Author: Amrit Baskune

बागलुङ, १८ असोज – गाउँ तहमै सचिवले दिंदै आएको सामाजिक सुरक्षा भत्ता लिन आएका बानपा ७ कालीमाटीका ७८ बर्षिय सर्वजीत विक चर्को घामले सडकमै ढले । ससुरालाइ लिएर आएकी बुहारीलाइ पानी खोजेर खुवाउन सास्ती भयो । बिहान उठ्ने वित्तिकै हिडेका उनीहरु ९ बजे बजारमा आएपछि कृषि विकास बैंकमा भत्ता लिनका लागि लाइन बसेका थिए । दिउसो १ बजेमात्र पालो आएपछि चार महिनाको ८ हजार सुरक्षा भत्ता पाएका दर्जीलाइ बेलुकी घर पुग्न उत्तिकै सास्ती प¥यो । लङगाउँकी ७५ बर्षिय पवित्रा थापाले पनि साथी लिएर आएर दिनभरी चर्को घाममा विताउँदा हैरानी भएको गुनासो गरिन् । बानपा–३ गुठीकी वृद्ध मसुरी सर्कीनीको च्यातिएको पास बुक भन्दै बैंकका कर्मचारीले फिर्ता पठाएपछि…

Read More

नेपालीहरुको महान् पर्व वडा दशै तथा तिहार नजिकिदै गर्दा विभिन्न कामको शिलशिलामा शहर पसेकाहरु विस्तारै गाउँ घरमा फर्कदै छन् । शिक्षा, रोजगार, व्यापारका लागि बजारमा केन्द्रित हुने ग्रामिण क्षेत्रका जनताहरु दशै मनाउन गाउँतिर हिड्न थालेपछि शहर बजारमा चहलपहल कम हुँदै गएको छ । चार्डपर्वको यस्तो मौकामा चौका हान्ने प्रवृत्ति नेपाली समाजमा व्याप्त छ । घरको झ्याल–ढोका राम्रोसँग लगाउने, महत्वपूर्ण सामग्रीहरू सुरक्षित ढंगले राख्ने, घरबाहिर निस्कनुअघि टिभी, कम्प्युटरजस्ता विद्युतीय सामग्री र ग्याँस बन्द गर्ने, घरबाहिर जाँदा छिमेकी, आफन्तलाई जानकारी दिने र सम्भव भएसम्म नगद, गरगहनाजस्ता मूल्यावन् सामग्री घरमा आफुसंगै राख्ने होभने चार्डपर्वका बेला हुने चोरी डकैतीको संभावना रोक्न सकिन्छ । बजारमा हुने सुनसानको मौका छोपेर…

Read More

काठमाडौं, १७ असोज- कर्णाली बिकट होइन निकट छ, राराबास देखि रारातालसम्म जानलाई केही समस्या छैन भन्ने सन्देश सहित बाँकेको राराबास देखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्याकेज सोमबार एक कार्यक्रमकाबीच  सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी र सोट्टोका अध्यक्ष याम खड्का लगायतले सो कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश नं ६ का बाँके, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसहित छ जिल्लालाई केन्द्रित गरेर सो…

Read More

ज्यो. सूर्य पौडेल २०७३ आश्विन १७ सोमबार, तृतिया ३ अक्टोबर २०१६ तपाईको आज मेष– मनमा शान्ति र आराम मिल्ने । वृष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने । मिथुन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने । कर्कट– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने । सिंह– अर्थलाभसँगै कार्यसिद्धिको योग । कन्या– असन्तोषरुपी महासागरमा मन डुब्ने । तुला– आदर–सत्कार प्राप्त हुने । वृश्चिक– आफन्तजनबाटै घातप्रतिघात हुने । धनु– अनपेक्षित ठाउँबाट आर्थिक लाभ हुने । मकर– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने । कुम्भ– वादविवादमा नपर्नु नै बुद्धिमानी । मीन– प्रायः हरकार्यमा नोक्सानी मात्रै हुने ।

