स्वास्थ्य र शिक्षा मन्त्रालयमा दुई पार्टीको वार्गेनिङ चलिरहेको बुझिन्छ । पार्टीका आन्तरिक सन्तुलन मिलाउन दुवै पार्टीको रोजाइमा शिक्षा मन्त्रालय पर्न सक्छ । नयाँ सरकार गठन भएको करिबकरिब एक महिना पुग्न लाग्दा पनि मुलुकले शिक्षा मन्त्री नपाउनु दुर्भाग्य भए पनि केही वर्ष अघिसम्म प्राथमिकतामा नपर्ने शिक्षा मन्त्रालय दलीय प्राथमिकतामा पर्नु शिक्षा क्षेत्रका लागि…
प्रकाश थापा वन एक महत्वपूर्ण नवीकरणीय प्राकृतिक स्र्रोत हो । पछिल्लो वन स्रोत सर्वेक्षण परियोजनाको अध्ययनले नेपालको ४४.७४ प्रतिशत क्षेत्रमा वन रहेको देखाएको छ । यसै मध्येबाट देशको करिव एक तिहाइ वन क्षेत्र सामुदायिक वनको रुपमा व्यवस्थापन हँुदै आइरहेको छ । यही सामुदायिक वन स्थानीय समुदायबाट संरक्षण, संवद्र्घन र सदुपयोग हुँदै आइरहेको छ । अहिले देशभरमा १७,९८,७३३ हेक्टर जमिन सामुदायिक वनको रुपमा छ । यही सामुदायिक वनमा २३,९२,७५५ घरधुरी आबद्घ रहेका छन् । देशको कुल सामुदायिक वन क्षेत्र मध्ये ६५ प्रतिशत वन पहाडमा, १९ प्रतिशत वन तराईमा र १६ प्रतिशत वन हिमालमा पर्दछ । तर हालसालैका वर्षहरुमा अन्य क्षेत्रमा जस्तै वैदेसिक रोजगारीको प्रभाव सामुदायिक वनको क्षेत्रमा पनि…
कृष्णप्रसाद शर्मा कुनै बेला ने.बि. संघको अध्यक्ष समेत रहेका काँग्रेसका युवा नेता गगन थापा युवाहरू बीच निकै लोकप्रिय छन् । उनी काँग्रेस समर्थकका लागि मात्र होईनन् अन्य राजनैतिक विचारधारा बोक्नेहरू बीच पनि उतिकै लोकप्रीय नै छन् । उनले आज सम्म तुलनात्मक रुपमा राम्रै भुमिका निर्वाह गरेका छन् । उनले एक पटक गुण्डा नाईके घैटेको मृत्युमा राखेका विचारहरुले भने अलिकति आलोचित नै बने तर त्यस बाहेक उनले सभासद् र सांसद यी दुवै भुमिकामा सकेको काम गरेकै छन् । राजनीतिमा लाग्नेहरूका लागि यो पेशा नभई समाजसेवा वा राज्यका लागि समर्पित गर्नुपर्छ भनेर उनले आँफुलाई बाँच्नका लागि चाहिने आर्थिक श्रोतका लागि कृषि पेशामा समेत लगानी गरेका छन्…
बागलुङ, १४ भदौ – जिल्ला खेलकुद विकास समिति बागलुङले राष्ट्रिय खेलकुद परिषदको ५३ औ स्थापना दिवस बागलुङमा पनि बिविध कार्यक्रम सहित मनाएको छ । दिवसका अवसरमा रुद्रे पिपलको कवर्ड हल परिसरमा सोमवार बिहान सरसफाई र साँझ खेलकुद विकास समितिको कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको थियो । समितिका पदाधिकारी, सदस्य, खेल प्रशिक्षक, खेलाडी तथा खेलकुद सम्वद्ध सरोकारवालाको सहभागितामा गरिएको कार्यक्रमका अवसरमा बोल्दै धवलागिरी खेलकुद मण्डलका संस्थापक अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले खेलकुदले स्वस्थ जीवन र राष्ट्रको पहिचानका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले खेलकुदलाई अझै व्यवस्थित र संस्थागत हिसावले अगाडी बढाउन सके राम्रा खेलाडीहरुको खेल क्षेत्रमै भविष्य सुनिश्चित हुने बताए । कार्यक्रम जिल्ला खेलकुद विकास…
तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः लामो समयसम्म घोप्टो परेर नसुत्नुहोसः लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ । पुराना ब्रा फालिदिनुहोसः बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । झोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । हेल्थ नामक…