बागलुङ, ३ असोज/आर्ट अफ लिभिङले ‘गुणस्तरीय जीवनका लागि व्यवहारिक ज्ञान’ भन्ने नारा सहित सोमबारदेखि जिल्लाका विभिन्न व्यक्तिलाइ योग शिविर संचालन गर्ने भएको छ । तनाव र चिन्ता व्यवस्थापन, दुःखबाट मुक्ति, शान्त मन, स्वास्थ्य शरिरका लागि सहयोगी बनोस भनेर योग शिविर संचालन गर्न लागेको शिविरका प्रशिक्षक काब्य लम्सालले बताए । आइतवार पत्रकारका लागि नमूना योग अभ्यास गराउँदै उनले शिविरबारे समेत जानकारी दिएका थिए । शिविरमा जिल्लाका उच्च पदस्थ कर्मचारी, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहने भएको छ ।