बागलुङ, ४ असोज – विप्लब समूहको नेकपा माओवादीले पार्टीको केन्द्रयि महाधिवेसनका लागि तयारी गरेको छ । भदौ ३१ र असोज २ गते बसेको बैठकको निर्णय विज्ञप्ती मार्फत सार्वजनिक गर्दै उक्त पार्टीले आगमी मंसिर देखि पुस १५ सम्म गाउँ नगरको भेला सम्पन्न गर्ने निर्णय गरेको सेक्रेटरी विकीरण क्षेत्रीले जानकारी दिए ।
त्यस्तै पुस २४ र २५ गते जिल्ला सम्मेलन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, महाधिवेसन र जिल्ला सम्मेलनको प्रचारप्रसार गर्ने निर्णय भएको हो । उक्त पार्टीले जनताको खाद्य सप्रभुता जनजिविका र राष्ट्रियताको लागि भन्दै असोज २ गते ज्ञापन पत्र बुझाएको थियो ।
कालो बजारी, भ्रष्ट्रचारी, महंगी र कमिशन विरुद्ध अन्तक्रिया, गोष्ठी र छलफल गर्ने भएको बताइएको छ । भारतसग भएका सन्धी विरुद्ध भण्डाफोर गर्ने, कात्तिक २५ गते चक्काजाम, पार्टी महाधिवेशन र जिल्ला सम्मेलनका लागि आर्थिक सहयोग अभियान चलाउने र २८ गते बन्द गर्ने निर्णय पनि गरेको बताइएको छ ।
Previous Articleढुङ्गाले च्यापेर एकै घरका ४ को मृत्यु
Next Article गुहेलीको दशौं वार्षिक साधारणसभा