Read More

पाठक पत्र कुँडुले माविमा मिति २०७३ साल असोज ११गते भएको सामाजिक परिक्षण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम बारे ढोरपाटन दैनिकमा आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । कार्यक्रममा आएका केही जिज्ञाशामा मात्र समाचार केन्द्रीत भएको पाइएकोले सत्य तथ्य अर्कै भएको जानकारी गराउन चाहन्छु । वास्तवमा २०६७ सालमा दश जोड २ ल्याउनका लागि तत्कालिन प्रअको आवस्यक योग्यता नपुगेकोले मैले नियुक्ती पाएको हो । त्यसबेला देखिनै केही अभिभावकहरु मेरो विपक्षमा लागेर विभिन्न आरोप प्रत्यारोप लगाउन लाग्नु भएको छ । मेरो कार्यकालमा अंग्रेजी माध्यममा पढाइ थालिएको, १ सय ५० बढी विद्यार्थी भित्राइएको छ । संस्थागत विद्यालयमा विद्यार्थी घट्ने र यहाँ बढ्न थालेपछि अभिभावकहरु बीच दुइ खेमा शुरु भएको हो ।…

Read More

पोखरा, १७ असोज-काठमाण्डौबाट बुर्तिबाङ जादै गरेको वस पोखराको याम्दीपुल नजिक दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परि गुल्मी नेटा गाबिस दुईका ४५ वर्षिय मनुमया अर्याल र उनका नाती दुइ वर्ष ६ महिनाका अजित अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यात्रुबाहक वसमा सवार अन्य २३ जना घाइते भएका छन । घाइतेको अहिले पोखराको मनिपालमा उपचार भइरहेको छ । को को घाइते भए ? दुर्घटनामा परि गुल्मी नेटा दुइका सरस्वती अर्याल, जीवन अर्याल र नारायण अर्याल अन्य स्थानका स्मृति बुढा मगर, घलेन्द्र बुढा मगर, चन्द्रकला थापा, मिना बिक, भिम माया घर्ति मगर, लेख बहादुर कामी, बाल कुमारी घर्ती मगर…

Read More

पोखरा, १७ असोज- पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौंबाट वागलुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको रात्री बस याम्दी पुल भन्दा करीब ५० मिटर माथि दुर्घटनामा भएको स्थानीय सोम भण्डारीले जानकारी दिएका छन् । एकै दिशा वागलुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई विहान ५ बजेर ४० मिनेटमा पल्टिएको स्थानीयबासीले जानकारी दिएका छन् । तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भएको प्रहरीको भनाइ छ । बस पल्टिएलगत्तैसँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको…

Read More

काठमाडौं, १७ असोज- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यसको फाइदा भने एथ्लेटिको मड्रिडलाई भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टभियोसँग ४–३ ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लागो आस्पास प्रेरित सेल्टाभियोले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । २२ औं मिनेटमा सिस्टोले गोल गरेभने ३१ औं मिनेटमा आस्पासले अग्रता दोब्बर पारे । दुई मिनेटमा लगतै म्याथुले आत्मघाती गोल गरे । र, पहिलो हाफमा बार्सिलोना ३–० ले पछाडि पर्‍यो । दोस्रो हाफमा बार्सिलाना खेलमा फर्कने संकेत देखायो । ५८…

Read More

काठमाडौं, १७ असोज- सर्वसाधरण दशैं मान्न गाउँ गइरहँदा मन्त्री विभिन्न दलका केन्द्रीय नेता तथा सांसद भने विदेश जाने तयारीमा छन् । केहि नेता तथा मन्त्री भने केहि दिनदेखि विदेशमै छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा सोमबार सिंगापुर जाँदै छन् । राणा र यादव दुबैले यो दशैं विदेशमै मनाउने भएका छन् । कांग्रेस नेता खुमबहादुर खड्का, तमलोपा अध्यक्ष महन्थ ठाकुर पर्यटनमन्त्री जीवनबहादुर शाही, वाणिज्यमन्त्री रोमी गौचन भूमिसुधारमन्त्री विक्रम पाण्डेलगायतले पनि दशैं विदेशमै मनाउने बताइएको छ ।

Read More

काठमाडौं, १७ असोज-दसैं- हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाथ पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।’ पछिल्ला वर्षमा भने पौड्यालले कवितामा भनेजस्तो दसैं हुन छाडेको छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् । यसपालिको दसैंचाहिँ कस्तो हुन्छ ? जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानबेलुका छिटफुट वर्षा भए पनि टीका लगाउने दिन भने मौसम पूर्ण सफा रहनेछ । मौसमविद् वरुण पौडेलले भने, ‘मनसुन अति कमजोर अवस्थामा पुगेको छ…

Read More