Author: Amrit Baskune

दर्शन हस्तबहादुर केसी श्रद्धावाद, व्यवहारवाद र अनुभववाद यी तीनवटै पदावलीहरु दर्शनसित अन्तरसम्बन्धित रहेका छन् र यी तीनवटै पदावलीहरु दर्शन अन्तरगत पनि माक्र्सवादी दर्शन विरोधी धारा अन्तरगत रहेका छन् । दर्शनका क्षेत्रमा यी तीनवटै पदावलीहरु आदर्शवादी धारा अन्तर्गत पर्दैछन् । श्रद्धावादः नेपाली शब्दकोषमा श्रद्धा भनेको देवी देवता वा मान्यजनप्रतिको आस्था, निष्ठा तथा भक्तिलाई जनाउने भन्ने उल्लेख गरिएको छ । यसै श्रद्धा पदावलीबाट श्रद्धावाद हुन गएको हो । यो चरम सामन्तवादी संस्कृति र चिन्तनको पराकाष्ठा हो । यसले आफूभन्दा माथिको व्यक्तिको बारेमा गुणगान गाउने, उसले कुनै गल्ती नै गर्दैन, गल्ती नै गरिहाले पनि उसले आलोचना वा विरोध गर्नु हुन्न भन्ने ईश्वरीय चिन्तनमा आधारित रहेको छ । देवी–देवता, राजा–महाराजा…

Read More

बागलुङ, ४ असोज – नेपाल सुचना तथा संचार सहकारी संघका केन्द्रिय अध्यक्ष बिष्णुहरि ढकालले संचारमाध्यम सबल भएमा मात्र लोकतन्त्र मजबुद हुने बताएका छन् । बागलुङ जिल्लाको भीमापोखरास्थित गुहेली संचार सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा तथा चोथौ अधिवेसनको उद्घाटन गर्दै ढकालले उक्त कुरा बताएका हुन् । कार्यक्रममा जिल्ला सहकारी संघका सचिव युक्तप्रसाद कंडेल, समाजसेवी कृष्ण केसी, आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापा, सिम्रीक कृषि तथा पशुपालन व्यवसायीक सहकारी संस्थाका अध्यक्ष मणीभद्र शर्मा, भिमापोखरा महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमादेवि केसी र पत्रकार नविन शिशिर बिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा समाजिक, राजनैतिक, शैक्षिक तथा संचार क्षत्रमा योगदा…

Read More

बागलुङ, ४ असोज – विप्लब समूहको नेकपा माओवादीले पार्टीको केन्द्रयि महाधिवेसनका लागि तयारी गरेको छ । भदौ ३१ र असोज २ गते बसेको बैठकको निर्णय विज्ञप्ती मार्फत सार्वजनिक गर्दै उक्त पार्टीले आगमी मंसिर देखि पुस १५ सम्म गाउँ नगरको भेला सम्पन्न गर्ने निर्णय गरेको सेक्रेटरी विकीरण क्षेत्रीले जानकारी दिए । त्यस्तै पुस २४ र २५ गते जिल्ला सम्मेलन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, महाधिवेसन र जिल्ला सम्मेलनको प्रचारप्रसार गर्ने निर्णय भएको हो । उक्त पार्टीले जनताको खाद्य सप्रभुता जनजिविका र राष्ट्रियताको लागि भन्दै असोज २ गते ज्ञापन पत्र बुझाएको थियो । कालो बजारी, भ्रष्ट्रचारी, महंगी र कमिशन विरुद्ध अन्तक्रिया, गोष्ठी र छलफल गर्ने भएको…

Read More

बागलुङ, ४ असोज – जिल्लाकोे पश्चिम बोंगादोभान गाउँ बिकास समिति वडा नम्बर ४ रिक्लाङ स्थित घरमा २०० मिटर माथिबाट खसेको दुङगाले एकै घरका ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । मुत्यु हुनेमा आमा ३८ बर्षिय भिमकुमारी रोका, १४ बर्षिय छोरी ईन्द्रकुमारी रोका, १२ बर्षिय छोरा इन्द्रजित रोका र ९ बर्षिय छोरी मायादेबी रोका छन् । बिहान करिब ४ बजे घरमै सुतिरहेको बेला अक्समात २०० मिटर माथीबाट खसेको दुंगाले घर भत्काउँदा एकै परिबारको ४ जनाको मुत्यु भएको हो । ढंगाले लागेर ३० कुखुरा पनि मरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । मृतकको शव पोस्मार्टमका लागि बुर्तिबाङ स्बास्थ्य…

Read More

बागलुङ, ४ असोज – पश्चिम बागलुङ ग्वालीचौरका स्थानीय राजनीतिक दलहरुले स्थानीय तह पुर्नसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरेको वडीगाड गाउँपालिकाको केन्द्र ग्वालीचौर गाविसमा कायम गर्न माग गरेका छन् । भदौ २८ गते बसेको सर्वदलितय सर्वपक्षिय बैठकको निर्णय जिल्ला विकास समितिलाई आइतबार पेस गर्दै केही व्यक्तिको स्वार्थको कारण खर्वाङ्ग केन्द्र निर्धाण गर्नुपर्ने आवाज उठेको भन्दै प्रस्तावित केन्द्र सात गाविसलाई उपयुक्त हुने बताइएको छ । बडिगाड गाउँपालिका अन्तर्गत पर्ने ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी, दर्लिङ, जलजला, गाविस स्तरिय सर्वदलिय सर्वपक्षीय बैठकले स्थानीय तह पुर्नसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिको भदौ १६ गतेको निर्णय यथावत कायम गर्न जिल्ला विकास समितिको ध्यानकर्षण गराइएको छ । बडिगाड गाउँपालिका…

