बागलुङ, ४ असोज – पश्चिम बागलुङ ग्वालीचौरका स्थानीय राजनीतिक दलहरुले स्थानीय तह पुर्नसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरेको वडीगाड गाउँपालिकाको केन्द्र ग्वालीचौर गाविसमा कायम गर्न माग गरेका छन् । भदौ २८ गते बसेको सर्वदलितय सर्वपक्षिय बैठकको निर्णय जिल्ला विकास समितिलाई आइतबार पेस गर्दै केही व्यक्तिको स्वार्थको कारण खर्वाङ्ग केन्द्र निर्धाण गर्नुपर्ने आवाज उठेको भन्दै प्रस्तावित केन्द्र सात गाविसलाई उपयुक्त हुने बताइएको छ । बडिगाड गाउँपालिका अन्तर्गत पर्ने ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी, दर्लिङ, जलजला, गाविस स्तरिय सर्वदलिय सर्वपक्षीय बैठकले स्थानीय तह पुर्नसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिको भदौ १६ गतेको निर्णय यथावत कायम गर्न जिल्ला विकास समितिको ध्यानकर्षण गराइएको छ । बडिगाड गाउँपालिका अन्र्तगत दर्लिङ्ग, भीमगिठे, रणसिंहकिटेनी, जलजला, ग्वालीचौर, दगातुम्डाँडा र सिसाखानी गाविस पर्दछ । कांग्रेस गाउँ समितिका हरिदक्त आचार्य र माओवादी केन्द्रका राजीव घिमिरले ध्यानकर्षण पत्र बुझाएका थिए ।
Previous Articleपाठेघर क्यान्सर रोगीको संख्या बढ्दै
Next Article ढुङ्गाले च्यापेर एकै घरका ४ को मृत्यु