गैरदलितका बालबालिकाहरु निजी बिद्यालयमा
बागलुङ, १४ भदौ – जिल्लाको मल्मस्थित एक बिद्यालयमा दलित बिद्यार्थीहरुले मात्र अध्ययन गरिरहेका छन् । आर्थिक रुपमा सम्पन्न मल्म सिरबारेका गैरदलितहरुले आफना बालबालिकाहरुलाई निजी बिद्यालयमा लैजान थालेपछि मल्मको सिरबारे प्राथमिक बिद्यालय दलितमय बनेको हो ।
गाउँमा १९ घरपरिवार गैरदलित भएपनि अंगे्रजी माध्यमको आकर्षणले गर्दा बिद्यार्थीहरु निजी बिद्यालयमा पढाउने गरेका हुन । ३ कक्षासम्म पढाई हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत छन् । आर्थिक अवस्था कमजोर भएका र गाउँ नजिक विद्यालय नहुँदा शैक्षिक रुपमा पछाडि परेको भन्दै स्थानिय दलित समुदाय र गैरदलितहरुको संयुक्त पहलमा २०५३ सालमा बिद्यालय स्थापना गरिएको बिद्यालयका प्रध्यानाध्यपक कल्पना गौतमले बताइन् ।
विद्यालयको अवस्था समेत नाजुक छ । दुई जना शिक्षकमध्ये प्रअ कल्पना गौतम दरबन्दि र सुनिताकुमारी गौतम राहत शिक्षक छन् । जिल्ला शिक्षा कार्यालय बागलुङले एक जना कार्यालय सहयोगी राख्ने बताएपनि हालसम्म उक्त पद खाली छ ।
बिद्यालयको आर्थिक अवस्था कमजोर भएकाले स्थानिय स्रोतबाट शिक्षक राख्न नसकिने भएपछि दुई जनाले तिनसम्म अध्यापन गराउदै आएको शिक्षक सुनिता कुमारी गौतमले बताइन् । विद्यालयमा पर्याप्त शिक्षक नहुदाँ पढाईको स्तरसमेत कमजोर छ ।
‘पहुँच पुगेका विद्यालयमा शिक्षक पनि पर्याप्त छन् अन्य सुविधा पनि छ तर हाम्रो पहुँच नपुग्दा विद्यालयको अवस्था दयनीय छ’, प्रअ गौतमले दुखेसो पोखिन । यसैगरी गत बर्षको भुकम्पले बिद्यालयको एउटा कोठा चर्किएको छ ।
कक्षा ३ का बिद्यार्थीहरुले जिर्ण भवनभित्रै बसेर पठनपाठन गर्न बाध्य छन् । स्थानियबाट आर्थिक संकलन गरि भवन बनाउने अवस्था नभएपछि जिर्ण भवनभित्र राखेरै अध्यापन गराउनु परेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जिले बताए ।
सिरबारे प्राविमा दलित विद्यार्थी मात्रै
Previous Articleगोलभेडामा ढुक्क
Next Article कृषि उपज निकासीबाट म्याग्दीमा ३३ करोड भित्रियो