Read More

काठमाडौं – नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यसलाई समयमै सजगता अपनाउने होभने यो क्यान्सरबाट बच्च सकिने चिकित्सक बताउँछन् । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को संक्रमणले हुने यो क्यान्सरबारे अझपनि धेरै महिला अनभिज्ञ भएको क्यान्सर केयर फाउन्डेसनकी महासचिव डा. सरीता घिमिरेको अनुभव छ । उनी भन्छिन्, ‘नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले पीडित महिलाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो निकै डरलाग्दो कुरा हो । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो क्रममा छ ।’ भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि प्रजापति भन्छिन्,…

Read More

बागलुङ, ४ असोज – राष्ट्रिय स्कुल जिम्न्यास्टीक फेडरेशनको आयोजनामा खेलकुद शिक्षकहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका शिक्षकलाइ दक्ष बनाएर बालबालिकालाइ पनि विभिन्न शारिरीक सुगठन सिकाउन सकुन भन्ने उद्धेश्यले फेडरेशनको जिल्ला शाखाले तालिमको आयोजना गरेको थियो । जिल्लाका विभिन्न विद्यालयका ३० जना खेल शिक्षकले भाग लिएको तालिम पाएकाहरुले विद्यालय तहमा पुगेर कुशल शिक्षण गर्ने प्रशिक्षण पाएको बताएका छन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले अस्पताल बनाउनु भन्दा खेल मैदानमा लगानी गर्नुपर्ने धारणा राखे । विरामीलाइ उपचार गर्ने अस्पताल बनाउनु भन्दा अघि खेल मैदान बनाएर सबै नागरिकलाइ व्यायाम गर्न लगाएमा अधिकांस रोग लाग्दै नलाग्ने…

Read More

पर्वत, ३ असोज/जिल्लाको मुडिकुवा गाउँ विकास समितिको वडा न ५ मा जमिन भाँसिदा झण्डै १५ घर जोखिममा परेका छन् । अविरल बर्षातका कारण जमिन भाँसिदा मुडिकुवा गाउँ विकास समितिको माटेदेबल मन्दिर नजिकका झण्डै १५ घर  जोखिममा परेको स्थानीयले बताएका हुन । ‘मन्दिर नजिक ठूला–ठूला खाल्डा परेको उल्लेख गर्दै स्थानीय पुजारी शिव पुरीले जमिनमा परेका खाल्डाहरुका कारण मन्दिरसहित नजिकका झण्डै १५ वटा घर जखिममा परेको बताए । जमिन भाँसिने क्रम नरोकिने होभने मन्दिर नजिकका घर विस्थापीत हुनुपर्ने अवस्था आउन लागेको स्थानीय देवीप्रसाद बिलासीले बताए । बिलासीका अनुसार, जमिन भाँसिदा निकै ठूला खाल्डा परेका छन् । खाल्डा मुनीबाट पानी बग्दै जाँदा जमिनको अन्य सतह पनि भाँसिन सक्ने अनुमान स्थानीयले…

Read More

बागलुङ, ३ असोज/एमाले बागलुङले स्थानीय तह पुनः संरचनाका सम्बन्धमा जिल्ला प्राविधिक समितिले पठाएको प्रतिवेदनमा आएका विवादको समाधानका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार सकिएको १२ औं बैठकको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा उक्त जानकारी गराइएको हो । कतिपय स्थानबाट गुनासा आएकोले सत्य तथ्य अध्ययन गरी जनताको मर्म र भावना अनुसार निर्णय पुनरावलोकन गर्न गराउनका लागि आवस्यक सुझाव प्रस्तुत गर्न तथा सार्थक पहल गर्न समिति गठन गरिएको बताइएको छ । समितिमा पार्टी अध्यक्ष श्रीप्रसाद शर्मा संयोजक रहेका छन् । समितिको सदस्यमा बिष्णु भुषल, धु्रवबहादुर केसी, सावित्रा राना र संजयकुमार श्रेष्ठ सदस्य छन् । सरकारले गठन गरेको राज्य पुनसंरचना आयोगले बागलुङलाइ ८…

Read More

बागलुङ, ३ असोज/आर्ट अफ लिभिङले ‘गुणस्तरीय जीवनका लागि व्यवहारिक ज्ञान’ भन्ने नारा सहित सोमबारदेखि जिल्लाका विभिन्न व्यक्तिलाइ योग शिविर संचालन गर्ने भएको छ । तनाव र चिन्ता व्यवस्थापन, दुःखबाट मुक्ति, शान्त मन, स्वास्थ्य शरिरका लागि सहयोगी बनोस भनेर योग शिविर संचालन गर्न लागेको शिविरका प्रशिक्षक काब्य लम्सालले बताए । आइतवार पत्रकारका लागि नमूना योग अभ्यास गराउँदै उनले शिविरबारे समेत जानकारी दिएका थिए । शिविरमा जिल्लाका उच्च पदस्थ कर्मचारी, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहने भएको छ ।

Read More