बागलुङ, ४ असोज – जिल्लाकोे पश्चिम बोंगादोभान गाउँ बिकास समिति वडा नम्बर ४ रिक्लाङ स्थित घरमा २०० मिटर माथिबाट खसेको दुङगाले एकै घरका ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । मुत्यु हुनेमा आमा ३८ बर्षिय भिमकुमारी रोका, १४ बर्षिय छोरी ईन्द्रकुमारी रोका, १२ बर्षिय छोरा इन्द्रजित रोका र ९ बर्षिय छोरी मायादेबी रोका छन् । बिहान करिब ४ बजे घरमै सुतिरहेको बेला अक्समात २०० मिटर माथीबाट खसेको दुंगाले घर भत्काउँदा एकै परिबारको ४ जनाको मुत्यु भएको हो । ढंगाले लागेर ३० कुखुरा पनि मरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । मृतकको शव पोस्मार्टमका लागि बुर्तिबाङ स्बास्थ्य चौकीमा ल्याउने तयारी भएको ईलाका प्रहरी कार्यालयका प्रमुख शिबराज क्षेत्रीले बताए ।
Previous Articleग्वालीचौर केन्द्र यथावत राख्न माग
Next Article नेकपा माओवादीको सम्मेलन पौषमा