बागलुङ, ४ असोज – नेपाल सुचना तथा संचार सहकारी संघका केन्द्रिय अध्यक्ष बिष्णुहरि ढकालले संचारमाध्यम सबल भएमा मात्र लोकतन्त्र मजबुद हुने बताएका छन् ।
बागलुङ जिल्लाको भीमापोखरास्थित गुहेली संचार सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा तथा चोथौ अधिवेसनको उद्घाटन गर्दै ढकालले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव युक्तप्रसाद कंडेल, समाजसेवी कृष्ण केसी, आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापा, सिम्रीक कृषि तथा पशुपालन व्यवसायीक सहकारी संस्थाका अध्यक्ष मणीभद्र शर्मा, भिमापोखरा महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमादेवि केसी र पत्रकार नविन शिशिर बिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा समाजिक, राजनैतिक, शैक्षिक तथा संचार क्षत्रमा योगदा पु¥याएको भन्दै कृष्ण केसी, युक्तप्रसाद कँडेल, चन्द्रमणी उपाध्याय, तुलसीनाथ गौतम, नविन शिशिर बिक, चन्द्रबहादुर थापा र टिकाबहादुर कार्कीलाई सम्मान गरिएको थियो । यस्तै बालबचतमा उत्कृष्ट वचतकर्ता भन्दै सरु थापा मगरलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
साधारणसभाले सचिव सुर्यबहादुर थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रसाद थापाले गरेको १ करोड ५८ लाख १५ हजार ७ सय ५० रुपैयाँको आयव्याय प्रस्तुत गरेका थिए ।
साधारणसभा तथा चौथो अधिवेशनले पुनः खिमबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा खिमा पौडेल, सचिवमा सूर्य बहादुर थापा मगर र कोषाध्यक्षमा प्रसाद थापा मगर रहेका छन् ।
यस्तै अधिवेसनले सदस्यहरुमा नविन शिशिर बिक, रमेश पौडेल, चित्रबहादुर कार्की, कुलराज गौतम, चित्रबहादुर सुनार र पार्वती शर्मा रहेका छन् ।
यस्तै अधिवेशनले लोकेन्द्र पौडेलको संयोजकत्वमा २ सदस्य लेखासमिति चयन गरेको छ । समितिको सदस्यहरुमा उमादेवि केसी र सिता शर्मा रहेका छन् ।
Previous Articleनेकपा माओवादीको सम्मेलन पौषमा
Next Article व्यवहारवाद, अनुभववाद र श्रद्वावादबारे केही कुरा